Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

नागरिकताका अभिलेख नै गायव

\"\"काठमाडाैं । ‘सहसचिवको नागरिकता अभिलेख नहुँदा राहदानी बनाउन पाएनन् । कन्तबिजोक रहेछ कार्यालयको,’ बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बालकृष्ण पन्थी आफ्नै कार्यकक्षमा फोनमा कुराकानी गर्दै थिए । जेठ अन्तिम साता गृह मन्त्रालयबाट काठमाडौं सीडीओमा सरुवा भएका पन्थी कार्यालयको बिजोकबारे खुलेरै प्रस्तुत भ । आजको अन्नपूर्ण दैनिकमा खबर छ–‘वर्षौंदेखिका नागरिकताका अभिलेख छन् तर सुरक्षित छैनन्, कसलाई दोष दिने ? म केही महिना बसेर सक्दिनँ, अन्य कर्मचारीले पनि के गरुन् ? अधिकांश अभिलेख धुजाधुजा छन्। कति धमिराले खाइसकेका छन्’, उनले भने, ‘कर्मचारी तीन÷तीन महिनामा एउटा शाखाबाट अर्कोमा सरुवा हुने रहेछन्। अभिलेख सुरक्षा गर्ने कसले ? ‘ ०४० देखि ०४६ सालसम्मका नागरिकताको अभिलेख नै गायब भएको कुरा उठाएपछि सीडीओ पन्थीले स्विकारे। लगत्तै उनले नागरिकता फाँटका प्रशासकीय अधिकृत नवराज ढकाललाई कार्यकक्षमै बोलाएर सोधे, ‘०४० देखि ०४६ सालसम्मका नागरिकताको अभिलेख हराएको विषयमा गृह मन्त्रालयबाट समेत प्रस्टीकरण सोधिएको छ। कहाँ गए अभिलेख, कसरी हराए ? ‘ ढकालले सबै फाइल गायब नभई ०४१, ०४२ र ०४६ सालका केही चलानी फाइल फेला परेको तर काम नलाग्ने अवस्थामा रहेको उत्तर दिए। हजारौं सर्वसाधारणको नागरिकता लिएको प्रमाण नभएपछि सीडीओ कार्यालयमा तनाव छ। ‘म आएको एक वर्ष मात्रै भयो, यहाँका कर्मचारी तीन महिनामै परिवर्तन हुन्छन्, जिम्मेवारीबोध कसैलाई छैन, जबसम्म विद्युतीय प्रणालीमा अभिलेख राखिँदैन तबसम्म यो समस्या ज्युँका त्युँ रहन्छ,’ ढकालले भने, ‘धन्न हामीले सेवाग्राहीलाई फर्काएका छैनौं।’ नागरिकता फाँटमा पुग्दा पन्थी र ढकालको स्वीकारोक्ति पुष्टि भयो। खिया लागेका फलामे दराजमा गुजुल्टा पारेर, केही भुइँमै फालिएका, केही च्यातचुत परे झुत्राझुत्रा भएको अवस्थामा अभिलेख देखिए। नागरिकता फाँटमा अभिलेख खोज्न खटिएका एक कार्यालय सहयोगीले भने, ‘यो भद्रगोल कहिलेसम्म हुने हो ? सेवाग्राहीले काम ढिलासुस्ती भयो भनेर गुनासो गर्छन् तर हामीलाई एउटा नागरिकताको अभिलेख खोज्न असिनपसिन हुनुपर्छ।’तीनवटा कोठामा राखिएका फाइल छरपष्ट छन्। केही मिलाएर चाङ पारिए पनि सध्ये केही मात्रै छन्। काठमाडौंका लाखौं मानिसको नागरिकता लिएको अभिलेखको सुरक्षा दयनीय अवस्थामा देखियो। गृहमन्त्री जनार्दन शर्माले ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्र पेस गर्दा नागरिकता वितरण प्रणालीलाई व्यवस्थित बनाउने विषय समेटेका छन्। यसले केही सुधार ल्याउने आशा सीडीओ पन्थीको छ। ‘दशकौंदेखि हातले लेखेर राखिएका फाइल छन्, कतिमा त धमिरा परिसक्यो, कुन कर्मचारीलाई कारबाही गर्ने, कर्मचारीको सरुवा भइहाल्छ। अभिलेखका फाइल सुरक्षित नराख्ने पुरानै रोग रहेछ,’ पन्थीले भने, ‘व्यक्तिको इमानदारीमा भर पर्नुपर्ने तर सिस्टमले सञ्चालन हुन नसक्ने भएपछि यो लथालिंग भइरहन्छ।’ सीडीओ कार्यालयका अनुसार कर्मचारीबीच रिसइबी भए मात्रै पनि फाइल लुकाइदिन्छन्। तर, प्रमाण नभएपछि कारबाही गर्न नसकेको पन्थी स्विकार्छन्। उनले नयाँ नागरिकता दिन भन्दा पनि प्रतिलिपि दिन गाह्रो भएको बताए। ‘नयाँलाई त कागजी विवरण हेरेर दिन सजिलो छ तर प्रतिलिपि लिन आएका सेवाग्राहीको अभिलेख हराएपछि खोज्न सकिँदैन मारमा उनीहरू छन्’, पन्थीले भने, ‘पुराना त छाडिदिनुस् नयाँलाई समेत सुरक्षित राख्न सकिएको छैन।’ सीडीओ कार्यालयले अहिले अभिलेख नभएका सेवाग्राहीको हकमा सम्बन्धित नगरपालिकाबाट ल्याएको सिफारिसका आधारमा नागरिकता वितरण गर्दै आएको छ। पन्थीका अनुसार सीडीओ कार्यालयले वार्षिक १५ हजार नागरिकता र सोही संख्यामा प्रतिलिपि वितरण गर्दै आएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy