Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

भारत–चीन भिडे भने नतिजा कति खतरनाक ?

\"\"एजेन्सी । भारत र चीनमा बढिरहेको तनावका बीच कयौं यस्ता प्रश्न छन् जो भारतका लागि चिन्ताको विषय हुनेछ । चीनले जसरी आफ्नो विस्तार गरिरहेको छ, उसका विरूद्धमा भारतको तयारी के छ ? यसैबीच लोकसभामा मुलायम सिंहले चीनले भारतमाथि हमलाको तयारी गरेको बताएका छन् । यदि चीन र भारतका बीच युद्ध भयो भने अमेरिका र जापान कति हदसम्म भारतलाई सहयोग गर्लान् ? यदि अमेरिकाले भारतलाई साथ दियो भने के दुई देशका बीच युद्धको संभावित परिणाम मूल रूपमा अर्कै हुन जाला ? यी सबै प्रश्नमा भारत मात्रै होइन चिनियाँ मिडियामा पनि निकै माथापच्ची भइरहेको छ । दक्षिण चाइना मर्निङ पोस्टले लेखेको छ, \'भारत सत्यलाई स्वीकार गर ।\' चीनको विस्तार चौतर्फी भइरहेको छ । यो विस्तारलाई कयौँ मोर्चामा चीनले परिणाम दिइरहेको छ । चीनले आफैँले आफ्नो विस्तार रोड, रेल, आर्थिक शक्ति र प्रविधि विकासका माध्यमबाट गरिरहेको छ । यसका साथै भारतीय उपमहाद्वीपमा चीन ठूलो नौसैनिक शक्तिका रूपमा उदय भइरहेको छ । साउथ चाइना मर्निङ पोस्टले लेखेको छ, “यसबाट युरेशियाको भूराजनीतिक अवस्थामा परिवर्तनको स्पष्ट महसुस गरिएको छ । चिनियाँ शक्तिलाई ताइवानको मामिलामा अमेरिकी कदमले पनि महसुस गर्न सकिन्छ । ट्रम्पको आगमनपछि पनि अमेरिका वन चाइना नीतिका विरुद्ध जाने स्थितिमा छैन ।” \"\"साउथ चाइना मर्निङ पोस्टले अगाडि लेखेको छ, “ सन् २००८ पछिदेखि हिन्द महासागरमा चिनियाँ नौसैनिकको प्रभाव लगातार बढिरहेको छ । हिन्द महासागरमा पिपल्स लिबरेशन आर्मीको उपस्थिति बढेको छ । भूगोलको राजनीतिक महत्व पहिलेदेखि नै प्राविधिक शक्तिबाट निर्धारित हुन्छ । रेल राजमार्गद्वारा विश्वको दूरी कम भएको छ । सम्पर्कका यी साधनद्वारा पूर्वी एसिया र दक्षिण एसियाको दूरी कम गर्ने प्रयास भइरहेको छ र यो काम मात्र चीनले गरिरहेको छ ।” रिपोर्टमा अघि भनिएको छ, “एक समय त्यस्तो थियो जब शक्ति रोम, बर्लिन, मस्को र सिकागोसम्म केन्द्रित थियो, अब आजको मितिमा चीन रेल लाइन र प्रविधिका माध्यमद्वारा आफ्नो कदम बढाइरहेको छ । चीनको तीव्र गति युक्त रेल र राजमार्गलाई अमेरिकी ट्रंक रुट्सको तुलनामा निकै ठूलो मानिएको छ । चाँडै नै व्यक्ति र साधनको ओसारपसार म्यानमार हुँदै बंगालको खाडी र पाकिस्तानको कराँचीदेखि ग्रीस र टर्कीको इस्तान्बुलसम्म सुरु हुँदैछ ।” \"\"एससीएमपीले लेखेको छ, “तिब्बतमा पहिलो पटक सुरु भएको रेल वा चीनको उत्तर–पूर्वी सिनिङदेखि ल्हासाका लागि सन् २००६ मा खोलिएको थियो । चाँडै नै यो रेलसेवालाई काठमाडौंसँग जोड्ने योजना छ र यदि भारत तयार भयो भने यो लाइनलाई उत्तर भारतसम्म पुर्याइने छ । बंग्लादेशमा ढाका, ईरानमा बंदर अब्बास र पूर्वौत्तर भारत पनि चाँडै यो आधुनिक रेल र रोड सेवामा समावेश हुने छ भनिएको छ ।” चीनको मेरीटाइम सिल्क रोड परियोजनादेखि समुद्रीय व्यापारमा क्रान्तिकारी परिवर्तन आउँदैछ । यद्यपि यसको सुरुआत सन् १९६० को दशकमा नै भएको थियो । अब यसमा चिनियाँ कम्पन नयाँ बन्दरगाहको निर्माण गर्दैछ । यी कम्पनीलाई चीनले वित्तिय सहयोग गरिरहेको छ । सिल्क रोडमा नयाँ रेल परियोजना र राजमार्ग समावेश छन् । व्यापार, निवेश, औद्योगिक क्षेत्र र कयौँ सेवाहरू रेल, रोड र बन्दरगाहसँगै आउँदैछन् । दक्षिण एसिया र हिन्द महासागरमा चीनको आर्थिक शक्ति स्पष्ट देखिनेछ । एससीएमपीले लेखेको छ, “चीन कयौँ नयाँ परियोजनाका माध्यमद्वारा आफ्नो विस्तार गरिरहेको छ । चाइना–हिन्दमहासागर–अफ्रिकी भूमध्य सागर ब्लु इकनमिक करिडोरमा पनि काम गर्दैछ । यसलाई चीन–इन्डोचाइना आर्थिक करिडोरमा जोड्ने तयारी छ । यो पश्चिमदेखि दक्षिण चीन सागर हुँदै हिन्द महासागरतिर बढ्दै छ । त्यसपछि चीन–पाकिस्तान करिडोर र बंगलादेश–चीन–भारत–म्यानमार इकोनमिक करिडोरसँग जोडिनेछ । अर्को शब्दमा भन्न सकिन्छ, स्वेज र मलक्कादेखि अरबको खाडी र इस्ट कोस्ट अफ अफ्रिका एक हुनेछ ।” रिपोर्टका अनुसार चीनको नजर यहीँसम्म सिमित छैन । मलक्का, ग्वादर, क्याउकप्यु, कोलंबो र श्रीलंकामा हमम्बान्तोतालाई पनि संकेत गरिएको छ । यसबाहेक इथोपियासँग जिबूती र मोम्बास्कादेखि नौरोबीलाई पनि जोड्ने तयारी छ । हिन्द महासागरमा वन बेल्ट वन रोडका विषयमा चिनिया नौसैनिकको उपस्थिति बढिरहेको छ । साउथ चाइना मर्निङ पोस्टको रिपोर्टका अनुसार हिन्द महासागरमा सन् १९८५ मा पहिलो पटक चिनियाँ युद्धपोतहरूको उपस्थिति रहेको थियो । यसपछि चिनियाँ नौसैनिकको गतिविधि बढ्दै गयो । रिपोर्टका अनुसार चीनको चौतर्फी विस्तारले भारत आफैँलाई घेरिएको महसुस गरिरहेको छ । भारतले यसलाई आफ्नो प्राचीन सभ्यताको प्रभावमाथि चीनको अतिक्रमणका रूपमा हेरिरहेको छ । सन् १९४७ मा स्वतन्त्रतापछि भारत रणनीतिक रूपमा रुसको नजिक रह्यो । यद्यपि २१ औँ शताब्दीमा भारत अमेरिकाको नजिक आयो तर चीनसँग उसको सामिप्यता कहिल्यै रहेन । चीन र पाकिस्तानका बीच सामरिक सहयोग कसैसँग लुकेको छैन । चाइना–पाकिस्तान इकनोमिक करिडोरबाट पाकिस्तान आफ्नो अर्थव्यवस्थामा कायापलट गर्न चाहन्छ । स्पष्ट छ, सीपीइसी चीन र पाकिस्तानको महत्वाकांक्षी परियोजना हो । चीन अरुणाचल प्रदेशलाई तिब्बतको भूभाग बताउँछ । यसका साथै चीन भुटानमा भारतको हस्तक्षेपको आरोप लगाउँछ । नेपाल र चीनका बीच बढ्दो सम्बन्धका कारण पनि भारतको चिन्ता बढिरहेको छ । रिपोर्टमा लेखिएको छ, “चीनको बढ्दो प्रभावका बीच भारतको जापान र अमेरिकासँग सम्बन्ध बढिरहेको छ ।” साउथ चाइना मर्निङ पोस्टले लेखेको छ, “भारत हाल कमजोर स्थितिमा छ । जापानजस्तै भारत अमेरिकाको संरक्षणमा छैन । भारत सामरिक स्वायत्ततामा जोड दिइरहेको छ, यो सत्य हो ऊ अमेरिकाबाट संरक्षित हुन चाहँदैन । यो स्पष्ट छ, यदि चीन र भारतबीच युद्ध भएको खण्डमा यसको अर्थ युद्ध अमेरिकासँग हुनेछ भन्ने लाग्दैन किनभने भारत, जापान होइन” यो रिपोर्टका अनुसार “भारतका विरुद्ध चीनियाँ कारबाहीमाथि अमेरिकाले सायद आपत्ति जनाउन सक्छ तर मौलिक रूपले यसको नतिजा बदलिने छैन । भारतीय आर्मीको आधुनिकीकरणको गति निकै सुस्त छ । सैन्य शक्तिको मामिलामा चीन भारतभन्दा निकै अगाडि छ । भारत आफ्नो सैनिकको आधुनिकीकरण जापान र अमेरिकाको सहयोगमा गर्दैछ । यस्तो अवस्थामा एउटा सोच विकसित भएको छ, चीन, भारतलाई आफ्नो श्रेष्ठता कम हुनु अघि नै एउटा पाठ सिकाउन चाहन्छ ।” ग्लोबल टाइम्सले लेखेको छ,“भारतले यसपटक चिनियाँ सम्प्रभुतालाई जोडतोडका साथ उल्लंघन गरेको छ । चीन यस मामिलामा पूर्ण तयारीका साथ रहनुपर्छ, नयाँ दिल्ली चीनको बढ्दो प्रगतिबाट चिन्तित छ । सीमामा भारतको उक्साउ कदमबाट स्पष्ट छ, भारत चीनको ध्यान विकासभन्दा टाढा लान खोजिरहेको छ ।”बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies