Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

जसले पति र नवजात छोरी एकैदिन गुमाइन्

\"\"काठमाडौं । नेनियति खेलै निठुरी । रामेछाप दोरम्बा–५ रजमनटारकी २७ वर्षीया रिमिता श्रेष्ठलाई त्यही नियतिले दोहोरो शोकमा पा¥यो । साउन पहिलो सातासम्म सुखैसुख भरिएको उनको जीवन अप्रत्याशित बज्रपातले चोइटिएको छ । पतिको आयु बढाउन प्रायः व्रत बस्ने गरेकी रिमिताले ‘साउनमै पति नै गुमाउनुपर्ला’ भनेर कल्पनासम्म नगर्दै दोस्रो सन्तान पनि गुमाउनुप¥यो । घरमा लगेर न्वारानसमेत गर्न नपाउँदै उनले नवजात शिशुलाई अस्पतालमै गुमाइन् । अाजको राजधानी दैनिकमा खबर छ– एकैदिन दोहोरो शोक भोग्न बाध्य रिमिता अहिले पति र नवजात छोरीको किरिया बसेकी छिन् । लामो समयदेखि कतार एयरवेजमा सुपरभाइजर रहेका २८ वर्षीय पति इन्द्र श्रेष्ठ गत २८ असारमा काठमाडौं उत्रिएका थिए । कोटेश्वरमा अस्थायी रूपमा बस्दै आएकी रिमितामा पतिको आगमनपछि खुसीको सीमा थिएन । बाबुको आँखैअघिल्तिर दोस्रो सन्तान जन्मिने सम्झिँदै उनी दंग थिइन् । तर उनको खुसी पति फर्केको तीन साता पनि टिक्न पाएन । इन्द्र काठमाडौं आएको आठौं दिन ललितपुर पाटन अस्पतालमा गत ५ साउनमा दोस्रो सन्तानका रूपमा छोरी जन्मिइन् । मुटुको भल्बमा समस्या देखिएपछि नवजात शिशुलाई पाटन अस्पतालको आईसीयूमा राखियो । रातभर सुत्केरी पत्नी रिमितालाई कुर्न पाटन अस्पताल बसेका इन्द्र भोलिपल्ट बिहानै मोटरसाइकल चढेर कोटेश्वर डेरा जाँदै थिए । बालकुमारी पुलबाट कोटेश्वर चोक नपुग्दै नयाँ आकाशे पुलमुनि उनी चढेको बा७२प २४७५ नम्बरको मोटरसाइकल एक्कासि पल्टियो । टाउकोमा गम्भीर चोट लागेर इन्द्र घाइते भए । बिहानै तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । कोटेश्वर प्रहरीले उनलाई तत्काल उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल लग्यो । चिकित्सकले उनको उपचार तत्काल सुरु गरे । टाउकोमा जमेको रगत भोलिपल्ट शल्यक्रिया गरी निकालेपछि इन्द्र होसमा आए । केही दिनपछि उनी खान र बोल्न पनि थाले । उता, पाटन अस्पतालमा १२ दिन राखेर उपचार गरेपछि पनि नवजात छोरीको स्वास्थ्यमा सुधार नभएपछि तत्काल शल्यक्रियाका लागि १८ साउनमा गंगागाल हृदय केन्द्रमा लगियो । शल्यक्रियाकै क्रममा जन्मेको १४औं दिनमा १९ साउनमा ती नवजात छोरीको मृत्यु भयो । काठमाडौं मेडिकल कलेजमा शल्यक्रिया गरी होसमा आएर खानपिन गर्न थालिसकेका इन्द्र अचानक बेहोस भए । उपचार क्रममा उनलाई निमोनिया भएको पत्ता लाग्यो । त्यसको उपचार सुरु नहुँदै १९ साउनमै इन्द्रले पनि यो संसार त्यागे ।रिमितालाई ‘अब १९ साउन कहिल्यै नआओस्’जस्तो भएको छ । सोही दिन उनले पति रछोरी गुमाइन् । मुटुको भल्ब शल्यक्रिया गर्दागर्दै मृत्यु भएकी नवजात छोरीको शनिबार र इन्द्रको पोस्टमार्टमपछि आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending