Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

विप्लव माओवादीद्वारा वकिलमाथि कालाेमाेसाे र जुत्ताको माला !

नेपालगन्ज, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीको बाँके जिल्ला समितिले स्थानीय कानुन व्यवसायी सुकैलाल वर्मामाथि ‘जनकारबाही’ गरेको जनाएको छ । मंगलबार बिहान वर्मामाथि नेपालगन्ज चारबाहिनी चोकमा कालोमोसो दललेर जुत्ताको माला लगाई ‘जनकारबाही’ गरेको माओवादीका बाँके सेक्रेटरी मानबहादुर रोकाया ‘शक्ति’ द्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । माओवादीले जनाएअनुसार नेपालगञ्ज– ७ बस्ने  ‘भ्रष्ट’ सुकैलाल वर्माले सर्वसाधारणको जग्गा कीर्ते गरी हड्पेकाले सो पार्टीले ‘जनकारबाही’ गरेको हो । विज्ञप्तिमा कानुनको मुकुण्डोधारी रक्षकले रातारात जाली तमसुक र कीर्ते कागजजात तयार गरी सर्वसाधारणको जग्गा आफ्नो र आफन्तको नाममा नामसारी गरिरहेका प्रशस्त प्रमाण माओवादीले प्राप्त गरिरहेको उल्लेख छ । कानुन व्यवसायी वर्मालाई ‘सुध्रन’ चेतावनीस्वरुप गरिएको यस पटकको जनकारबाहीलाई बेवास्ता गरे \'भावी परिणाम अझ भयावह हुने\' चेतावनी माओवादीले सोही विज्ञप्तिमार्फत दिएको छ । वर्माले हिरमिनिया गाविसमा मुराउ परिवारको, गनापुर गाविस कोठारपुरुवा १ मा बस्ने ७५ वर्षीय तेजराम बाहुनको, फत्तेपुर ७ भेलुनियामा सीयाकुमारी सिंह ठकुरानीको जग्गा कीर्ते तमसुक गरी आफन्त र आफ्नो श्रीमतीको नाममा गराएको माओवादीले बताएको छ । राज्यले दिएको प्रमाणको आधारमा वर्षौदेखि बसोबास गर्दै आएका किसानलाई समेत उनले उठिबास गराएको माओवादीको भनाइ छ ।  ‘पुरानो राज्यको सरकारी र गैरसरकारी संयन्त्रलाई आफ्नो गलत उद्देश्य प्राप्तिका लागि दुरुपयोग गरेर अनुचित लाभ लिने गिरोहको नाइकेका रुपमा लामो समयदेखि वर्मा क्रियाशील रहेका छन्’, माओवादीले विज्ञप्तिमा उल्लेख गरेको छ । कानुन व्यवसायी बर्मासँग अहिले पनि ऋणीको नाम खोली साहुको नाम नभएका करिब एक सयबढी जाली तमसुक रहेको माओवादीले दावी गरेको छ । विगतमा तत्कालीन नेकपा (माओवादी) ले हिरमिनिया लगायतका गतिविधिहरु थाहा पाई कारबाही गर्न खोज्दा उनी गाउँबाट भागी माओवादीमै प्रवेश गरेको नेपालगञ्जबाट प्राप्त समाचारमा उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE