Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

सतहमा राजपाको कलह : आधा दर्जन नेताद्वारा बैठक बहिष्कार

\"\"काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बुधबार प्रारम्भ भएको पदाधिकारी बैठक वरिष्ठ नेता हृदयेश त्रिपाठी समूहले बहिष्कार गरेको छ । त्रिपाठी समूहमा सांसदहरू सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्ता, अकवालअहमद साह, कमलेशवर पुरी गोस्वामीसहित आधा दर्जन नेता छन् । पदीय विवादकै कारण पदाधिकारी बैठक बहिष्कार गरेको त्रिपाठी समूहका एक नेताले बताए । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– बैठकको दोस्रो दिन बिहीबार त्रिपाठी समूहले अध्यक्ष महन्थ ठाकुरलाई भेटी पदीय विवाद मिलाउँदै प्रजातान्त्रिक प्रक्रियाबाट पार्टी अगाडि बढ्न सुझाव दिएका छन् । अध्यक्षमण्डलका राजेन्द्र महतो, राजकिशोर यादव र अनिलकुमार झा आफूहरूभन्दा \'जुनियर\' रहेको दाबी गर्दै त्रिपाठी समूहले \'जुनियर\'को तल रहेर राजनीतिक जीवन व्यतीत गर्न नसक्ने जानकारी अध्यक्ष ठाकुरलाई दिएको स्रोतले जनाएको छ । साविकको तराई-मधेस लोकतान्त्रिक पार्टी केन्द्रीय कार्यालय थापागाउँमा बिहान ९ बजे पुगेका त्रिपाठीसहितका नेताले राजनीतिक समिति गठन गरी पदीय विवाद अन्त्य गर्न आग्रह गरेका थिए । उनीहरूले निर्वाचन आयोगमा पार्टी दर्ताका लागि लगिएको विधान, घोषणापत्रलगायत केन्द्रीय नेतृत्वको सूचीमा \'सबैलाई केन्द्रीय समिति सदस्य किन भनिएको\' भनी ठाकुरसमक्ष जिज्ञासा राखेका थिए । दलको विधान स्पष्ट हुनुपर्ने कि नपर्ने भन्दै उनीहरूले ठाकुरबाहेक अध्यक्षमण्डलका केही नेता समकक्षी र केही जुनियर भएको दाबी गरेका थिए । प्रत्युत्तरमा ठाकुरले \'जन्मकुण्डली हेरेर राजनीति नचल्ने\' भन्दै ६ वटा पार्टी एकीकरण भई राजपा गठन हुँदा तत्कालीन पार्टी अध्यक्षलाई अध्यक्षमण्डलमा राखिएको जिकिर गरेका थिए । \'तपाईंहरू पदाधिकारी बैठकमा सहभागी भएर मलाई सघाउनुहोस्\', ठाकुरलाई उद्धृत गर्दै भेटमा सहभागी सांसद साहले अन्नपूर्णसँग भने । जवाफमा पदाधिकारी बैठकमा सहभागी नहुने बताएको उनले सुनाए । \'२२ गतेदेखि हुने केन्द्रीय समितिको बैठकमा सहभागी हुन्छौं भन्यौं\', उनले भने, \'केन्द्रीय समितिको बैठकमा नेतृत्वसमक्ष आफ्ना कुरा राख्छौं ।\' महासचिव कौशलेन्द्रकुमार मि श्रले ठाकुर र असन्तुष्ट समूहबीच बिहीबार भएको वार्तापछि उनीहरू चाँडै बैठकमा सहभागी हुने बताए । भने, \'साथीहरूको मागका सम्बन्धमा अध्यक्ष ठाकुर गम्भीर हुनुहुन्छ । अहिलेको विवादको निकास केन्द्रीय समितिबाटै हुनेछ ।\' साउन १ मा त्रिपाठीको नेतृत्वमा आधा दर्जन सांसदले रुपन्देहीमा भेला गरी अध्यक्षमण्डललाई साउन १५ सम्मको अल्टिमेटम दिएर विधान अनुमोदन गर्न चेतावनी दिएका थिए । अध्यक्षमण्डलका नाममा भएका महत्वपूर्ण निर्णय सच्याउनुपर्ने तथा निर्वाचन आयोगमा बुझाइएको विधान कार्यकर्ता तहले थाहा पाउनुपर्ने उक्त समूहको माग छ । सांसद वृजेशकुमार गुप्ताले भने तमलोपाका पदाधिकारी राजपाका पदाधिकारी हुन आधिकारिक पत्र आउनुपर्ने बताए । \'मौखिक पदाधिकारी स्वीकार गर्र्न सक्दैनैाँ\', उनले भने, \'केन्द्रीय सदस्य रहेकाले २२ गते सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुन्छौं ।\' पदाधिकारी बैठकमा त्रिपाठी समूहको खोजी पदाधिकारी बैठकमा बोल्ने क्रममा उर्मिला पाण्डेले राजपाका वरिष्ठ नेता हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ललगायत नेताहरू \'खोइ\' भन्दै उनीहरूको अनुपस्थितिका बारेमा जानकारी माग गरेकी थिइन् । पाण्डेलाई उद्धृत गर्दै स्रोतले भन्यो, \'पार्टी एकीकरणको उद्देश्य एक पक्षलाई भित्र्याउनु र अर्कोलाई गलहत्याउन होइन ।\' अर्का पदाधिकारी जितेन्द्र सिंहले शुक्रबारको बैठकमा त्रिपाठी समूहलाई उपस्थित गराउन अध्यक्षमण्डलको विशेष भूमिका हुनुपर्‍यो भनेका थिए । \'एकताका साथ अनेकता जन्मिने प्रवृत्तिको अन्त्यका लागि पदाधिकारी बैठक निर्णायक बन्न सक्नुपर्छ\', उनले बैठकमा भनेका थिए, \'एकथरी बैठकमा बस्ने अर्काेथरी बाहिर रहने ठीक होइन । अध्यक्षमण्डलले त्रिपाठीलगायत नेतृत्वलाई आउने वातावरण बनाउनुपर्छ ।\' आधा दर्जन नेता बेपत्ता भएको अवस्थामा मधेस र मधेसीको मुक्तिका लागि कुरा गर्नुको कुनै औचित्य नरहने उनको भनाइ थियो । त्रिपाठी समूहको असहमति - अध्यक्षमण्डल एकता महाधिवेशनपछि कायमै रहनु - नीति÷विधान, दुईतिहाइ बहुमतबाट निर्णय हुनुपर्ने - विधानमा सर्वसम्मत निर्णय हुनै नसक्ने - राजनीतिक समिति गठनमा भएको ढिलाइ - अध्यक्षमण्डलको नाम लिएर धमाधम महत्वपूर्ण निर्णय
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending