Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

राजपासँग मिल्ने भयो एमाले, भित्रभित्रै यस्तो तयारी

\"\"काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले प्रदेश २ को स्थानीय तह चुनावमा कांग्रेसबाहेक कुनै पनि राजनीतिक शक्तिसंँग तालमेल प्रयास थालेको छ । प्रारम्भिक तयारीका लागि त्यस क्षेत्रमा पुगेका केन्द्रीय नेताहरूले स्थानीय आवश्यकताअनुसार सबै दलसँग तालमेलको ढोका खुला गर्नुपर्ने निष्कर्ष निकालेका छन् । सम्बन्ध तिक्त रहेको राष्ट्रिय जनता पार्टीसंँग तालमेल गर्ने एमालेको पहिलो प्राथमिकता छ । त्यहीअनुसार एमाले नेताहरूले सम्बन्ध सुधार्ने प्रयास तीव्र पारेका छन् । प्रदेश २ मा पार्टीको स्थिति मजबुत रहेको र पहिलो स्थान नै हासिल गर्ने सम्भावना रहेको ती नेताहरूले केन्द्रलाई रिपोर्टिङ गरेका छन् । अाजको कान्तिपुरमा खबर छ– ‘राजपाले चुनावमा आउने/नआउने अझै स्पष्ट गरिसकेको छैन तर उसलाई चुनावमा ल्याउनुपर्छ भनेर हामी पनि लागिरहेका छौं,’ प्रदेश २ को चुनावी माहोल बुझेर फर्केका एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘चुनावमा आउने भयो भने स्थानीय आवश्यकताअनुसार राजपासँग पनि तालमेल गरेर जान सकिन्छ ।’ प्रमुख प्रतिस्पर्धी दल भएकाले कांग्रेससँगको तालमेलको सम्भवना नरहेको तर अन्य जुनसुकै दलसँंग मिल्ने सक्ने एमालेको धारणा छ । राजपासंँगको सम्बन्ध सुधारका लागि एमाले नेताहरूले उनीहरूसँग औपचारिक छलफल जारी राखेका छन् । राजपा चुनावमा नजाँदा तराईमा लोकतान्त्रिक शक्ति नै कमजोर हुने भन्दै बहिष्कारको बाटोमा नजान एमाले नेताहरूले सुझाव दिइरहेका छन् । राजपाले उठाएको संविधान संशोधनलगायत विषयलाई चुनावपछि सम्बोधन गर्न सकिने उनीहरूले आश्वासन दिइरहेका छन् । विशेष गरी कांग्रेस र माओवादी केन्द्र गठबन्धनले राजपालाई चुनावमा सहभागी हुन नदिने षड्यन्त्र गरिरहेको भन्दै एमाले नेताहरूले उनीहरूलाई मनाउने प्रयास गरिरहेका छन् । अध्यक्ष केपी ओलीले गत साता एक सार्वजनिक कार्यक्रमबाटै राजपा नेतालाई चुनावमा सहभागी हुन नदिन कांग्रेसले नै षड्यन्त्र गरिरहेको र यो बुझेर चुनावमा आउन राजपा नेताहरूलाई ध्यानाकर्षण गराएका थिए । एमालेको प्रदेश २ को प्रारम्भिक चुनावी रिपोर्टिङअनुसार यसअघिका दुई चुनावजस्तै बहुमत स्थानमा जित्ने दाबी नेताहरूले गरेका छन् । महासचिव ईश्वर पोखरेललगायत केन्द्रीय पदाधिकारीलाई जिल्ला नै तोकेर प्रारम्भिक चुनावी तयारी र स्थानीय स्थितिबारे अध्ययन गर्ने जिम्मा दिइएको थियो । उनीहरूले त्यहाँ पुगेर भेला र बैठकहरू गरेका थिए । पार्टीको अवस्था अधिकांश स्थानमा पहिलेको भन्दा सुध्रिएको र बहुमत स्थान जित्ने आधार तयार भइसकेको आकलन उनीहरूले गरेका छन् । उम्मेदवारी चयनमा ख्याल गर्नुपर्ने र आवश्यकताअनुसार उचित तालमेल गर्न सक्दा अझै बढी सिटमा विजयी हुन सक्ने एमाले नेताहरूले आकलन गरेका छन् । पार्टीको स्थायी समिति बैठकमा प्रदेश २ पुगेर फर्केका नेताहरूले ब्रिफिङ गरिसकेका छन् । त्यही आधारमा थप रणनीति बनाइने एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । ‘महासचिव नेतृत्वको टोलीले दिएको रिपोर्टका आधारमा अब थप कार्यक्रम लिएर एमाले तराई क्षेत्रको चुनावमा अझै सक्रिय रूपमा लाग्नेछ,’ श्रेष्ठले भने । प्रदेश २ को चुनावमा सन्देश दिन स्थानीय कार्यक्रमहरूमा एमालेले अन्य दलका नेता–कार्यकर्तालाई आफ्नोमा प्रवेश गराइरहेको छ । राजपा, संघीय समाजवादी फोरमलगायत दलका केन्द्रीय नेतालाई नै एमालेले प्रवेश गराउने तयारी गरेको छ । कुन दलका कुन नेता प्रवेश गराउने भन्ने उनीहरूले स्पष्ट बाहिर ल्याएका छैनन् । तर, यसै साता मधेसकेन्द्रित दलका उच्चस्तरका नेतालाई भित्र्याउने तयारी भइरहेको एक नेताले जानकारी दिए । यसअघि एमालेले स्थानीय तहको दोस्रो चुनावअघि राजपाकै कोषाध्यक्ष रहेकी अनिता यादवलाई भित्र्याएको थियो । प्रदेश २ को चुनावलाई सन्देश दिने उद्देश्यले नै मधेसी नेताहरूलाई ल्याउने प्रयास गरिएको हो । माओवादी, नयाँ शक्तिमा गएका मधेसका पूर्वएमाले नेताहरूलाई पनि फर्काउने पहल भइरहेको पार्टी स्रोतको भनाइ छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending