श्रावण १४ गते, २०७४ शनिवार 29th July, 2017 Sat०८:४३:०५ मा प्रकाशित
धादिङ ।उत्तरी धादिङको खनियाँवास गाउँपालिका स्थित दार्खा प्रहरी चौकीमा कार्यरत नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) वीरबहादुर गुरुङ मृत अवस्थामा भेटिएका छन् । प्रहरी चौकी नजिकै गएराति उनको हत्या गरिएको अवस्थामा शव भेटिएको घटनास्थलबाट स्थानीय मरिचमान तामाङले जानकारी दिए। शवको खुट्टा तथा शरीरका विभिन्न भागमा चोटपटक देखिएकाले उनको हत्या भएको स्थानीयले अनुमान गरेका छन्। घटनास्थल प्रहरी चौकीबाट अन्दाजी १ सय मिटरको दूरीमा रहेको तामाङले जानकारी दिए ।
अाजको अन्नपूर्ण पोस्टमा खबर छ– बिहीबार राति ११ बजेसम्म प्रहरी चौकीकै टेन्टमा सुतेका गोर्खा निवासी असई गुरुङलाई बाहिर बोलाई हत्या गरिएको आशंका गरिएको छ। प्रहरी चौकी नजिकै प्रहरीकै रहस्यमय हत्या भएपछि दार्खाबासी आतंकित बनेका छन्। घटनापछि जिल्ला प्रहरी कार्यालय धादिङबाट डीएसपी दीपेन्द्र पन्जियारको नेतृत्वमा घटनाको अनुसन्धानको लागि थप सुरक्षाकर्मी दार्खा परिचालन भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ। घटनास्थलभन्दा केही पर निज गुरुङले लगाएको चप्पल, छाता र टर्चलाइट फेला परेको र उक्त ठाउँको मकैबारी माडिएको फेला परेको स्थानीयले बताएका छन्।
दार्खा प्रहरी चौकीमा प्रहरी नायव निरीक्षक (सई) को कमाण्डमा प्रहरी बस्ने भए पनि घटना हुनुअघि मृतक गुरुङलाई निमित्त चौकी प्रमुखको जिम्मेवारी दिएर चौकी प्रमुख घर बिदामा बसेको बताइएको छ। घटनापछि विदामा गएका चौकी प्रमुखलाई पनि बोलाइएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ।
‘विहीबार सहकर्मीहरु संगै खाना खाएर प्रहरी चौकी भित्रै सुतेका गुरुङ शुक्रबार बिहान चौकी नजिकैको मकैबारीमा मृत फेला परेको जानकारी पाएपछि हामी घटनास्थल तर्फ गएका छौँ,’ डीएसपी पन्जियारले भने। घटनास्थल दार्खा प्रहरी चौकी सदरमुकामदेखि ४० किलोमिटर टाढा रहे पनि वर्षातका कारण ग्रामीण सडक चल्न नसक्दा यातायातका साधन बन्द जस्तै छन्। घटनास्थल पुग्न सदरमुकाम धादिङवेशीबाट १ दिन पैदल हिड्नुपर्ने हुन्छ । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण पूर्ण रुपमा प्रहरी चौकी भत्किएपछि त्यहाँ टेन्टबाटै चौकी संचालन भइरहेको छ। मृतक गुरुङ गत चैत महिनादेखि दार्खामै कार्यरत थिए।
विगत ४ वर्षअघि दार्खा लगायत उत्तरी धादिङमा शृङ्खलाबद्ध हत्याका घटना हुने गरेको भए पनि हत्या गरेर फरार रहेकालाई नेपाल प्रहरीले मिसन टोली नै खटाई प्रक्राउ गर्न थालेपछि उक्त क्षेत्रमा शान्ति छाएको थियो।
गत बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनका बेला पनि निकै नै संवेदनशिल मानिएको उत्तरी धादिङमा कुनै पनि घटना घटेको थिएन। तर अहिले नागरिकको सुरक्षाका लागि खटिएका प्रहरीको नै प्रहरी चौकी नजिकै हत्या भएपछि यतिबेला दार्खाबासी आतंकित भएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: