Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

किन पुगे राजदूत पुरी बालकोट ?

\"\"काठमाडौं । \'पहिलाजस्तो भारत नरहेको\' सन्देशसहित भारतीय राजदूत मञ्जिभ सिंह पुरीले एमाले अध्यक्ष केपी ओलीलाई भारतको स्वतन्त्रता दिवसका अवसरमा आयोजना हुने एक महत्वपूर्ण कार्यक्रममा निम्ता दिएका छन् । भारतको ७० औं स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित दूतावासमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज उपस्थित हुने कार्यक्रममा ओलीलाई उपस्थित भइदिन राजदूत पुरीले विशेष आग्रह गरेका थिए । किड्नी प्रत्यारोपणपछि विदेशमन्त्री स्वराज नेपाल आउन लागेकी हुन् भने एमाले अध्यक्ष ओलीको पनि किड्नी प्रत्यारोपण गरिएको छ । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– स्वराज उपस्थित हुने कार्यक्रममा ओलीलाई जोड गर्नुले भारत एमालेसँग सम्बन्ध सुधारमा लागेको हुन सक्ने जानकारहरूको बुझाइ छ ।\'पोखरामा भएको सार्क विदेशमन्त्रीस्तरीय बैठक, त्यसअघि दिल्लीमा ओली र स्वराजबीच लामो छलफल भएको थियो\', एमालेका एक नेताले अन्नपूर्णसँग भने, \'ओलीलाई बुझ्ने भएकाले भारतले स्वराजलाई काठमाडौं पठाएको हो कि भन्ने पनि देखिन्छ ।\' संविधानसभाबाट संविधान जारी गर्न \'केही दिन पर्खिदिन\' आफ्ना दूतमार्फत पठाएको सन्देश एमाले अध्यक्ष ओलीले स्वीकार नगरेको भन्दै भारतको सत्तापक्ष (प्रधानमन्त्री नरेन्द्र मोदी) ओलीसँग रिसाएको छ । संविधान जारीपछि भारतले ६ महिनासम्म नाकाबन्दी लगाएको थियो भने ओली सरकारलाई \'अपदस्थ गर्न\' भारतले भूमिका खेलेको भन्दै ओली पनि रिसाएका थिए । \'एमालेलाई घेराबन्दी गरेर कमजोर पार्न सकिन्छ भनेर गरेको प्रयास नेपाली जनताले चुनावबाट परास्त गरिदिएपछि राष्ट्रिय स्वार्थका लागि पनि भारतले एमालेसँग मिलेर अघि बढ्न खोजेजस्तो देखिन्छ\', एमाले नेताले भने । भारतका लागि पूर्वराजदूत प्राध्यापक लोकराज बरालले ओलीलाई \'स्पेसल\' निम्ता दिएर भारतले एमालेसँग सम्बन्ध सुधार गर्न खोजेको बताए । \'सबै पक्षको सहयोग लिएर अघि बढ्ने र ओलीजीलाई केही लागेको छ भने त्यो कुरा पनि सुन्ने पक्षमा भारत देखिन्छ,\' बरालले भने । निम्ता दिन गएका राजदूत पुरीसँग ओलीले झन्डै २ घन्टा कुराकानी गरेको उनको निजी सचिवालयले जनाएको छ । नेपाल-भारत सम्बन्ध जनस्तर र नेतृत्व तहमा राम्रो भए पनि बिचौलिया र आफ्नो स्वार्थअनुसार काम गर्ने एक÷डेढ दर्जन मान्छेका कारण बिग्रेको कुरा ओलीले राजदूत पुरीलाई बताएका थिए । ओलीका स्वकीय सचिव अनिष दाहालका अनुसार राजदूत पुरीले पनि नेपाल र भारतको सम्बन्ध चीन र नेपालको जस्तो नभएको बताएका थिए । \'पहिलाजस्तो भारत नरहेको भन्दै सम्बन्ध सुधार गर्न तयार रहेको\' राजदूत पुरीले ओलीलाई बताएको दाहालले जानकारी दिए । त्यस क्रममा ओलीले विगतमा राजाले अक्षम भनी घोषणा गरेका देउवाले अहिले पनि अक्षम काम गरिरहेको बताएका थिए । विगतमा कांग्रेससँग एमालेले सहकार्य गरे पनि स्थानीय चुनावमा साधन स्रोतको दुरुपयोग गरी एमालेलाई घेराबन्दी गर्ने काम गरेको ओलीले बताएका थिए । जवाफमा पुरीले नेपालको राजनीतिमा आफ्नो कुनै भूमिका नहुने भन्दै यहाँकै दलहरूले समस्या समाधान गर्नुपर्ने बताएका थिए । ओलीले ७ माघभित्र प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहे पनि चुनाव गराउनेतिर सरकार पटक्कै नलागेको कुरा राजदूत पुरीलाई बताएका थिए । ओलीले प्रदेशको चुनाव हुन सक्ने अवस्था नरहे संवैधानिक संकट आउन नदिन प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने आफ्नो मान्यता रहेको कुरा राजदूत पुरीलाई बताएको स्वकीय सचिव दाहालले जानकारी दिए । स्वराज उपस्थित हुने कार्यक्रममा ओलीलाई जोड गर्नुले भारत एमालेसँग सम्बन्ध सुधारमा लागेको हुन सक्ने जानकारहरूको बुझाइ छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending