Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

कुरुप बन्दै इन्द्रावती

मेलम्ची, क्रसरले खनेको खाल्डोमा परेर सिन्धुपाल्चोकमा एक महिलाको आइतबार ज्यान गयो । आमाको मुख हेरेर माइतीबाट फर्कंदै गरेकी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ फटकशीला काफलचौरका ५० वर्षीया सानुकान्छी माझीको खाल्टोमा परेर ज्यान गएको हो ।

मेलम्ची फड्केश्वरी इन्द्रावती स्टोन प्रालिले खनेको खाल्डोमा परेर माझीको ज्यान गएको हो ।

सोही क्रसरले खनेको खाल्डोमा परी गत वर्ष पनि शिखरपुरका एक जनाकाे ज्यान गएको थियो । बर्सेनि क्रसरले खनेको खाल्डोमा परी अकालमा ज्यान गएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

मेलम्ची बजारदेखि सिपाघाटसम्म ११ वटा क्रसर रहेका छन् । जथाभावी रुपमा नियम विपरीत क्रसरले नदीको गिट्टी बालुवा झिक्ने गरेको र यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिले कुनै चासो नदिएको स्थानीय जनताको आरोप छ ।

यहाँ रहेका क्रसरले नदीबाट गिट्टी बालुवा निकाल्दा नदी गहिरिनुका साथै यस क्षेत्रमा रहेको सयौँ रोपनी खेत बाँझो हुने अवस्थामा पुगेको स्थानीय किशोर विद्याधरले बताए । नदी गहिरिएर पानी लगाउन नसकिने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

इन्द्रावती नदी बगर फाँटमा खाल्डैखाल्डो रहेको छ । तीन वर्षअघिमात्रै मेलम्ची खानेपानी आयोजनाले कालोपत्र गरेको यो सडक अहिले यातायात आवतजावत गर्नसमेत कठिन बन्दै गएको छ ।

काभ्रेको जिरोकिलोबाट मेलम्चीसम्म कालोपत्र भएको सडक अहिले क्रसर र अत्यधिक भारयुक्त टिपरका कारण कालोपत्रको भग्नावशेषमात्र देख्न सकिन्छ ।

सार्वजनिक स्थाल, वन, बस्ती र बाटो नजिक उत्खनन् गर्न नपाइने नियम रहेको छ तर पनि नियमलाई अटेर गर्दै अधिकांश क्रसर उद्योग बस्ती, खोला र जङ्गलनजिकै सञ्चालित छन् । तिनले वातावरण विनासमात्र होइन, ध्वनि र वायु प्रदूषण पनि गरिरहेका छन् । इन्द्रावती नदीमा सञ्चालित क्रसर उद्योगले निर्वाध रूपमा स्काभेटर प्रयोग गरी ढुङ्गा र बालुवा निकाल्दै आएको छ । खोलाबाट सोझै ट्रकमा राखेर त्यसलाई प्रशोधनस्थलसम्म लगिन्छ । क्रसर उद्योगले बदमासी गरेको जानकारी भए पनि कारबाही भने अहिलेसम्म नगरेको स्थानीयवासी बताउँछन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE