माओवादी भ्रातृ संगठनमा नेतृत्वका लागि प्रतिस्पर्धा
श्रावण २४ गते, २०७४ मगलवार 8th August, 2017 Tue०८:११:४८ मा प्रकाशित
काठमाडौं । माओवादी केन्द्रका दुई ठूला भ्रातृ संगठनको नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । भदौमा हुने अखिल क्रान्तिकारी विद्यार्थी संगठन र योङ कम्युनिस्ट लिग (वाइसिएल)को नेतृत्व लिन प्रतिस्पर्धा चल्ने देखिएको छ । माओवादी पार्टीको इतिहासमै पहिलोपटक दुई संगठनका नेताहरू सहमति नभए निर्वाचनबाटै नेतृत्व लिन अगाडि सरेका छन् ।
अाजको नयाँ पत्रिकामा खबर छ– वाइसिएलको २–३ भदौ र अखिल क्रान्तिकारीले ७ देखि ११ भदौसम्म राष्ट्रिय सम्मेलनको मिति तोकेको छ ।
निर्वाचनको तयारीमा दुवै संगठन
अखिल क्रान्तिकारी र वाइसिएल नेतृत्व चयनका लागि निर्वाचनको वातावरण तयार गर्दै छन् । निर्वाचनका लागि २८ साउनमा देशैभरबाट राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको छनोट हुने अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङले बताए । निर्वाचन समितिका प्रमुख रमेश मल्ल आचारसंहितालगायत निर्वाचनको तयारीमा जुटेका छन् । ‘विद्यार्थी संगठनभित्र धेरै भद्रगोल भयो,’ उनले भने, ‘संगठनलाई चुस्तदुरुस्त बनाउन निर्वाचन हुनुपर्छ ।’ विद्यार्थीबाट नै हार वा जित जे–जस्तो भए पनि स्वीकार गर्न तयार रहेको तामाङले बताए । वाइसिएलको निर्वाचनका लागि पनि आरसी शर्माको नेतृत्वमा निर्वाचन कमिटी गठन गरिएको छ । सोही कमिटीले निर्वाचन तयारीका लागि काम गर्ने वाइसिएल संगठन विभाग प्रमुख रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए ।
क्रान्तिकारी अध्यक्षका लागि ६ जनाको नाम चर्चामा
अखिल क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलनमा अध्यक्षका लागि ६ जनाको नाम चर्चामा छ । अध्यक्षका लागि अनिल शर्मा, रञ्जित तामाङ, आरसी अधिकारी, वीरेन्द्र बस्नेत, पञ्चा सिंह र सुरेन्द्र बस्नेतको नाम चर्चामा छ । अनिल गृहमन्त्री जनार्दन शर्माका भाइ हुन् भने संगठनभित्र भएका उपाध्यक्षमध्ये सिनियर मानिन्छन् । अर्र्का अध्यक्षका दाबेदार रञ्जित संगठनका उपाध्यक्ष हुन् ।
उपाध्यक्ष आरसी अधिकारी पार्टी अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनका हुन् । वीरेन्द्र पार्टी एकतापछि बादल समूहबाट आएका थिए भने संकटकालमा २७ महिना भैरवनाथ गणमा कठोर यातना भोगेका थिए । पञ्चा हाल उपाध्यक्ष छन् । सुरेन्द्र विद्यार्थी संगठनका उपाध्यक्षसँगै प्रवक्तासमेत हुन् । अध्यक्षमा सेट हुन नसकेका विद्यार्थी संगठनबाट बिदा हुनेछन् भने केही उपाध्यक्षको रूपमा रहने प्रवक्ता सुरेन्द्र बस्नेतले बताए । विद्यार्थी संगठनको महासचिवका लागि आधा दर्जनभन्दा धेरै आकांक्षी रहेकोे बस्नेतले बताए ।
क्रान्तिकारी संगठन भद्दा कमिटी
अखिल क्रान्तिकारीको विद्यार्थी संगठन जम्बो छ । केन्द्रीय कमिटीमा एक हजारभन्दा बढी छन् । पदाधिकारी ९९ जना छन् । विद्यार्थी संगठन भद्रगोल भएको भन्दै सानो बनाइने उपाध्यक्ष रञ्जित तामाङले बताए ।
नयाँ कमिटीमा आउने सबै निर्वाचनबाट
अखिल क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलनबाट पदाधिकारीसहित सबै केन्द्रीय सदस्य निर्वाचनका माध्यमबाट आउनेछन् । संगठन भद्रगोल भएपछि चुस्तदुरुस्त बनाउन २५ सदस्यीय पदाधिकारीसहित एक सय ९९ कमिटी बनाउने भएको छ । क्रान्तिकारी एक अध्यक्ष, ६ उपाध्यक्ष, महासचिव एक, उपमहासचिव तीन, सचिव १३, कोषाध्यक्ष एक गरी २५ जना पदाधिकारी रहनेछन् । राष्ट्रिय सम्मेलनमा निर्वाचन क्षेत्रअनुसार प्रतिनिधि आउने भएका छन् । तीन निर्वाचन क्षेत्र भएका जिल्लाबाट १० जना प्रतिनिधि, दुई निर्वाचन क्षेत्र भएका जिल्लाबाट सातजना र त्योभन्दा कम भएका निर्वाचन क्षेत्रबाट पाँचजना मात्र उपस्थित हुन पाउने भएका छन् ।
वाइसिएल नेतृत्वका लागि चारजना प्रतिस्पर्धी
वाइसिएलको भावी अध्यक्षका लागि चारजनाले आकांक्षा देखाएका छन् । जसमा रामप्रसाद सापकोटा, लक्ष्मी चौलागाईं, युवराज दुलाल र दीपक देवकोटा छन् । सापकोटा संगठन विभाग प्रमुख हुन् । दीपकबाहेक लक्ष्मी र युवराज पूर्वजनमुक्ति सेना हुन् ।
महासचिवका लागि सात दाबेदार
वाइसिएलको महासचिवका लागि सातजना भन्दा धेरैले आकांक्षा देखाएका छन् । ‘हामीले संगठनमा सकेसम्म सहमति नभएमा निर्वाचनबाटै नेतृत्व लिने योजना बनाएका छौँ,’ सापकोटाले भने ।
विघटन हुँदै ब्युतिँदै वाइसिएल
वाइसिएल गठन हुनुभन्दा अघि ०३८ मा चौथो महाधिवेशनबाट अखिल नेपाल युवक संघ गठन गरिएको थियो । सो संघको संस्थापक अध्यक्ष प्रचण्ड थिए । ०५० मा सोही संघलाई योङ कम्युनिस्ट लिगमा रूपान्तरण गरिएको थियो । वाइसिएलमा रूपान्तरण हुँदा अध्यक्ष टोपबहादुर रायमाझी थिए । सशस्त्र संघर्ष घोषणा गरेपछि वाइसिएल जनमुक्ति सेनामा रूपान्तरण भएको इन्चार्ज मणि थापाले बताए । १ फागुन ०५२ मा सशस्त्र संघर्ष घोषणा भएपछि विधिवत् रूपमा वाइसिएल विघटन गरिएको थियो ।
माओवादी शान्ति प्रक्रियामा आएपछि ०६२ मा पुनः वाइसिएललाई ब्युँताइएको सापकोटाले बताए । वाइसिएलको चर्को विरोध भएपछि पुनः बीचबीचमा विघटनजस्तै गरिएको थियो । आगामी दिनमा नयाँ ढंगले वाइसिएललाई अघि बढाइने सापकोटाको भनाइ छ । ‘पहिला वाइसिएल सिर्जनशील नभएको भन्दै आरोप लगाइयो,’ इन्चार्ज थापाले भने, ‘आगामी दिनमा वाइसिएललाई ज्ञान सिर्जनामा लगाउँछौँ ।’
अखिल क्रान्तिकारीमा उम्मेदवारी घोषणा गरे कारबाही हुने
अखिल क्रान्तिकारीले २१औँ राष्ट्रिय सम्मेलनमा मनोनयन दर्ताअघि उम्मेदवारी घोषणा गरे कारबाही गर्ने गरी आचारसंहिता निर्माण गरेको छ । पहिलोपटक निर्वाचनबाट नेतृत्व चुन्न लागेको क्रान्तिकारीले मनोनयन दर्ता गर्नुअघि कुनै पनि सदस्यले आफ्नो उम्मेदवारी घोषणा गर्न पाउने छैनन् ।
क्रान्तिकारीको पदाधिकारी बैठकमा प्रस्तुत आचारसंहिताको दफा ३(ख) मा उम्मेदवार मनोनयन दर्ता हुनुभन्दा अगाडि कुनै पनि आयोजक वा प्रतिनिधिले उम्मेदवारी रहेको, भएको, हुने दाबी गर्न नपाउने उल्लेख गरेको छ । आफ्नो उम्मेदवार सञ्चारमाध्यम, सामाजिक सञ्जाल, भित्ते लेखन, पोस्टरिङ, फ्लेक्स, सार्वजनिक लबिङ र लबिङ प्रेरित लेख रचनाहरूको प्रकाशन र प्रसारण गर्न नपाउने उल्लेख छ ।
आचारसंहिताअनुसार संस्थागत ढंगले बाहेक उम्मेदवारले सम्मेलनको नाममा कुनै आर्थिक रकम कहीँबाट संकलन वा परिचालन गर्न नपाउने प्रावधान राखिएको छ । आचारसंहिताअनुसार निर्वाचनको दौरानमा समूहगत (प्यानल बनाएर) रूपमा लिस्ट बनाई वितरण गर्ने पनि पाइने छैन । आचारसंहिता उल्लंघन गर्नेलाई आयोजक वा प्रतिनिधिबाट निलम्बन गर्ने व्यवस्था गरिएको क्रान्तिकारीका उपाध्यक्ष तथा सम्मेलन प्रचारप्रसार समितिका प्रमुख सुरेन्द्र बस्नेतले बताए । क्रान्तिकारीले आगामी सम्मेलनमा पदाधिकारी तथा केन्द्रीय सदस्य संख्यासमेत बढाएको छ । पदाधिकारी संख्या २५ बाट बढाएर ३३ बनाएको छ । केन्द्रीय समितिको संख्या १९९ बाट बढाएर २४३ बनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: