Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

संघ र प्रदेशको निर्वाचन एकै दिन गर्न छलफल सुरु

\"\"काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन गर्ने विकल्पबारे छलफल सुरु गरेको छ । अहिलेसम्म तीनवटा विकल्प देखिएका छन्, त्यसमाथि आयोगले छलफल गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगका पदाधिकारीलाई प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन कति सम्भव छ भनेर सोधेपछि आयोग विकल्पको खोजीमा लागेको हो । अाजको नयाँ पत्रिकामा खबर छ– छलफल अहिले प्रारम्भिक चरणमै रहेको आयोगले जनाएको छ । एकै दिन निर्वाचन गर्न तीन विकल्प १. प्रदेश सभा र प्रतिनिधिसभाको एउटै मतपत्र निर्वाचन आयोग प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि एउटै मतपत्र बनाउन सकिने छलफलमा छ । त्यसो हुँदा प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि एउटा र समानुुपातिकतर्फका लागि अर्को मतपत्र हुनेछ । मतदाताले दुईवटा मतपत्रमा मतदान गरे पुग्छ । तर, यो विधि अपनाउँदा प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्रभित्र प्रदेशका दुईवटा निर्वाचन क्षेत्र अटाउनुपर्ने हुन्छ । आयोगले यस विषयमा निर्वाचन क्षेत्र निर्धारण आयोगसँग छलफल गर्ने तयारी गरेको छ । २. प्रत्यक्ष र समानुपातिक प्रणालीको एउटै मतपत्र आयोगले प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि एउटै मतपत्र बनाएर प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन गर्न सकिने विकल्प पनि अघि सारेको छ । यो विकल्पअनुसार प्रदेश सभा र प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवारले पाएको मतलाई नै दलले समानुपातिकतर्फ पाएको मत मानिने छ । यो विधि अनुसार एउटा दलको प्रत्यक्षको उम्मेदवारलाई मत दिएर समानुपातिकमा अर्को दललाई मत दिन भने पाइने छैन । ३. विद्युतीय मतदान उपकरण आयोगले दुवै निर्वाचन एकै दिन गर्न तेस्रो विकल्पमा विद्युतीय मतदान उपकरणको उपयोगलाई लिएको छ । सुगम क्षेत्रमा विद्युतीय मतदान उपकरण उपयोग गरेर बाँकी क्षेत्रमा मतपत्रकै प्रयोग गर्न सकिन्छ । ‘विद्युुुतीय मतदान उपकरणको प्रयोग पनि एउटा विकल्प हो, तर समय र खरिद प्रक्रियाका कारण तत्काललाई भरपर्दो भइसकेको छैन,’ निर्वाचन आयुक्त इला शर्माले भनिन् । चार मतपत्र हुँदाका चार जटिलता १. मतपत्र छपाइमा समस्या प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन गरे पनि चारवटा मतपत्र हुँदा आयोगलाई व्यवस्थापन गर्न कठिन हुनेछ । मतदातालाई मतदान गर्न झन्झट हुनुका साथै मतगणनाको व्यवस्थापनमा समेत समस्या हुनेछ । आयोगका अनुसार एक करोड ६० लाख मतपत्र छाप्न कम्तीमा २० दिन लाग्छ । प्रदेश सभा र प्रतिनिधिसभा दुवैका लागि फरक–फरक मतपत्र छाप्ने हो भने तीन करोड २० लाख मतपत्र छाप्न ४० दिन लाग्छ । साथै, ढुवानीका लागि कम्तीमा २० दिन लाग्नेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि मतपत्र छाप्न सकिनेछैन । पूर्वानुमानका भरमा मतपत्र छाप्दा अरू जटिलता हुनेछ । २. मतपेटिका अपुग आयोगसँग अहिले करिब ८० हजार मतपेटिका छन्, ती अपुग हुनेछन् । १८ हजार ५७३ मतदान केन्द्र छन् । आयोगका अनुसार प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन गर्ने र चारवटा मतपत्र प्रयोग गर्ने हो भने दोब्बर संख्यामा मतपेटिका आवश्यक हुन्छ । ३. जनशक्ति अभाव एकैपटक चारवटा मतपत्रमा मतदान गर्नेगरी निर्वाचन गर्न आयोगलाई कर्मचारी र सुरक्षाकर्मीको अभाव हुनेछ । स्थानीय तहको निर्वाचनमा एक लाखभन्दा बढी कर्मचारी खटिएका थिए । नेपाल प्रहरी, सशस्त्रबाहेक ७५ हजार म्यादी प्रहरी पनि थिए । आयुक्त शर्माका अनुसार कर्मचारी र सुरक्षाकर्मी सबै दोब्बरभन्दा बढी संख्यामा आवश्यक पर्छ । ४. समयको चाप निर्वाचनको तयारीका लागि समयको चाप हुनेछ । प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन मंसिरभित्र गरिसक्नुपर्नेछ । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन तयार गरिनसकेकाले अझै केही समय लाग्नेछ । साथै, निर्वाचन मिति तय नभएकाले मतदाता शिक्षादेखि प्राविधिक तयारीमा समय लाग्नेछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy