Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

भर्ना अभियान सफल बनाउन चुनौतीको चाङ

सिन्धुपाल्चोक, वैशाख २ गतेबाट भर्ना अभियान सुरु गरिएको छ । गत वर्ष विद्यार्थी भर्ना अभियानमा खासै उपलब्धि गर्न नसकेको जिल्ला शिक्षा कार्यालयको यो वर्षको हविगत पनि अघिल्लो वर्षको भन्दा कम छैन । यस पटक जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकले विकट गाविस गुम्बाबाट भर्ना अभियान औपचारिक रुपमा सुरु गर्ने भएको छ । ‘हिंसा, यौन दुव्र्यवहार र विभेदमुक्त विद्यालय बनाऔं, सबै बालबालिकाकालाई विद्यालय पठाऔं’ भन्ने मूल नाराका साथ अभियान सुरु भएको छ । जिल्लाका विद्यालयहरुले भने वैशाख २ गतेबाट नै भर्ना सुरु गरिसकेका छन् । गुम्बा गाविसमा ३ सय ३५ जना विद्यालयबाहिर रहेका छन् । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्का आधारमा जिल्लामा १० हजार ९ सय २० बालबालिका विद्यालयबाहिर छन् । जसमध्ये जिल्लाको हिमाली विकट गाउँका बालबालिकाको संख्या अधिक रहेकै कारण आगामी भर्ना अभियानमा समेट्न मुस्किल पर्ने देखिएको हो । अघिल्लो वर्ष भर्ना अभियानमार्फत विद्यालयमा भर्ना भएकामध्ये अधिकांश जनजाति र सीमान्तकृत बालबालिकाले बीचैमा पढाइ छाडकाले पनि यो वर्षको भर्ना अभियानमा चुनौती थपिएको हो । विद्यालयको तथ्याङकअनुसार ‘ड्रप आउट’ कै कारण कक्षा एकमा ७० जना विद्यार्थी भर्ना हुँदा कक्षा १० सम्म पुग्ने विद्यार्थी संख्या मुस्किलले २५ जनाको हाराहारिमा हुने गरेको छ ।  सुरुमा गाउँका सबै बालबालिका विद्यालयमा भर्ना भए पनि माथिल्लो कक्षामा चढ्दै जाँदा क्रमशः विद्यार्थी संख्या कम हुँदै जाने गरेको शिक्षकहरु बताउँछन् । जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीका अनुसार बालबालिकामा मात्र नभई गाउँका अभिभावकहरुमा समेत चेतनाको कमी भएकाले यस्तो समस्या आउने गरेको छ । विभिन्न गैरसरकारी संस्थाहरुले बालबालिकालाई विद्यालयमा टिकाउन छात्रवृत्ति, टिफिन बक्स, झोला वितरणलगायतका कार्यक्रमहरु सञ्चालन गरे पनि विद्यालय छाड्ने क्रमलाई निमिट्यान्न पार्न नसकेको एक शिक्षकले बताए । भर्ना अभियानको लहरमा र प्राथमिक विद्यालयमा प्रवेश गर्ने बेला विद्यालयभरि विद्यार्थी हुने गरे पनि माध्यमिक तहसम्ममा त्यो संख्या न्यून हुने गरेको छ । जिल्लाका १५ गाविसमा प्राथमिक तहमा खाजा कार्यक्रम लागू भएको छ । विद्यालय नआउने र छाड्ने क्रम रोक्न शिक्षा कार्यालयले नौ गाविसमा अनिवार्य शिक्षा कार्यक्रम सञ्चालन समेत गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy