Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

विमान खसाल्न विषाक्त ग्याँस या बम प्रयोग गर्ने तयारी भएको खुलासा

\"\"सिड्नी । अष्ट्रेलियाको एक विमानलाई उडिसकेपछि खसाल्नेगरी बनाइएको भनिएको आतङ्कवादी योजनाका दोषीले उक्त विमानलाई विषाक्त ग्याँस वा बम पड्काएर खसाल्ने योजना बनाएको बताएका छन् । उक्त बम अपहरणगरी खसाल्ने योजना बनाएका उनीहरुसँगको बयानमा प्रहरीले उक्त तथ्य पत्ता लागेको जनाएको छ । त्यसमा संलग्न भएको आशङ्कामा सिड्नी क्षेत्रबाट कैयौँलाई पक्राउ गरेको छ । आइतबार बिहान प्रहरीले चार जनालाई गिरफ्तार गरेको जनाएको थियो । उनीहरुले यसरी विमान खसाल्ने योजना बनाएको तथ्य खुलेको प्रहरीलाई उद्धृतगर्दै अष्ट्रेलियाली पत्रिकाले सोमबार जनाएका छन् । यस विषयमा अनुुसन्धान सुरु गरिएको र अनुसन्धानकर्ताले उक्त हमलाको तयारीमा विस्फोटक सामग्रीको प्रयोग गर्ने योजना बनाइएको थाहा भएको बताएका थिए । पक्राउ परेकामध्येका दुइजना लेबनानी मूलका अष्ट्रेलियन नागरिक हुन् । उनीहरुका बुबा अष्ट्रेलियाली र आमा लेबनानी रहेका छन् । पक्राउ परेका मध्येका दुई जनाले सो खुलासा गरेका छन् । उक्त आतङ्कवादी हमलाको योजना प्रहरीले आइतबार बिहानै असफल बनाएको जनाएपछि अष्ट्रेलियाका सबै विमानस्थलमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । अष्ट्रेलियाको प्रहरीले विस्फोटक सामाग्रीको प्रयोग गरी विमानलाई खसाल्न लागिएको सूचनाका आधारमा गरिएको खोजीमा उक्त खतरनाक योजनाको पर्दाफास भएको जनाएको थियो । सोमबार पनि यहाँको सरक्षा व्यवस्था निकै नै कडा पारिएको जनाएको छ । अष्ट्रेलियाली सरकारले आतङ्कवाद विरोधी कारबाही अन्तर्गत सो योजना विफल बनाउन प्रहरी सफल भएको भन्दै अब विमानस्थलमा सुरक्षा व्यवस्था निकै कडा बनाइने हिजो नै बताएको थियो । भारी हातहतियारले सुसज्जित प्रहरी र अष्ट्रेलियाको घरेलु गुप्तचर निकायका सदस्यहरुले सिड्नीका विभिन्न ठाउँमा छापा मारेर कैयौं व्यक्ति पक्राउ गरेका छन् । पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाइएको छैन । अष्ट्रेलियाको राजधानी सिड्नीबाट प्राप्त समाचारहरुमा सिड्नी सहर र यहाँका विमानस्थलमा थप सुरक्षाकर्मी बढाइएको छ । सरकारले यात्रुहरुलाई धैर्य धारण गर्न र हतास नभई यात्रा गर्न आग्रह गरेको छ । रासस/एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending