Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

वाईसीएल र अनेरास्ववियु (क्रान्तिकारी)को महाधिवेशनको तयारी

\"\"काठमाडौं । आन्तरिक पार्टीभित्र चुनावी प्रतिस्पर्धाको अभ्यास नगरेको नेकपा (माओवादी केन्द्र) निकट युवा तथा विद्यार्थी सङ्गठनले चाहिँ चुनावी प्रतिस्पर्धाको थालनी गर्ने सङ्केत देखिएको छ । अाजको गोरखापत्रमा खबर छ–  माओवादी निकट युवाको सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल) र अनेरास्ववियु (क्रान्तिकारी)को आसन्न महाधिवेशनमा नेतृत्व लिने आकाङ्क्षी बढी देखिएपछि निर्वाचनमा जाने सम्भावना देखिएको हो । माओवादीभित्र सङ्गठनलाई चुस्त बनाउन निर्वाचनमार्फत नेतृत्व चयन गर्नुपर्ने माग हुँदै आएको छ । यद्यपि नेतृत्वले अहिलेसम्म आन्तरिक सङ्गठनभित्र निर्वाचनको अभ्यास गर्न दिएको छैन । वाईसीएलको सम्मेलन आगामी भदौ २ र ३ गते काठमाडौंँमा हुँदैछ । अनेरास्ववियुको पनि भदौ ७ देखि ११ गतेसम्म काठमाडौँमै सम्मेलन हुने भएको छ । दुवै सङ्गठनमा अध्यक्ष हुन चाहने आकाङ्क्षीको सङ्ख्या कम्तीमा छ जना देखिएका छन् । “सङ्गठनभित्र व्यक्ति–व्यक्तिलाई मन लागेका नेताले बोकेर हिँड्ने अनि नेतृत्व दाबी गर्ने प्रवृत्ति मौलाएको छ,” वाईसीएलका एक नेताले भने, “त्यसको अन्त्यका लागि पनि अब आन्तरिक प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्ने प्रक्रिया सुरु गर्नुपर्ने देखियो । ” क्रान्तिकारीले निर्वाचन कार्यविधि नै बनाएर तल्लो तहमा छलफलका लागि लगेको छ । वाईसीएलले भने सकभर सहमतिमै नेतृत्व चयन गर्ने भन्दै कार्यविधि बनाइसकेको छैन । क्रान्तिकारीको नेतृत्वका लागि उपाध्यक्षहरू अनिल शर्मा, रञ्जित तामाङ, पञ्चा सिंह र आरसी अधिकारीको दाबी रहेको छ । वाईसीएलमा रामप्रसाद सापकोटा (दीपशिखा), लक्ष्मीप्रसाद चौलागाईं (शैलेन्द्र), युवराज दुलाल (शरद), शिव कडरियालगायतको दाबी छ । वाईसीएलले आगामी साउन २५ गतेभित्र सबै जिल्लाबाट प्रतिनिधि छनोट गरिसक्ने उपाध्यक्ष शिव फुयालले जानकारी दिए । नेतृत्वमा सहमति नभएमा करिब छ सय जना प्रतिनिधिबीच नेतृत्वका लागि निर्वाचन हुनेछ । वाईसीएलले सङ्गठनमा रहन ४० वर्षको उमेर हद राखेका कारण हाल कायम रहेका केही नेताहरूले भने बिदा लिनुपर्नेछ । क्रान्तिकारीले यही साउन २८ गते एकै दिन देशैभरबाट प्रतिनिधि छनोट गर्नेछ । जिल्लालाई तीन समूहमा वर्गीकरण गरेर समूह ‘क’मा परेका जिल्लाबाट १० जना, ‘ख’बाट आठ र ‘ग’बाट छ जना प्रतिनिधि छनोट हुनेछन् । यसबाहेक प्रत्येक आङ्गिक कलेजबाट एक जना प्रतिनिधि चुनिनेछ । चार हजारभन्दा बढी केन्द्रीय सदस्य रहेको माओवादीको सङ्गठन अत्यन्तै भद्दा भएको टिप्पणी भएपछि यसै महिनाको पहिलो हप्ता सम्पन्न बैठकले पुरानो समिति भङ्ग गरेर ९९ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको थियो । पार्टीको केन्द्रीय समिति नै भद्दा भएपछि त्यस मातहतका सबै सङ्गठनमा अहिले कम्तीमा तीन सय केन्द्रीय सदस्य रहेका छन् । ती सबैलाई घटाएर सानो बनाउन आन्तरिक चुनावी प्रतिस्पर्धामार्फत नेतृत्व चयन हुनुपर्ने माग उठ्दै आएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy