Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

खत्री इन्काउन्टर रहस्यमय : बाबु-छोरा नै दुर्व्यसनी

\"\"काठमाडौं । ललितपुरका प्रवीण खत्री लागूऔषध दुर्व्यसनी थिए । १२-१५ वर्षदेखि उनले लागूपदार्थ सेवन गर्दै आएको परिवारको दाबी छ । उनी सुध्रिएलान् कि भनेर परिवारले नै पटक-पटक प्रहरीमा बुझाएको थियो । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले पनि उनलाई नियन्त्रणमा लिएको थियो । तर, पुनःस्थापना केन्द्रमा राख्दा पनि उनी सुध्रिएनन् । प्रहरीमा उनीविरुद्ध कुनै उजुरी वा मुद्दा छैन । परिवार र छिमेकीका अनुसार ३२ वर्षीय खत्रीका दुई समस्या थिए- एउटा लागूऔषध सेवन गर्ने अनि अर्को परिवारका सदस्यलाई तनाव दिने । उनी कम बोल्थे, घरबाट बाहिर कमै निस्कन्थे । उनी श्रीमती, छोरा तथा बुबाआमासहित कुसुन्तीमा बस्थे । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– \'छरछिमेकमा उसले त्यस्तो धाकधम्की दिँदैनथ्यो । घरबाहिर निस्किएको र घर छिरेको पत्तै पाइन्नथ्यो\', छिमेकी उद्धव थापा भन्छन् । उनै व्यक्ति सोमबार प्रहरी \'इन्काउन्टर\'मा मारिए । प्रहरीको दाबीअनुसार उनी १० वर्षदेखि लागूऔषध कारोबारी थिए र उनको साथमा दुईवटा अटो लोडेड पेस्तोल भेटिएको छ । \'प्रवीणले आफैंलाई कञ्चटमा गोली प्रहार गरी आत्महत्या गरेका हुन्\', प्रहरी भन्छ । \'ऊ १० वर्षदेखि लागू औषधको कारोबारमा संलग्न थियो भने प्रहरीले किन पक्रन सकेन ? किन उसको साथबाट लागूऔषध बरामद हुन सकेन\', उनका एक आफन्त भन्छन्, \'एकातर्फ घरभित्र छिरेर मान्छे मार्ने, अर्कोतर्फ लागूऔषध कारोबारी थियो भनेर परिवारलाई नै धब्बा लगाउने ? \' खत्रीको घर आसपास बाक्लो बस्ती छ । दिउँसो २ बजे भएको उक्त घटना देखेको कुनै छिमेकीले बताएका छैनन् । प्रहरीको दाबीमा खत्री घरको छतबाट दुबै हातमा पेस्तोल लिँदै भुइँमा झरेका थिए । उनले करिब २२ फिट उचाइबाट र १५ फिट चौडाइ पार गर्न हामफालेको प्रहरीको दाबी छ । बाक्लो बस्तीमा छरछिमेक चुप लागेर बस्नु र लागूऔषध दुर्व्यसनी मात्र रहेका खत्री इन्काउन्टरमा मारिनुले घटना रहस्यमय देखिएको छ । बाबु-छोरा नै दुर्व्यसनी छोरा मारिएको खबरलगत्तै प्रमोद खत्री सोमबार अपराह्न दक्षिणकालीस्थित सुधारगृहबाट आएका थिए । सोमबार प्रहरीविरुद्ध निकै आक्रोहित देखिएका उनी मंगलबार बिहान पनि मदिराले लरबरिएका थिए । उनी ८-१० वर्षयता सुधारगृहमा नियमित जाने-आउने गर्छन् । \'भिनाजु एक-दुई महिना सुधारगृहमा बस्नुहुन्थ्यो । तर, घर फर्किएपछि उहाँको हालत उही पुरानै हुन्थ्यो । अनि फेरि सुधारगृह पठाइहाल्नुपथ्र्यो\', खत्रीका साला सञ्जय विष्ट भन्छन् । प्रमोदको पुरानो घर ढोलाहिटी भए पनि उनी कान्छी श्रीमतीसँग कुसुन्तीमा बस्दै आएका थिए । कान्छीतर्फ एक मात्र सन्तानका रूपमा प्रवीण थिए । बाबु प्रमोद सुधारगृहमा हुने, आमा पसलमा बस्ने र श्रीमती अस्पतालमा काम गर्ने हुँदा दिनभर प्रवीण घरमा एक्लै हुन्थे । घरभित्र आफूले भनेजस्तो भएन भने उनी श्रीमती र आमामा जाइलाग्थे ।\'हामीले भाञ्जा सुध्रिउन् भनेर अनेक प्रयास गर्‍यौं तर केही परिवर्तन भएन । आमा र श्रीमतीलाई लगातार दुःख दिने र आतंक मच्चाउने मात्र काम गर्थे\', विष्ट भन्छन्, \'उनको समस्या नै त्यति थियो।\' पारिवारिक स्रोतका अनुसार प्रवीणलाई पछिल्लो समय थप स्वतन्त्र छाडिएको थियो । \'केही गर्दा पनि नसुध्रिएपछि उनको कसैले वास्ता गर्दैनथ्यो । तर, उनको खप्की दिन-दिनै बढ्दो थियो । आफूले भनेजस्तो भएन भने आतंक नै मच्चाउँथे । काट्छु, मार्छु भनेर धम्क्याउँथे\', एक नातेदार भन्छन् । प्लस टुसम्मको अध्ययन गरेका उनले केही समय अल्का अस्पतालमा कामसमेत गरेका थिए । मोटरसाइकल दुर्घटनामा परेपछि उनले केही वर्षअघि जागिर छाडेका थिए । बाबु-छोरा नै दुर्व्यसनी भएका कारण उनीहरूको घरमा छिमेकीको आउजाउसमेत कम थियो । परिवारले स्वीकृति दिएपछि मंगलबार प्रवीणको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । मृतकका आफन्तले ललितपुर प्रहरीमा उजुरीसमेत दिएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending