Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

यस्तो छ वाईसीएलको सम्भावित नेतृत्व

\"\"काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको राष्ट्रिय सम्मेलन आगामी २ र ३ भदौमा काठमाडौंमा हुँदैछ । निष्क्रिय जस्तै रहेको वाईसीएललाई सशक्त र सक्रिय बनाउने पार्टी सचिवालय बैठकको निर्णयअनुसार पार्टीले समेत वाईसीएलको सम्मेलनलाई महत्व दिएको पाइएको छ । आजको राजधानी दैनिकमा खबर छ– वाईसीएलले राष्ट्रिय सम्मेलनमार्फत १ सय ५१ सदस्यीय कार्यसमिति तथा १५ सदस्यीय पदाधिकारी चयन गेर केन्द्र तथा पार्टीको अन्य सहायक तथा भातृसंगठनलाई चुस्त दुरुस्त संगठन गर्न सबक सिकाइने वाईसीएलका नेता बताउँछन् । वाईसीएलले नेतृत्व चयनमा छुट्टै विधि तय गरेको छ । जसअन्तर्गत ४० वर्षमाथिकालार्य उमेर हदबन्दी लाग्ने भएको छ । पार्टीमा अन्य कुनै जिम्मेवारीमा कार्यकारी भूमिका निभाएकाले पनि वाईसीएलमा कार्यकारी पदमा उम्मेद्वारी दिन पाउनेछैनन् । उमेर हदका कारण आयोजक समिति संयोजक निबबहादुर कुँवरले सम्मेलनबाट नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पदै बिदा हुनेछन् । वाईसीएलको नेतृत्वमा अहिले तीन जनाले आकांक्षा देखाएका छन् । जसमा संगठन विभाग प्रमुख रामप्रसाद सापकोटा, पूर्ववरिष्ठ उपाध्यक्ष लक्ष्मी चौलागाईं र पूर्वउपाध्यक्ष युवराज दुलाल आकांक्षी देखिएका छन् । तर अहिलेसम्म कसैले पनि सार्वजनिक रुपमा उम्मेद्वारी घोषणा गरेका छैनन् । वाईसीएलको महासचिव पदमा भने प्रतिस्पर्धाको सम्भावना बढी छ । पूर्वसचिव नरेन्द्र पाण्डे, निर्मल जिसी, पूर्वकोषाध्यक्ष सुबोधराज शेर्पाली, सुमन देवकोटा, नेकपा क्रान्तिकारी माओवादीबाट एकता प्रक्रियाबाट आएका दीपक देवकोटाले पनि महासचिव पदका लागि आकांक्षा देखाएका छन् । वाईसीएलले निर्वाचन कार्यविधिमा प्रत्यक्ष निर्वाचन प्रणालीको व्यवस्था गरे पनि प्यानल बनाएर प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने वा सहमतिबाट भन्ने विषय भने टुंगिएको छैन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending