Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

नारायणगढ–मुग्लिन सडक निरीक्षण गर्दै प्रधानमन्त्री देउवा

\"\"भरतपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकको निरीक्षण गर्ने भएका छन् । बुधबार बिहान ९ बजे उनी अवलोकनमा जाँदै छन् । उनीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर र सम्बन्धित अन्य अधिकारी पनि जानेछन् । अाजको नयाँ पत्रिकामा खबर छ– ‘अहिलेसम्म भएको कामको प्रगति निरीक्षण गर्नुको साथै कामलाई तीव्रता दिन प्रधानमन्त्रीले निर्देशन दिनेछन्,’ यातायातमन्त्रीका सञ्चार अधिकृत रमेश जोशीले भने । चाडपर्वअघि नै सडक सुचारु गर्न निर्देशन दिने तयारी प्रधानमन्त्रीले दसैँ, तिहार, छठलगायत चाडपर्वअघि नै सडक सुचारु गर्न निर्देशन दिने तयारी गरेका छन् । अहिले राति ११ घन्टासम्म नारायणघाट–मुग्लिङ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ । चाडपर्वसम्ममा पनि सडक सुचारु नभए यस वर्ष अघिल्ला वर्षको तुलनामा आवतजावत गर्न गाह्रो हुने सडक विभागका अधिकारीहरूको भनाइ छ । अहिले पहिलो प्राथमिकतामा राखेर सडक निर्माण भइरहेको विभागका प्रवक्ता दयाकान्त झाले बताए । यसअघि मंगलबार नै भौतिक पूर्वाधार तथा यातायातसचिव देवेन्द्र कार्की मुग्लिन–नारायणगढ सडक निर्माण क्षेत्रमा पुगिसकेका छन् । महिना दिनदेखि दैनिक ११ घन्टा सडक बन्द मुग्लिन–नारायणगढ सडकखण्डमा २५ असारदेखि रातको समयमा अनिश्चितकालीन बन्द गरिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सवारीसाधनको किसिम र सडकको रुटअनुसार साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिरहेको छ । यसको कारण दैनिक हजारौँ यात्रुले सास्ती खेप्नुपरिरहेको छ । सवारी सञ्चालन कार्य रातको समयमा ११ घन्टासम्म बन्द भइरहेको छ । संसद्को विकास समिति र जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशनअनुसार सडकमा रात्रिकालीन समयमा सवारीसाधन प्रवेशमा पूर्ण रोक लगाइएको छ । सडक विभागका उपमहानिर्देशक तथा मुग्लिन–नारायणगढ सडक आयोजनाका संयोजक सञ्जयकुमार श्रेष्ठका अनुसार रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने कार्य भदौ पहिलो सातासम्म लम्बिन सक्नेछ । यसअघि २४ असारसम्म निर्माणलाई तीव्रता दिने भन्दै दैनिक ६ घन्टा यातायात सञ्चालन गर्न बन्द गर्ने गरिएको थियो । गत १५ चैतदेखि दैनिक बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सडक बन्द गरी काम गर्न सुरु गरिएको हो । १५ चैतअघि साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र बन्द गरेर दैनिक साढे ४ घन्टा काम गर्ने गरिएको थियो । यस्तो छ रोकिने र छाडिने व्यवस्था नारायणगढतर्फबाट राजमार्ग छिर्ने यात्रुबाहक सवारी (बस, मिनीबस, माइक्रोबस, साना सवारीसाधनलगायत) साधनलाई साँझ ६ बजे दासखोला पुलमा रोकिने गरिएको छ । त्यस्तै, बिहान ४ बजे छाडिने व्यवस्था मिलाइएको छ । मालबाहक सवारीसाधन (ट्रक, लहरी, ट्रेलर, ट्रिपर, ट्यांकरलगायत) साधनलाई भने जुगेडी चौकीमा साँझ ६ देखि रोकिन्छ भने बिहान ४ बजे छाडिन्छ । यसैगरी मुग्लिनतर्फबाट राजमार्ग छिर्ने यात्रुबाहक सवारीसाधनलाई साँझ ७ बजे रोकिने र बिहान ५ बजे छाड्ने गरिएको छ । ती सवारीमध्ये काठमाडौंतर्फबाट आउने सवारीसाधनलाई मुग्लिन बजारमा र पोखरातर्फबाट आउने सवारीसाधनलाई आँबुखैरेनीमा रोकिन्छ । अर्कोतिर मालबाहक सवारीसाधनलाई साँझ ७ बजे रोकिने र बिहान ५ बजे छाड्ने गरिएको छ । मालबाहक सवारीमध्ये काठमाडौंतिरबाट आउनेलाई लेवाटारमा र पोखरातर्फबाट आउनेलाई आँबुखैरेनीमा रोक्ने गरिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending