Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

नेमारमाथि आक्रमणमा उत्रिए असन्तुष्ट समर्थक

\"\"बार्सिलोना । विश्वकीर्तिमानी रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) जाने लगभक पक्का गरिसकेका ब्राजिलियन स्ट्राइकर नेमारप्रति बार्सिलोनाका समर्थक क्रुद्ध बनेका छन् । तिनैमध्येका केही समर्थक नेमारमाथि आक्रमणमै उत्रिएका छन् । बार्सिलोनास्थित सोखो रात्रि क्लबमा पुगेका नेमारमाथि असन्तुष्ट देखिएका समर्थकहरू आक्रमणमा उत्रिएको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन्। अाजको अन्नपूर्ण पोस्टमा खबर छ– क्लबमा खटिएका सुरक्षा गार्डहरूले रोकेपछि मात्रै झगडा साम्य भएको थियो । आफूमाथि आक्रमण गर्ने प्रयास गरिरहेका समर्थकप्रति आक्रोशित देखिएका नेमारलाई सुरक्षा गार्डले नियन्त्रणमा लिइरहेको तस्बिर पनि सार्वजनिक भएका छन् । रातो हिपहप क्याप र स्लिभलेसमा रहेका नेमारलाई आफूमाथि आक्रमण गर्न आएका समर्थकतिर जानबाट सुरक्षाकर्मीले रोकिरहेको तस्बिर सार्वजनिक भएको छ । त्यस घटनाबारे थप तथ्य भने बाहिर आएको छैन । नेमार नयाँ सिजनअघि नै स्पेन छाडेर पेरिस पुग्दैछन् । उनले साथीभाइ र क्लबका पदाधिकारीसँग पनि बिदा लिइसकेका छन् । क्लबले समेत नेमार पीएसजी जाने पक्का गरिसकेको छ । बार्सिलोनाले नेमारलाई क्लबको नियमित अभ्यासबाट समेत बिदा दिइएको जनाएको छ । ‘नेमारले क्लब छाड्नेबारे ड्रेसिङ रुममा सबैलाई जानकारी गराइसकेका छन्\', बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘क्लबका व्यवस्थापकले समेत उनलाई नियमित अभ्यासमा सहभागी हुनबाट छुट दिइसकेका छन् ।\' क्लबले जनाएअनुसार नेमार बुधबार बिहान पनि बार्सिलोनाको अभ्यास मैदान जोअन गाम्पर ट्रेनिङ कम्प्लेक्समा पुगेका थिए । यद्यपि उनले त्यहाँ अभ्यास गरेनन् । उनी अभ्यासस्थलमा पुगी सहकर्मीसँग बिदा भएर निस्किए । नेमार विश्वकीर्तिमानी रकम १९ करोड ६० लाख पाउन्डमा पीएसजी भित्रन लागेका हुन् । लामै समयदेखि नेमार पीएसजी जाने चर्चा चले पनि निश्चित नभएपछि बार्सिलोनाका अन्य खेलाडीले आफ्नो भविष्यबारे स्पष्ट पार्न उनीमाथि दबाब दिएका थिए । नेमार हालैको साता आफ्नो एक प्रायोजकको कार्यक्रममा देखिन चीन पनि पुगेका थिए । त्यहाँबाट स्पेन फर्कने क्रममा उनी दुबईसमेत पुगेका थिए । दुबईमा नै नेमारले पीएसजीका मालिक नसर अल खेलइफीसँग भेटी आफ्नो अनुबन्धको सम्झौता पक्का गरेका थिए । पीएसजीमा नेमारको साताको तलबमात्रै पाँच लाख पाउन्ड हुने बताइएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending