Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

दुःखै दुःखले घेरिएको घर

[caption id=\"attachment_147622\" align=\"alignleft\" width=\"750\"]\"\" गोरखाको खाब्दीभञ्ज्याङमा आफ्नो घरको पिँढीमा अपांगता भएका छोराछोरीसँग पोषकुमारी । फोटो : अन्नपूर्ण[/caption] गोरखा । गोरखा सदरमुकामबाट करिब १५ किलोमिटर पूर्वमा पर्छ खाब्दीभञ्ज्याङ । सानो यो बजारबाट आधा घन्टा मकैपुरको उकालो हिँडेपछि कोटथोक आउँछ । कोटथोकको सिरानमा एउटा झुप्रो घर छ । १६ वर्षअघि यही झुप्रोमा राजीव श्रेष्ठको जन्म भएको थियो । चार छोरी जन्मिएपछि छोरा जन्मियो भनेर उनका बाबुआमाले राँगो काटेर आफन्तजन र गाउँलेलाई भोज खुवाए, खुसीयाली मनाए । अफसोच, एक वर्षको नहुँदै उनको ज्यान सुक्दै गयो । टाउको धान्न नसक्ने हुन थाल्यो । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– ज्यान लल्याकलुलुक हुँदै गयो । बोल्न नसक्ने, घिस्रेर हिँड्न पनि नसक्ने हुँदै गए । उनीभन्दा माथिका दुवै दिदीलाई पनि यस्तै समस्याले गाँजेको थियो । राजीव पनि अब त्यस्तै हुने भयो भनेर परिवारलाई चिन्ता लाग्यो । छिमेकी पनि चिन्तित भए । \'अरू त त्यस्ता भएभए, यो छोरालाई पनि बिगार्ने भए । उपचार गर्न लैजाओ भनेर सबैले कराए\' आमा पोषकुमारी पुराना कुरा स्मरण गर्दै भन्छिन्, \'काठमाडौं लगियो । पोखरा लगियो । दबाई खुवाइयो । केके गरियो-गरियो । डाक्टरले टाउकाको अप्रेसन गर्नुपर्छ भने । अप्रेसनचाहिँ गरिएन ।\' पैसा नभएर अप्रेसन नगरेको दुःख सुनाउँदा उनको गला अवरुद्ध भयो । \'सम्पत्तिको नाममा दुई हलको मेलो पाखो बारी छ\', उनले भनिन्, \'बिहान खाए साँझ के खाऊँ, साँझखाए बिहान के खाऊँ छ । टाउकाको अप्रेसन गर्ने पैसा कहाँ पाउने ? \' तीन सन्तान यसरी नै अहिले पूर्ण अपांग छन् । खर्च अभावले कसैको पनि उपचार गर्न नसकेको बाध्यता सुनाउँदा उनको अनुहारमा पीडाभाव स्पष्ट देखिन्थ्यो । त्यसयता यो दम्पतीले पूर्ण अपांग तीन सन्तानको स्याहार गर्दै आएको छ । राजीवभन्दा माथिका २५ वर्षकी दिदी शिला र उनीभन्दा पनि माथि ३० वर्षकी लीला पनि पूरै अपांग छिन् । तीनैजना सुतेरै दिन, रात, साँझ, बिहान बिताइरहन्छन् । हात, टाउको, ज्यान पनि अरूले नै दायाँ-बायाँ घुमाइदिनुपर्छ । देख्न सक्छन्, सुन्न सक्छन् तर बोल्न सक्दैनन् । \'सँगै बसिरह्यो भने तीन जनाको टाउको, ज्यान दायाँ-बायाँ घुमाइरहनुपर्छ । ज्यान दुख्दो होला, रुन्छन् । ज्यान मिचिरहनुपर्छ\', पोषकुमारी भन्छिन्, \'तर सँगै बसिरहन पनि पाइँदैन । निमेक नगरे मुखमा चारो पर्दैन, घर-गृहस्थी धान्नै पर्‍यो ।\' उठाइदिने, दिसापिसाब गराइदिने, हातमुख धोइदिने, पकाउने, खाने, खुवाउने गरेरै बिहान बित्छ । \'११ बजेतिर दौडिँदै मेला गयो, घरमा यिनीहरूलाई के भइरहेको होला भनेर भत्भती पेट पोलिरहन्छ\', लुंगीको फेरले आँसु पुछ्दै पोषकुमारीले भनिन्, \'साँझ आयो, यिनकै स्याहारसुसार गर्‍यो पकायो, खुवायो, यसरी नै चलिरहेको छ ।\' \'जे-जस्ता भए पनि आफ्नो मुटुको टुक्रा हुन् । माया लागिहाल्छ\', उनी भन्छिन्, \'यी हेर्नुस्, मकैबारीबाट कति धेरै लामखुट्टे आउँछन् । लामखुट्टे, भुसुनाले टोकिरहन्छन्, धपाउन सक्दैनन् । यस्तो हालत छ । भगवानले पनि हामीलाई मात्र ...\' धेरै बोल्ने बानी नभएकी पोषकुमारीको थोरै बोली पनि सन्तानका कुरा गर्दा आँसुको ओजले भरिएका हुन्छन् । छोराछोरीको पढाइप्रति चिन्ता गर्ने, छोराछोरीसँग घुमफिरमा समय दिने उनीहरूको भाग्यमा छैन । \'काममा जानुपर्छ, सँगै बस्न पाइँदैन । एकछिन सँगै बस्न पाइयो भने टाउको चलाइदिने, कन्याइदिने, मुसार्दिने हातखुट्टा पड्काइदिने गर्नुपर्छ\', आमा पोषकुमारी भन्छिन्, \'यसरी चलाइदियो भने आनन्द मान्छन्, मुसुमुसु हाँस्छन्, खुसी हुन्छन् । सन्तान हाँसे आफूलाई खुसी लाग्छ ।\' यसैमा सन्तान सुखको अनुभूति गरिरहेको छ पोषकुमारी दम्पतीले । अहिले जसोतसो चलिरहे पनि आफ्नो हातखुट्टा बसेपछि के गर्ने भन्नेमा उनीहरू चिन्तित छन् । \'अहिले त यी तीन मात्र सुतिरहेका छन् । अब हामी पनि काम गर्न नसक्ने भएपछि सबैजना यतै थुप्रो लाग्यो बस्यो\', उनी भन्छिन्, \'मनकारी इष्टमित्रले बेलाबेला सहयोग गर्छन् । एक÷दुई दिन पो सहयोग गर्लान् । आफन्तले नि सधैं सक्दैनन्, एक÷दुईफेर सहयोग गरेर के साध्य लाग्छ र !\' पोषकुमारीको परिवारको साहै्र बिचल्ली रहेको वडाध्यक्ष शरण श्रेष्ठ बताउँछन् । \'लीला, शिला र राजीव तीनैजना सधैं पिँढीमा पसारो परिरहन्छन्\', उनी भन्छन्, \'बुबा र आमा दिनभर अरूको निमेक गर्न जान्छन् । खानुखुट्नु हुँदैन । दिनभर त्यस्तै पल्टिरहन्छन् । बिजोक देख्नुपरेको छ ।\' राजीवभन्दा माथिका दुई छोरीको बिहे भइसकेको छ । पोषकुमारी पनि क्षयरोगी हुन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending