Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

भ्रष्टाचार साबित भएपछि पाकिस्तानी प्रधानमन्त्रीद्वारा राजीनामा, अब के होला ?

\"\"काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतले सरिफलाई ‘पानामा लिक्स’ प्रकरणमा दोषी ठहर गर्र्दै पदका लागि अयोग्य घोषणा गरेपछि उनले शुक्रबार पदबाट राजीनामा दिएका हुन् । ‘अदालतको फैसलापछि सरिफले पदबाट राजीनामा दिएका छन्,’ प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले भने । उनी पाकिस्तानका १८औँ प्रधानमन्त्री थिए । सरिफले आफूमाथिको अनुसन्धान षड्यन्त्र भएको बताउँदै प्रधानमन्त्रीका रूपमा आफ्ना तीनैवटा कार्यकाल भ्रष्टाचारमुक्त भएको दाबी गरेका छन् । लामो छानबिन अाजको नयाँ पत्रिकामा खबर छ– सन् २०१५ मा भएको चर्चित पानामा पेपर्स प्रकरणमा नवाज सरिफका सन्तानको सम्बन्ध कर छली गर्ने उद्देश्यले विदेशमा स्थापना भएका अफसोर कम्पनीहरूसँग रहेको देखिएपछि उनको परिवारको सम्पत्तिबारे छानबिन सुरु भएको थियो । छानबिन गर्न अदालतले आफ्नै अनुसन्धान समिति गठन गरेको थियो । सो समितिमा सैनिक गुप्तचर सेवाको प्रभावकारी भूमिका थियो । अनुसन्धान समितिले गत १० जुलाईमा आफ्नो प्रतिवेदन बुझाएको थियो । अफसोर कम्पनीहरूमार्फत सरिफका सन्तानको नाममा लन्डनमा महँगो आवासीय भवन रहेको प्रतिवेदनमा उल्लेख छ । निर्णयको स्वागत फैसला सुन्न सर्वोच्च अदालतपरिसरमा भेला भएको भिडले अदालतको निर्णयको स्वागत गरेको छ । सर्वोच्चले फैसला सुनाएपछि विपक्षी राजनीतिक दलहरूले तालीको गडगडाहटले स्वागत गरेका थिए । उनीहरूले सरिफविरोधी नाराबाजी गर्नुका साथै खुसियालीमा मिठाई बाँडेका थिए । पानामा पेपर्स प्रकरणपछि प्रधानमन्त्री सरिफविरुद्ध उजुरी गर्नेहरूमध्ये विपक्षी पाकिस्तान तहरिक ए इन्साफ पार्टीका अध्यक्ष तथा पूर्वक्रिकेटर इमरान खान पनि एक थिए । फैसला सुनाउँदा अदालतमा अत्यन्तै कडा सुरक्षा प्रबन्ध गरिएको थियो । अधुरो कार्यकाल पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो पाँचवर्षे पूर्ण कार्यकाल बिताएका थिएनन् । तेस्रोपटक प्रधानमन्त्री बनेका सरिफ पाकिस्तानकै इतिहासमा पहिलोपटक पूरा कार्यकालको नजिक थिए । सन् २०१८ मा उनको कार्यकाल सकिँदै थियो । उनी नोभेम्बर १९९० देखि जुलाई १९९३, फेब्रुअरी १९९७ देखि सन् १९९९ सम्म प्रधानमन्त्री बनेका थिए । सन् २०१३ मा उनी तेस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । सरिफमाथि सन् १९८० देखि नै भ्रष्टाचार आरोप लाग्दै आएको थियो । अब के होला ? सरिफको राजीनामापछि उनको उत्तराधिकारी को हुन्छ भन्नेबारेमा टुंगो लागिसकेको छैन । सरिफका भाइ तथा पन्जाब प्रान्तका मुख्यमन्त्री सेहबाज सरिफ प्रधानमन्त्रीका मुख्य दाबेदार रहेको जनाइएको छ । सभामुखले सत्तासीन पार्टी पाकिस्तान मुस्लिम लिग नवाज (पिएमएल–एन) लाई सन् २०१८ को आमनिर्वाचनसम्मका लागि अन्तरिम प्रधानमन्त्री छनोट गर्न अनुमति दिनेछन् । प्रधानमन्त्रीको पदका लागि विपक्षी राजनीतिक दलहरूले पनि आफ्ना साझा उम्मेदवार चयन गर्ने अनुमान गरिएको छ । पानामा पेपर्स लिकपछि पदमुक्त हुने सरिफ पहिलो प्रधानमन्त्री होइनन् । पानामाका अफसोर कम्पनीमा आफू र आफ्नी पत्नीको नाममा लाखौँ डलर लुकाएको खुलासा भएपछि आइसल्यान्डका प्रधानमन्त्रीले पनि राजीनामा दिएका थिए । -पानामा पेपर्स प्रकरणमा राजीनामा दिने विश्वका दोस्रा नेता हुन् सरिफ । आइसल्यान्डका प्रधानमन्त्री सिग्मुन्दुर ड्याभिओ गुन्लाउग्सनले यसअघि उनकी श्रीमती र परिवारका सदस्यसमेत संलग्न भएको पुष्टि भएपछि पदत्याग गरेका थिए । -सन् १९७१ मा पाकिस्तानमा संसदीय प्रजातन्त्रको अभ्यास भएयता कहिल्यै कुनै निर्वाचित सरकार पाँच वर्ष टिक्न सकेका छैनन् । -गैरकानुनी ठहर गर्यो । तर, पाकिस्तानको शक्तिशाली सैनिकका कारण उनले राजीनामा दिए । -सन् १९९७ मा दोस्रोपटक प्रधानमन्त्री भएको तीन वर्षपछि भारतसँगको कार्गिल युद्धका विषयलाई लिएर तत्कालीन सेनापति परवेज मुसर्रफसँग उनको विवाद भयो । पछि मुसर्रफले सरिफको सरकार बर्खास्त गरेर प्रत्यक्ष सैनिक शासन सुरु गरे । उनलाई अदालतले आजीवन काराबासको सजाय दियो । तर, साउदी राजपरिवारको आग्रहमा उनलाई पाकिस्तानले त्यहाँ पठायो । उनले सात वर्ष निर्वासित जीवन व्यतीत गरे । -सन् २००७ मा स्वदेश फर्केपछि राजनीतिमा सक्रिय भएका सरिफ सन् २०१३ को निर्वाचनमा प्रधानमन्त्रीमा निर्वाचित भए । तर, उनले एक वर्षपछि प्रतिपक्षी दलको चर्को विरोध खेप्नुपर्यो । सन् २०१६ मा पानामा पेपर्सले उनको लन्डनमा महँगो घर रहेको र अन्य कम्पनीमा पनि उनका परिवारको लगानी भएको विवरण सार्वजनिक गर्यो । यही विषयमा सर्वोच्च अदालतले अनुसन्धानपछि सरिफलाई पदमा रहन अयोग्य ठहर गर्यो र उनको सरकार ढल्यो । -नाफामुखी व्यवसायमा देशबाहिर परिवारको संलग्नतामा लगानी गरेको र त्यसको विवरण आफ्नो सम्पत्ति विवरणमा नदेखाएको आरोप सरिफमाथि लागेको थियो । -पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्न सकेका छैनन् । प्रायः प्रधानमन्त्रीका कार्यकाल पूरा हुनुपूर्व नै सेना वा अदालतको हस्तक्षेपमा बाहिरिनुपरेको पाकिस्तानी इतिहास छ । – पाकिस्तानको ७० वर्षको इतिहासमा सरिफ अदालतद्वारा अयोग्य घोषित हुने दोस्रो बहालवाला प्रधानमन्त्री हुन् । -पाकिस्तानको अदालतले सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री युसुफ राजा गिलानीलाई पनि सत्ताको नेतृत्व सम्हालेकै समयमा तत्कालीन राष्ट्रपति असिफ अली जर्दारीविरुद्ध भ्रष्टाचार मुद्दा नलगाएको भन्दै उनीमाथि मानहानिको अभियोग लगाएको थियो । कालोधन जम्मा गरेको ठहर सरिफले कालोधन जम्मा गरेको अदालतको ठहर छ । सर्वोच्च अदालतका न्यायाधीश एजाज हसन, एजाज अफजल, सइद शेख, आसिफ सइद खोसा र गुलजार अहमदसहितको पाँचसदस्यीय इजलासले उनलाई दोषी करार गरेको हो । अदालतले सरिफसँगै छोरी मरियम र ज्वाइँ सफदार तथा अर्थमन्त्री इसाक दारलाई पनि दोषी ठहर गर्दै उनीहरूमाथि भ्रष्टाचारको मुद्दा दायर गर्न सुझाब दिएको छ । सरिफ भने आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएका छन् । के भन्छ फैसला ? सर्वोच्च अदालतका न्यायाधीशहरूको सर्वसम्मत फैसलामा सरिफ इमानदार नभएको र उनी संसद् सदस्यका लागि अयोग्य भएको उल्लेख छ । सरिफको परिवारविरुद्ध आपराधिक अनुसन्धान सुरु गर्न पनि न्यायाधीशहरूले निर्देशन दिएका छन् । अदालतको बारम्बारको ताकेतापछि पनि सरिफ र उनका वकिलले सन्तोजनक कागजपत्र पेस नगरेको अदालतको ठहर छ । सरिफको पक्षबाट अदालतमा पेस भएका केही कागजपत्र फर्जी र अपर्याप्त भएको अदालतले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy