Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

अपराध तथ्यांक : एक वर्षमा ६१७ हत्या, ११३९ बलात्कार

\"\"काठमाडौं । देशको शान्तिसुरक्षाको अवस्था खस्कँदै गएको प्रहरी तथ्यांकले देखाएको छ । विगतमा भन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेका छन् । गत वर्ष करिब ८ प्रतिशतले अपराधका घटना बढेको प्रहरीले जनाएको छ । अाजको नयाँ पत्रिकामा खबर छ– प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७३-७४ मा ३१ हजार चार सय ६२ वटा अपराध भएका छन् । यो संख्या अघिल्लो वर्षभन्दा करिब दुई हजार आठ सय ९९ बढी हो । आव ०७२-७३ मा २८ हजार पाँच सय ६३ अपराधका घटना प्रहरीमा दर्ता भएका थिए । हत्या र बलात्कारका घटना बढे गत वर्ष साउनदेखि असारसम्म देशभरि ६ सय १७ जनाको हत्या भएको छ । त्यसमध्ये केही आपराधिक समूहबाट त केही आपसी झगडामा हत्या भएका छन् । अघिल्लो वर्ष पाँच सय ९८ जनाको हत्या भएको थियो । त्यस्तै, बलात्कारका घटना पनि बढेका छन् । यो वर्ष देशभरि एक हजार एक सय ३७ बलात्कारका घटना प्रहरीमा पुगेका छन् । अघिल्लो वर्ष १ हजार ८१ वटा बलात्कारका घटना भएका थिए । यो तथ्यांकले हरेक दिन देशमा तीनभन्दा धेरै बलात्कारका घटना हुने गरेको देखाउँछ । त्यस्तै, एक हजार ६ सय २७ वटा चोरी तथा डकैती भएका छन् । ‘अपराधको संख्या बढ्दैमा मात्र सुरक्षा खस्कियो भन्न मिल्दैन’ प्रहरी प्रवक्ता एसएसपी पुष्कर कार्की भने अपराधको संख्या बढ्दैमा मात्र सुरक्षा खस्कियो भन्न नमिल्ने बताउँछन् । ‘अपराधबारे प्रहरीमा रिपोर्टिङ गर्ने क्रममा वृद्धि भएकाले संख्या बढेको हुन सक्छ,’ कार्की भन्छन्, ‘शान्ति सुरक्षा भनेको तथ्यांकभन्दा पनि अनुभूत गर्ने कुरा हो ।’ तर, आफूहरू अहिलेको शान्ति सुरक्षाको अवस्थाबाट पूर्ण रूपमा सन्तुष्ट नरहेको र सुधारको प्रयास गरिरहेको उनले बताए । ‘गृहमन्त्रीज्यूकै निर्देशअनुसार अब परफर्मेन्स कन्ट्राक्स गरेर प्रहरीलाई सरुवा गर्ने तयारी गरेका छौँ,’ उनले भने, ‘शान्ति सुरक्षालाई अझ बलियो बनाउन गृहमन्त्री र प्रमुखज्यूबाट पहल भइरहेको छ ।’ एक प्रहरी अधिकारीले भने गत आर्थिक वर्ष प्रहरीमा भएको राजनीतिक हस्तक्षेप र गुटबन्दी पनि अपराध बढ्नुको एक कारण भएको बताउँछन् । ‘खराब आचरण र कार्यक्षमतामा कमजोरहरूले महत्वपूर्ण कार्यालयको जिम्मेवारी पाए,’ ती प्रहरी अधिकारी भन्छन्, ‘संगठन नै कमजोर बनेपछि शान्ति सुरक्षामा त्यसको असर देखिएको हो ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy