Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

देश संघीयतामा, इम्बोस्ड नम्बरप्लेट अञ्चलका आधारमा

\"\"काठमाडौं । सरकारले अञ्चलका आधारमा उच्च प्रविधिको इम्बोस्ड नम्बरप्लेट वितरण सुरु गर्ने अन्तिम तयारी गरेको छ । यातायात व्यवस्था विभागले आगामी सातादेखि अञ्चलका आधारमा जिपिएस प्रविधिको इम्बोस्ड नम्बरप्लेट वितरण सुरु गर्न लागेको हो । अाजको नयाँ पत्रिकामा खबर छ– सामान्यतः प्रदेशको नामका आधारमा नम्बर प्लेट बनाइन्छ । तर, हाल प्रदेशको नाम तय नभएकाले आफूहरूले अञ्चलकै आधारमा नम्बरप्लेट वितरण गर्न लागेको यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले बताए । पछि सरकारले प्रदेशका आधारमा नम्बरप्लेट कायम गर्ने कानुन बनाएमा सवारीधनीले नम्बरप्लेट फेर्नुपर्ने उनको भनाइ छ । त्यो अवस्थामा सर्वसाधारणलाई दोहोरो आर्थिक भार पर्नेछ । विभागले इम्बोस्ड नम्बरप्लेटको सबै तयारी पूरा भइसकेको र केही दिनमै वितरण सुरु गरिने जनाएको छ । ‘ऐन–नियमावली बाटो पनि खुलेको छ,’ भट्टराईले भने, ‘साउनभित्रै इम्बोस्ड नम्बर प्लेटको छपाइ र वितरण सुरु गर्ने तयारीमा छौँ ।’ पहिलो चरणमा बागमती अञ्चलबाट इम्बोस्ड नम्बरप्लेट वितरण सुरु हुने विभागले जनाएको छ । पाँच वर्षभित्र सबैले आफ्नो सवारीसाधनको नम्बरप्लेट इम्बोस्डले विस्थापन गर्नुपर्ने हुन्छ । संशोधित ऐन सोमबार राजपत्रमा प्रकाशित भएको छ । मोटरसाइकलको नम्बरप्लेटको २५ सय नम्बरप्लेटको मूल्य भने महँगो कायम गरिएको छ । विभागका अनुसार मोटरसाइकलको नम्बरप्लेटका लागि २५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यस्तै, कार–ट्याक्सीका लागि ३२ सय तथा ठूला गाडीले ३६ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । भारतमा मोटरसाइकलको नम्बर प्लेटको करिब ६ सय भारु दस्तुर लिने गरिएको छ । नेपालमा भने भारतमा भन्दा साढे दुई गुणा बढी दस्तुर राखिएको छ । लागतको मूल्यांकनका कारण सो दस्तुर तय गरिएको महानिर्देशक भट्टराईले बताए । प्रिन्टिङ मेसिन स्थापना गर्न लागेको लागत, ढुवानी खर्च र भ्याट जोडेर दस्तुर कायम गरिएको उनले बताए । त्यसरी सर्वसाधारणले तिरेको सबै पैसा ठेक्का पाएको अमेरिका र बंगलादेशको जेभी कम्पनी डेकाटुर टाइगर आइटी कम्पनीले पाउनेछ । बुट सिस्टमअन्तर्गत सरकारले सो कम्पनीलाई ठेक्का दिएको थियो । पाँच वर्षसम्म सबै दस्तुर सो कम्पनीले नै उठाउनेछ । त्यसपछि प्रिन्टिङ फ्याक्ट्रीलगायत सबै सिस्टम उसले नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । सम्झौताअनुसार कम्पनीले २५ लाख सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट छपाइ गरी बिक्री गर्नेछ । जसअनुसार उसले करिब सात अर्ब रुपैयाँ उठाउनेछ । विभागका एक अधिकारी २५ लाख सवारीसाधनलाई नम्बर प्लेट र स्टिकर छाप्न करिब तीन अर्ब मात्र लागत लाग्ने बताउँछन् । भौतिक योजना तथा यातायात मन्त्रालय तथा यातायात व्यवस्था विभागका उच्च अधिकारीको मिलेमतोमा नम्बर प्लेटमा सर्वसाधारणसँग चर्काे मूल्य लिन लागिएको स्रोत बताउँछ । इम्बोस्ड नम्बरको टेन्डर सुरुदेखि नै विवादमा तानिएको थियो । सुरुमै सस्तोमा छाप्ने कम्पनीलाई दिनुपर्नेमा कम्पनी छानेपछि मात्र नम्बर प्लेटको दस्तुर तय गरिएको थियो । यसरी हुनेछ वितरण बागमती अञ्चलको सवारीसाधनलाई एकान्तकुनास्थित यातायात कार्यालयमा नम्बर प्लेट जडान हुनेछ । आवेदन दिएको रोलक्रमका आधारमा जडान गर्ने मिति सवारीधनीलाई एसएमएस गरिने महानिर्देशक भट्टराईले बताए । नम्बर जडान हुने दिनमै दस्तुर तिर्नुपर्ने हुन्छ । इम्बोस्ड नम्बर प्लेटका लागि अनलाइनबाट मात्र आवेदन लिइने विभागले जनाएको छ । आवेदन दिएको कति दिनभित्र नम्बर प्लेट जडान हुन्छ भन्ने अझै प्रस्ट भइसकेको छैन । के हुन्छ फाइदा ? नम्बर प्लेटमा जिपिएस सिस्टम जडान हुन्छ, जसअनुसार कुन सवारीसाधन कहाँ छ, सजिलै हेर्न सकिन्छ । दुर्घटना तथा अपराधमा संलग्न सवारीसाधन सजिलै पत्ता लाग्छ । सजिलै पत्ता लाग्ने भएकाले सवारीसाधन चोरी रोकिन्छ । कुन गाडीको मालिक को हो, ट्राफिक प्रहरीले सडकमै पत्ता लगाउन सक्छन् । गाडीमा एउटा सेक्युरिटी स्टिकरसमेत टाँसिन्छ । रेडियो फ्रिक्वेन्सी इन्फरमेसन डिभाइस (आरएफआइडी) सिस्टम स्टिकरमा जडान गरिनेछ । जसको स्क्यानबाट ट्राफिक प्रहरीले गाडीको सम्पूर्ण विवरण पाउन सक्छन् । इम्बोस्ड नम्बर प्लेट उप्काउन नमिल्ने भएकाले चोरी पनि नियन्त्रण हुनेछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending