Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

बाबुरामले मानेनन् प्रचण्डको एकता प्रस्ताव

\"\"काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि राखेको प्रस्ताव नयाँ शक्ति पार्टीले अस्वीकार गरेको छ । प्रचण्डले माओवादीबाट विभाजित भएका मोहन वैद्य, डा.बाबुराम भट्टराई र नेत्रविक्रम चन्दलाई पुनः पार्टी एकतामा आउन सार्वजनिक अपिल नै गरेका थिए । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– तर, भट्टराईले दाहालको पार्टी एकताको सपना पूरा नहुने बताउँदै एकताको प्रस्ताव अस्वीकार गरिदिएका हुन्। पार्टीको केन्द्रीय कार्यकारी समिति र संघीय परिषद्को तेस्रो पूर्ण बैठकपछि भट्टराईले प्रचण्डको प्रस्तावलाई अस्वीकार गरेका हुन् । ‘प्रचण्डजीले सपना देख्नुभएको होला पार्टी एकताको, त्यो उहाँको सपना मात्रै हो\', डा. भट्टराईले शुक्रबार सञ्चारकर्मीसँग भने, ‘त्यस्तो सपना पूरा हुनेवाला छैन, त्यसका लागि कुनै छलफल, बहस पनि हामीसँग केही भएको छैन।\' साउन पहिलो साता बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले माओवादीबाट विभाजितहरूलाई पार्टी एकतामा आउन आग्रह गर्ने निर्णय गरेको थियो। प्रचण्डले भट्टराईको पार्टीमा आबद्ध नेता-कार्यकर्तालाई पार्टीमा स्वागत गर्दा पनि भट्टराईले तत्काल एकतामा आउने पहल नगरे एक्लै पर्ने र एक्लै पार्टीमा आउनुको अर्थ नहुने धारणा व्यक्त गर्दै आएका थिए। डा.भट्टराई ०७२ असोज ९ गते माओवादीबाट बाहिरिएर वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लाग्ने भन्दै नयाँ शक्ति पार्टी निर्माणमा लागेका थिए। भट्टराईको पार्टीको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँगको एकता प्रक्रियामा पनि ‘ब्रेक\' लागेको छ। दुई पार्टीबीच पार्टी एकताको चर्चा चलिरहेका बेला नयाँ शक्तिका संयोजक डा.भट्टराईले संघीय समाजवादी फोमरसँग वैचारिक राजनीतिक र सांगठनिक विषयमा कुरा नमिलेकाले एकता प्रक्रिया रोकिएको बताए। उनले राजनीतिक रूपमै फोरमसँग अहिले नयाँ शक्तिको कुरा नमिलेको बताए। यद्यपि, २ नम्बर प्रदेशमा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा चुनावी तालमेलका विषयमा भने संघीय समाजवादीसँग कुरा हुन सक्ने बताए। केन्द्रीय कार्यकारी समिति विघटन नयाँ शक्ति पार्टीले पार्टीको केन्द्रीय कार्यकारी समिति विघटन गरी महाधिवेशन आयोजक समिति बनाएको छ। संघीय परिषद् बैठकले आयोजक समिति विघटन गरी आयोजक समिति बनाउने निर्णय गरेको हो। बैठकले डा.बावुराम भट्टराईको संयोजकत्वमै महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको हो। १ सय ५१ सदस्यबाट नबढाउने गरी डा.भट्टराईलाई नै आयोजक समिति गठन गर्न दिने अधिकार पनि परिषद् बैठकले दिएको छ। महाधिवेशन भने आगामी केन्द्र र प्रदेशको निर्वाचनपछि गर्ने निर्णय बैठकले गरेको छ। नयाँ शक्तिले दुवै निर्वाचन एकै चरणमा गर्न पनि प्रस्ताव गरेको छ। प्रवक्ता देवकोटाको राजीनामा नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले पदबाट राजीनामा दिएका छन्। उनले पार्टीको केन्द्रीय कार्यकारी समिति र संघीय परिषद्को बैठकसमेत बहिष्कार गरेका छन् । उनले स्थानीय तह निर्वाचनमा पार्टीले हार व्यहोरेकोमा जिम्मेवारी कसै न कसैले लिनुपर्ने भन्दै आफूले जिम्मेवारी लिएर राजीनामा दिएको पत्र डा.भट्टराईलाई बुझाएका छन् । तर, उनको राजीनामा विचार र मुद्दा मिल्ने पार्टीसँग एकता गर्नुपर्ने उनको प्रस्तावमा डा.भट्टराई र पार्टीपंक्ति असहमत देपिखएपछि आएको उनीनिकट स्रोतको भनाइ छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy