Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

अनशनको २०औं दिन : यस कारण भत्कियो सहमति

\"\"काठमाडौं । चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राखेर अनशनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न प्रधानमन्त्रीको उपस्थितिमा भएको समझदारी संसदीय समितिले पालना नगरेपछि समस्या झन् जटिल बनेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बालुवाटारमा शुक्रबार बिहान चिकित्सा शिक्षा विधेयकमा डा. केसीका केही माग थप समेट्ने गरी मध्यमार्गी प्रस्तावमा सहमति भएको थियो। अाजको नागरिक दैनिकमा खबर छ– बालुवाटारमा नयाँ कलेजले सम्बन्धन पाउने प्रमुख आधार बनाउँदा अस्पताल सञ्चालन भएको तीन वर्षको सट्टा दुई वर्ष राख्ने सहमति जुटेको थियो। तर त्यो गणना \'स्वास्थ्य मन्त्रालयबाट सञ्चालन स्वीकृति पाएको\' मितिबाट हुनुपर्ने व्यवस्था राख्ने महत्वपूर्ण बुँदा नै विधेयक पारित गर्ने क्रममा हटाइयोे। स्वास्थ्यबाट सञ्चालन अनुमति पाएको अवधिको सट्टामा \'अस्पतालले प्रचलित कानुनबमोजिम स्वास्थ्य सेवा कर तिरेको मितिबाट सो अवधि गणना थालिनेछ\' भन्ने विधेयकमा उल्लेख छ। पारित व्यवस्थाले स्वास्थ्यले तोकेका पूर्वाधार पूरा नगरेका अस्पताललाई समेत सम्बन्धनका लागि योग्य बनाउँछ। विज्ञका अनुसार चिकित्सा शिक्षासम्बन्धी कार्यक्रम सञ्चालनका लागि अस्पताल पूर्ण रूपमा चलेको हुनुपर्नेलाई पहिलो सर्तका रुपमा हेरिन्छ। अब नयाँ सम्बन्धन दिँदा कुनै पनि हालतमा गुणस्तरमा सम्झौता नहोस् भन्नकै लागि कलेजका शिक्षण अस्पतालको पूर्वाधारलाई विशेष प्राथमिकता दिन यस्तो बुँदा राख्ने सहमति भएको थियो। स्वीकृति पाउनका लागि स्वास्थ्य मन्त्रालयले स्तरअनुसार अनिवार्य रुपमा हुनुपर्ने मापदण्ड २०६९ को संशोधन २०७२ अनुसारका पूर्वाधार हुनुपर्छ। तर अधिकांश मेडिकल कलेजले न ती पूर्वाधार पूरा गरेका छन् न मन्त्रालयबाट सञ्चालन स्वीकृति नै लिएका छन्। यो सर्त मान्दा अझै थप केही वर्ष सम्बन्धन पाउन कलेज योग्य नहुने अवस्था देखेपछि सञ्चालक समेत रहेका सांसदको दबाबमा यो बुँदा प्रतिवेदनमै हटाइएको समितिअन्तर्गतको कार्यदलका एक सदस्यले जानकारी दिए। माथेमा कार्यदललाई प्रस्तावनामै उल्लेख गर्ने विषयमा समेत बालुवाटारमा सहमति भएको थियो। त्यसैगरी विधेयकको प्रस्तावनामै माथेमा प्रतिवेदनका रूपमा चिनिने \'चिकित्सा शिक्षा नीति तर्जुमा अध्ययन कार्यदलको प्रतिवेदनको भावना तथा मर्मलाई दृष्टिगत गर्दै\' भन्ने वाक्यांश राख्ने विषयमा समितिभित्रै विवाद उत्पन्न भएको छ। यो बुँदाको हकमा भने समिति बैठकमा समितिको कार्यदल सदस्य जीवन परियारले प्रस्तावनामा थपिएको पढेर सुनाएका थिए। महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिकी सभापति रञ्जु झाले संशोधित प्रस्तावमा कुनै प्रतिक्रिया भए राख्न समय दिँदा कसैले धारणा नराखेपछि समितिबाट विधेयक सर्वसम्मतिमा पारित भएको थियो। तर संशोधन गरिएका विषय थपेर कार्यदलको प्रतिवेदनलाई अन्तिम रुप नदिएको भन्दै विधेयकको अन्तिम प्रतिवेदन समितिमा बाँडिएन। पछि संशोधनमा परेका कुरा थप्न सचिवालयमा परियार पुग्दा समितिका सांसद एवं प्रस्तावित मनमोहन कलेजका अध्यक्ष राजेन्द्र पाण्डेसँगै भित्र गएका थिए। पाण्डेले प्रस्तावनामा यो राख्न नमिल्ने भन्दै आपत्ति जनाए। तत्कालै पारित विधेयकको प्रति डा. केसीसमक्ष लगेर उनी पक्षीय वार्ताटोलीले ब्रिफिङ गरेपछि सहमतिमा हस्ताक्षर गरेर अनशन तोडाउने तयारी थियो। तर, यही विवादका कारण विधेयकमा समिति कार्यदल सदस्यमध्ये एमालेका रामहरि सुवेदी र श्रीमाया थकालीले हस्ताक्षर गर्नै मानेनन्। उनीहरूले आइतबारमात्रै हस्ताक्षर गर्ने भनेपछि डा. केसी पक्ष थप संशकित बन्योे। यो खबर पाएपछि केसीले शुक्रबार पटकपटक टेलिफोन गरेर वार्ता कमिटीलाई शिक्षा मन्त्रालयबाट फिर्ता बोलाएका थिए। उनले आफूमाथि छलछाम भएको भन्दै कुनै हालतमा अनशन नतोड्ने अडान राखेका थिए। बालुवाटार सहमतिका आधारमा प्रस्तावनामा कार्यदलको प्रतिवेदनको नाम राख्दा अधिकांश नीतिनियम कानुन बन्दा त्यसको भावनालाई ख्याल गरिने आशा डा. केसी पक्षको थियो। यो विषयमा समेत विवाद हुँदा प्रतिवेदनको मर्मसमेत स्वीकार्न नखोजेको स्पष्ट भएको आरोप केसी पक्षको छ। केसीले माथेमा प्रतिवेदनको भावनाविरीत सहमति नगर्न वार्ता टोलीलाई निर्देशन दिएका छन्। \'हामीले विद्यार्थी र दूरदराजका नागरिकका लागि लडेका हौं, त्यही कुरामा सम्झौता हुनेगरी अनशन तोडिन्न,\' केसीले मास्कभित्रैबाट भने, \'बरु मर्न तयार छु, विद्यार्थीमुखी बुँदामा सम्झौता हुन्न\'।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy