Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

गुडिरहेकै मालबाहक गाडीबाट फिल्मी शैलीमा चोरी

\"\"काठमाडौं । गुड्दागुड्दै गरेको गाडीबाट शृंखलाबद्ध चोरीका घटना हामीले धेरै फिल्ममा मात्र देखेका छौँ । तर, काठमाडौंमा यसरी चोरी गर्ने संगठित गिरोह नै सक्रिय रहेको पाइएको छ । गिरोहका एकजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । अाजको नयाँ पत्रिकामा खबर छ– मूलवीर विश्वकर्मा र राजन खड्का जगदम्बा ग्रुपको पेप्सीकोलास्थित गोदामबाट मार्लबोरो चुरोट लिएर गत १२ साउनमा महाराजगन्ज पुगे । सामान झार्ने क्रममा आठ कार्टुन चुरोट गायब थियो । गोदाममा चारजना मिलेर सामान एक–एक हिसाब राखेरै अनलोड गरे । मिनीटाटाको पछाडि ताल्चा लगाएरै महाराजगन्जसम्म सामान पुर्याए । गाडी कतै रोकिएको पनि थिएन । तर, बाटैमा सामान रहस्यमय तरिकाले हरायो । हराएको आठ कार्टुन चुरोटको होलसेल मूल्य ६ लाख ९६ हजार रुपैयाँ बराबरको थियो । सुरुमा त उनीहरूले सामान कतै खस्यो होला भन्ने आँकलन गरे । तर, गाडीको पछाडिको ढोका बन्द नै थियो । कतै खस्ने सम्भावना पनि थिएन । कम्पनीका प्रबन्धकहरूले विश्वकर्मा र खड्काले नै सामान लुकाएको आशंका गर्दै पैसा तिर्नुपर्ने बताए । तर, उनीहरूले आफूहरूले विनागल्ती त्यति धेरै पैसा तिर्न नसक्ने बताए । दुई दिनसम्म पनि रहस्यमय बनेपछि घटना प्रहरीकहाँ पुग्यो । उनीहरू गत १४ साउनमा उजुरी लिएर महानगरीय अपराध महाशाखा टेकुमा पुगे । महाशाखामा केही दिनअघि मात्र त्यस्तै किसिमको अर्काे उजुरी आएको थियो । कालिमाटीबाट ठमेलमा चुरोट लिएर जाने क्रममा पटक–पटक चुरोट हराएको थियो । चुरोट त्यसैगरी बाटैबाट हराएको थियो । सूर्य चुरोट चोरी गर्ने गिरोहका सदस्य स्वयम्भूका निखिल शाहीलाई सडकको सिसिटिभीका आधारमा १६ साउनमा प्रहरीले पक्राउ गर्यो । उनले आफूले एक कार्टुन सूर्य चुरोट चोरी गरेको र त्यो ठमेलमा लगेर बिक्री गरेको स्विकारे । त्यसपछि महाशाखाका इन्स्पेक्टर भरत थापाले सोधे, ‘मार्लबोरो चुरोट खै त ?’ मार्लबोरो चुरोट पनि उनैले चोरी गरेको प्रहरी अनुमान मात्र थियो । प्रहरीको अनुसन्धान शैली सही ठहरियो । सो चुरोट पनि आफैँले चोरेको र हात्तीवनमा चिनजानका व्यक्तिको घरमा लगेर लुकाएको शाहीले स्विकारे । नभन्दै प्रहरीले चोरी भएको आठ कार्टुन मार्लबोरो चुरोट नै त्यहाँबाट बरामद गर्यो । सो चुरोट चोरीको कहानी सुन्दा प्रहरी अधिकारी नै निकै चकित भए । पूर्वकर्मचारी नै चोरीमा पक्राउ परेका शाहीले जगदम्बा ग्रुपकै जगदम्बा ओभरसिज प्रालिमा केही समय काम गरेका थिए । पेप्सीकोलाको सोही गोदाम रहेको ठाउँमा गएर अन्तर्वार्ता दिएका थिए । त्यसकारण कम्पनीले सोही गोदामबाट होलसेलमा चुरोट बिक्री गर्ने उनले थाहा पाएका थिए । केही समयअघि चिनजान भएका एक साथीले चुरोट चोरेर पैसा कमाउन सकिने आइडिया सिकाएका थिए । लागुऔषधका दुव्र्यसनी उनी सो प्रस्तावमा सजिलै लोभिए र गुडिरहेको गाडीबाटै चुरोट चोर्ने योजनामा अघि बढे । सोहीअनुसार उनीहरू १२ साउनमा जगदम्बाको गोदामको गेटनजिकै गएर बसे । जब चुरोट लोड गरेर बा.१०च ५२५१ नम्बरको मिनीटाटा निस्कियो, उनीहरूको बा.६२प ४२३५ नम्बरको स्कुटरले पिछा सुरु गर्यो । स्कुटर उनै शाहीले चलाएका थिए, गाडीको पछाडि उनका साथी बसेका थिए । गाडी गोठाटारको बाटो हुँदै महाराजगन्जतर्फ जाँदै थियो । चुरोट कम्पनीका कर्मचारी दुवैजना अगाडि बसेका थिए । गोठाटारको बालुवा वासिङनजिकै पुगेपछि खाल्डाखुल्डीमा गाडीको गति कम भयो । स्कुटरको पछाडि रहेका शाहीका साथी गाडीको पछाडि लगाएको सानो ताला फुटाएर भित्र छिरे । दुई कार्टुन चुरोट दुईतिर च्यापेर फुत्त हामफाले । स्कुटरमा चढे र सो चुरोट नजिककै पसलमा लगेर राखे । फेरि गाडीकै पिछामा लागे । गोठाटारको उकालोमा गाडीको गति कम भयो । उनी पुनः गाडीमा छिरेर दुई कार्टुन चुरोट लिएर निस्किए । पहिलेजस्तै नजिकैको पलसमा चुरोट राख्न दिएर गाडीको पिछामा लागे । त्यसपछि पटक–पटक चुरोट निकाल्ने प्रयास गर्दा पनि उनीहरू सफल भएनन् । सुकेधारा पुगेपछि गाडीमा बल्ल चढ्न सफल भए । त्यहाँ पनि उनी दुई कार्टुन चुरोट निकाल्न सफल भए । त्यसपछि महाराजगन्ज चोकमा गएर गाडी रोकियो । चोकको ट्राफिकमा इन्स्पेक्टर नै खटिएका थिए । तर, प्रहरीकै सामुन्ने उनीहरूले त्यहाँ पनि दुई कार्टुन चुरोट निकाल्न सफल भए । त्यसपछि उनीहरू पहिला राख्न दिएको चुरोट बटुल्दै फर्किए । चार ठाउँमा गरेर उनीहरूले ६ लाख ९६ हजार रुपैयाँ बराबरको चुरोट चोरी गरेका थिए । यस्तो चोरी राजधानीमा नयाँ शैलीको भएको महाशाखाका कार्यरत प्रहरी निरीक्षक थापा बताउँछन् । थोरै चोरी गर्दा पनि धेरै मूल्यबराबरको हुने र सजिलै बिक्री गर्न सकिने भएकाले उनीहरूले गाडीबाटै फिल्मी शैलीमा चोरी गर्दै आएको प्रहरीले जनाएको छ । सूर्य चुरोट त गोदामबाट पसलमा ओसार्ने क्रममा चारपटक चोरी भइसकेको खुलेको छ । गिरोहका मुख्य नाइके र उनका दुई सहयोगी भने फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूबीच चुरोट निकाल्नेले ६० प्रतिशत तथा स्कुटर चलाउनेले ४० प्रतिशत रकम राख्ने गरेको खुलेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy