Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

सुनौलीमा नाकाबन्दी जस्तै अवरोध

\"\"भैरहवा । भारतीय प्रहरीले सुनौली नाकामा कडाइ गरेपछि आयात–निर्यातमा अवरोध भएको छ । सामान्य अवस्थामा करिब चार सय मालबाहक ट्रक भित्रिने नाकाबाट अहिले करिब दुई सय मात्र ट्रक आइरहेका छन् । भन्सार कार्यालयका प्रमुख भूपालराज शाक्यका अनुसार सुरक्षा कारण भन्दै भारतीय प्रहरीले चेकजाँचमा कडाइ गरेर यातायात साधनको आवत-जावतमा अवरोध गरिरहेको छ । अाजको नयाँ पत्रिकामा खबर छ– मधेस आन्दोलन र भारतीय नाकाबन्दीले वीरगन्ज पूर्ण रूपमा ठप्प हुँदासमेत आंशिक रूपमा प्रयोगमा रहेको यो नाकामा भारतीय सुरक्षाकर्मीका कारण साउनको पहिलो सातादेखि अवरोध छ । सुनौलीमा भएको अवरोधमा फसेका ट्रक व्यवसायीलाई विलम्ब शुल्क तिर्दा व्यवसायी करोडौँ घाटामा गएका छन् । सो शुल्क उपभोक्ताबाट उठाउँदा नेपालमा महँगी बढ्ने निश्चित भएको छ । तर, यो अवरोध किन भयो र कतिन्जेल चल्छ भन्ने निश्चित छैन । जब कि यातायात अवरोधले नेपालतर्फ करिब तीन किलोमिटर र भारततर्पm पाँच किलोमिटर जाम भइसकेको छ । यस्तो अवरोध पार गरेर गाडी पास हुन कम्तीमा एक साता लाग्ने भएको छ । नाका सहज बनाउन प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको पहलमा दुई देशका अधिकारीबीच छलफल भए पनि अवरोध हट्न सकेको छैन । लखनउस्थित विधानसभा परिसरमा दुई साताअघि बम भेटिएपछि भारतीय प्रहरीले तीन सय २२ किलोमिटर टाढा सुनौली नाकामा अवरोध गरेको हो । ढुवानी साधनलाई मात्र होइन, आउने-जाने यात्रुलाई खल्तीसमेत छामेर अपमानित गर्ने काम गरिरहेको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्याय भन्छन् यातायात साधन मात्र होइन, आउने-जाने यात्रुलाई समेत अवरोध भएको विषयमा मैले भारतीय विदेश मन्त्रालयका अधिकारीहरूसँग गम्भीर चासो व्यक्त गरिसकेको छु । सुरक्षा जाँचबुझ गर्दा ढिलो भएकाले यातायातमा अवरोध भएको उनीहरूको भनाइ छ । तर, यो अवस्था लामो समय रहन्न । छिटोभन्दा छिटो यातायात पूर्ववत् रूपमा चल्ने आश्वासन पाएको छु ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending