Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

प्रदेश २ मा माअोवादीको सिंगो हेडक्वार्टर परिचालित, यस्तो छ अाँकलन

\"\"काठमाडौं । प्रदेश २ को स्थानीय तह निर्वाचन जित्न सत्तारूढ नेकपा माओवादी केन्द्रको सिंगो हेडक्वार्टर परिचालित भएको छ । माओवादी केन्द्रले स्थानीय तहअन्तर्गत पहिलो र दोस्रो चरणको निर्वाचनमा सन्तोषजनक नतिजा ल्याउन नसकेपछि प्रदेश २ मा राम्रो उपस्थिति जनाउने रणनीति तय गरेर सिंगो पार्टी पंक्तिलाई प्रदेश दुईमा केन्द्रित बनाएको छ । हालै बसेको पार्टी सचिवालय बैठकमा ४० सिट जित्न सकिने आँकलनसहित सिंगो शक्ति प्रदेश २ मा परिचालित हुने निर्णय गरिसकेको छ । अाजको राजधानी दैनिकमा खबर छ– पार्टीले अध्यक्षसहित शीर्ष नेतालाई निर्वाचन अभियानको अग्रस्थानमा परिचालन गर्ने, उमेदवार छनोटमा विशेष ध्यान दिने, तालमेल प्रभावकारी बनाउनेजस्ता योजना तय गरेको छ । विगत निर्वाचनमा प्रचार संयन्त्र कमजोर भएको निष्कर्षसहित यसपटक प्रचारको कामलाई तीव्र पार्ने रणनीति पनि उसको छ । निर्वाचनलाई केन्द्रित गरेर पार्टी प्रदेश २ को प्रशिक्षण कार्यक्रमअन्तर्गत सोमबार जनकपुरमा भएको कार्यक्रममा माओवादीले सबै शीर्ष नेतालाई मैदानमा उतारेको छ । प्रशिक्षणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्वमहासचिव रामबहादुर थापा तथा हेडक्वार्टर सदस्य तथा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, हेडक्वार्टर सदस्य हरिबोल गजुरेल, सहरी विकासमन्त्रीसमेत रहेका नेता प्रभु साह, सचिवालय सदस्यहरू उर्मिला अर्याल, विश्वनाथ साह, प्रह्लाद बुढाथोकी, रामकुमार यादव, भरत साह, डाचाराज वाग्लेलगायत उपस्थित बनेका थिए । प्रशिक्षणमा प्रदेश इन्चार्ज मातृका यादव भने अस्वस्थताका कारण उपस्थित हुन सकेनन् । प्रशिक्षणमा अध्यक्ष प्रचण्डले प्रदेश २ मा पार्टीलाई पहिलो बनाउन आग्रह गर्दै युद्धस्तरमा निर्वाचन अभियानमा लाग्न निर्देशन दिए । दाहालले भ्रम चिर्दै पार्टीलाई पहिलो बनाउन खट्न निर्देशन दिए । अध्यक्ष प्रचण्डले मधेसी जनताको मुक्तिका लागि १ हजार ३ सय जनाले सहादत गरेको उदाहरण दिँदै मधेसको अधिकारका लागि लड्ने एक मात्र पार्टी माओवादी भएको समेत बताए । उनीहरूले मधेसीलगायत सम्पूर्ण समुदायको माग सम्बोधन हुने गरी माओवादी केन्द्र संविधान संशोधनका लागि प्रयत्नशील रहेको समेत उल्लेख गरेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy