Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

नेपालमा बसेर अस्ट्रेलियामा आतंक

\"\"काठमाडौं । उच्च शिक्षा र आर्थिक रूपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् । उनीविरुद्ध नेपालमा मात्रै हैन अस्ट्रेलियामा समेत अनुसन्धान भइरहेको छ । अाजको नागरिक दैनिकमा खबर छ– जर्मनीमा रहेका नेपाली नागरिक आत्मराम थपलियालाई नेपाल ल्याउन ब्युरोले प्रक्रिया सुरु गरेको छ । उनलाई नेपाल डिपोर्ट गराउन ब्युरोले जर्मनीमा रहेको इन्टरपोल शाखासँग पत्राचार गरिसकेको छ। त्यस्तै, मलेसियामा रहेका २ नेपालीलाई झिकाउने प्रक्रिया अगाडि बढिसकेको छ । ब्युरोले उनीहरूलाई फर्काउन मलेसियामा रहेको इन्टरपोल शाखासँग समन्वय गरिरहेको छ । सामाजिक सञ्जालमार्फत आवेश र आक्रोश पोख्ने क्रममा शब्दको ख्याल नगर्दा नेपालमा बर्सेनि ५० भन्दा बढी नेपाली पक्राउ परिरहेका छन् । यो प्रवृत्तिबाट विभिन्न उद्देश्यले बिदेसिएका नेपालीसमेत जोगिन सकेका छैनन् । विदेशमा छु कसले के गर्छ र भन्दै सामाजिक सञ्जालमा तथानाम लेख्दा चारैजना नेपाल प्रहरीको खोजी सूचीमा परेका हुन् । एकजना अस्ट्रेलियाबाट डिपोर्ट भइसके । अन्य तीन जनामाथि नेपालमा मुद्दा दर्ता गरेर ल्याउने प्रक्रिया अगाडि बढिसकेको छ । ‘उनीहरूको कसुर र अनुसन्धान प्रक्रियाबारे आवश्यक कागजपत्र नेपालमा रहेको इन्टरपोलमार्फत ती देशको इन्टरपोल शाखामा पठाइसकेका छौं,’ ब्युरोकी प्रवक्ता मीरा चौधरीले नागरिकसँग भनिन्, ‘उनीहरूलाई नेपाल ल्याउन आवश्यक प्रक्रिया सुरु गरिसकेका छौं ।’ अस्ट्रेलियामा एसएमएस आतंक छातीमा गोली हानेर शव टुक्रा पारेर फाल्ने सन्देशले अस्ट्रेलियामा आतंक मच्चियो । एसएमएस पाउने व्यक्तिको संख्या बढेसँगै अस्ट्रेलियाको प्रहरीमा उजुरी संख्या बढ्यो । युरोप र अमेरिकी मुलुकमा आतंकवादी घटना बढिरहेको अवस्थामा यस्तो सन्देशले सनसनी मच्याएपछि अस्ट्रेलियाली प्रहरीले अनुसन्धान अगाडि बढायो । अनुसन्धानमा सन्देशको उद्गमस्थल नेपाल देखिएपछि इन्टरपोलमार्फत नेपाल प्रहरीमा सन्देशसहितको रिपोर्ट आयो । केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्दा लहानमा रहेका कुमुदप्रसाद शाह पक्राउ परे । शाहमाथि अनुसन्धान गर्दा ७ वर्षअघि सूचना प्रविधि दुरुपयोग गरी एक १६ वर्षीया किशोरीलाई दुःख दिएको अभियोगमा अस्ट्रेलियामा एक वर्ष जेल बसेर नेपाल फर्काइएको खुल्यो । नेपाल फर्किएका उनी ६ वर्षसम्म मौन बसे । फेरि अमेरिका जाने प्रयास गरे । आइएलटिएस पास गरेर अमेरिका जाने प्रक्रिया अघि बढाउँदा उनको आपराधिक रेकर्डका कारण रोकिएपछि आवेगमा आएर उनले निःशुल्क एसएमएस पठाउन मिल्ने साइटको प्रयोग गरेर अस्ट्रेलियाका विभिन्न नम्बरमा सन्देश पठाएर आतंक मच्याए । ‘मेरो कुरा नसुनी एकतर्फी रूपमा मलाई दोषी बनाउँदै जीवन बरबाद बनाए,’ ब्युरोको हिरासतमा भेटिएका शाहले नागरिकसँग भने, ‘त्यही कारण अमेरिका जाने प्रयास असफल भएपछि रिस थाम्न सकिनँ र सन्देश पठाएँ।’ शाहका अनुसार सन् २००८ मा विद्यार्थी भिसामा अस्ट्रेलिया गएका उनको मन १६ वर्षीया किशोरीमा बस्यो। लाइब्रेरीमा भेटिएकी उनलाई पिछा गरे तर उनले वास्ता गरिनन् । उनले किशोरीको सामाजिक सञ्जाल खाता ह्याक गरेर सयभन्दा बढी म्यासेज पठाएर हैरान बनाए। केस प्रहरीमा पुग्यो । दोषी ठहर भएका उनलाई कैद सजाय काटेपछि नेपाल फर्काइयो । ‘नेपालबाट म्यासेज गर्दा कसैले पत्ता लगाउन सक्दैन भन्ने लागेको थियो, हैन रहेछ’, उनले भने, ‘अब यस्तो कहिल्यैं गर्दिनँ ।’ सामाजिक सञ्जालमा उपराष्ट्रपति नन्दकिशोर पुनलाई अपशब्द प्रयोग गर्दै निरन्तर गाली गरेर जातीय–धार्मिक द्वेष फैलाएको अभियोगमा आत्मराम थपलियालाई जर्मनीबाट नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ। फेसबुकमार्फत उनले निरन्तर जातीय र धार्मिक द्वेष फैलाएको अभियोग दर्ता गरेर ब्युरोले उनलाई नेपाल ल्याउन प्रक्रिया थालिसकेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending