Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

चीन-अमेरिका चोरी प्रकरणः चीनले भन्यो 'सम्बन्ध बिग्रिन सक्छ'

\"\"चीन । चीनले अमेरिकी बौद्धिक सम्पत्तिहरुको बेइजिङबाट भएको भनिएको चोरीबारे समीक्षा गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको आदेशले दुई देशबीचको सम्बन्धमा असर गर्ने बताएको छ । ट्रम्पले एउटा प्रक्रिया शुरु गरिसकेका छन् जसले अर्को वर्षसम्ममा प्रतिबन्ध लगाउन वा कर लगाउन उनलाई अधिकार दिनेछ । अमेरिकी कदमले विवादहरु सुल्झाउने बहुपक्षीय पहुँचमा आधारित विश्व व्यापार संगठनका नियमहरुको मर्मको उल्लंघन हुने चीनले बताएको छ । अमेरिकी कम्पनीहरुलाई चीनका स्थानीय साझेदारहरुसँग व्यवसायिक साझेदारी गर्न बाध्य बनाएर बेइजिङले अमेरिकी बौद्धिक सम्पत्ति चोरी गर्ने गरेको आरोप अमेरिकाले लामो समयदेखि लगाउँदै आएको छ । ट्रम्पले व्यापारसम्बन्धी उच्च अमेरिकी अधिकारीलाई बौद्धिक सम्पत्तिसम्बन्धी चिनियाँ अभ्यासहरुको समीक्षा गर्न भनेका छन् । उक्त कदम ठूलो भएको र त्यसले अमेरिकालाई व्यापार प्रतिबन्धहरु लगाउनतर्फ मोड्न सक्नेछ । उत्तर कोरियासँगको सम्बन्धलाई लिएर \'पहिले अमेरिका\' भन्ने आफ्नो व्यापार अवधारणाका साथ राष्ट्रपति ट्रम्प चीनसँगका व्यावसायिक कामहरुमा सन्तुलन ल्याउन प्रयासरत छन् । अनुसन्धानका कारण प्रतिबन्धहरु लागेमा आफू चुप नबस्ने बेइजिङले चेतावनी दिएको छ । अनुसन्धानसम्बन्धी आदेशमा हस्ताक्षर गर्न राष्ट्रपति ट्रम्प वासिङ्गटन फर्किएका छन् । सो आदेशले अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरलाई धारा ३०१ सँग सम्बन्धित अनुसन्धान गर्ने कि नगर्ने भन्ने विषयमा थप अध्ययन गर्ने अनुमति दिनेछ । उक्त अनुसन्धान भएमा वा चीनविरुद्ध केही भेटिएमा अमेरिकी कम्पनीहरुलाई जोगाउन राष्ट्रपति ट्रम्पले एकपक्षीय रुपमा करहरु तोक्ने, प्रतिबन्ध लगाउने वा अन्य व्यापार प्रतिबन्धहरु लगाउन सक्नेछन् । शुरुवाती समीक्षालाई केही महिना लाग्नसक्ने ठानिएको छ । चीनसँगको अमेरिकाको ठूलो व्यापार घाटाविरुद्ध ट्रम्प लामो समयदेखि प्रस्तुत हुँदै आएका छन् । गत वर्ष दुई देशबीच ६४८ अर्ब अमेरिकी डलर बराबरको व्यापार भएको थियो र अमेरिकाले झण्डै ३१० अर्ब डलरको व्यापार घाटा बेहोर्नुपर्‍यो । अमेरिकी तर्क अनुसार घाटा हुनुका केही कारणमा अमेरिकी उत्पादनहरु र सोचहरु चिनियाँ कम्पनीहरुले नक्कल गर्नु, अमेरिकामा कम मूल्यमा बेचिनु वा चिनियाँ बजार अमेरिकी उत्पादनहरुलाई पाउन मुश्किल बनाइनु रहेका छन् । चिनियाँ बजार छिर्न स्थानीय साझेदारहरु चाहिने वा बौद्धिक सम्पत्तिको खुलासा गर्नुपर्ने नियमहरुका कारण अमेरिकी कम्पनीहरु विशेषरुपमा दुःखी छन् । यसले उनीहरुका सोचहरु सार्नका लागि मद्दत गर्ने गरेको उनीहरु बताउँछन् । अमेरिकी बौद्धिक सम्पत्ति चोरीसम्बन्धी आयोगले नक्कल गरिएका सामानहरु, चोरी गरिएका सफ्टवेयर र व्यापार रहस्यहरुको चोरीको कारण वार्षिक रुपमा २२५ देखि ६०० अर्ब अमेरिकी डलर बराबरको घाटा अमेरिकी अर्थतन्त्रमा हुने गरेको आकलन गरेको छ । बौद्धिक सम्पत्तिको उल्लंघन गर्नेमा चीन संसारमै अग्रणी भएको आरोप लाग्ने गरेको छ र अमेरिका भित्रिने नक्कली सामानहरुमध्ये ८७ प्रतिशत ‌चीनले बनाउने गरेको उक्त आयोगले बताएको छ । सन् २०१५ को नोभेम्बरमा राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालयका अनुसार ह्याकिङमार्फत हुने आर्थिक गुप्तचरीको खर्च एक वर्षमा ४०० अर्ब डलर लाग्छ । युरोपेली संघ, जापान, जर्मनी र क्यानडाले बौद्धिक सम्पत्ति चोरीमा चिनियाँ रवैयाप्रति चासो व्यक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले यो समझदारीलाई \'एउटा ठूलो कदम भएको\' र \'यो शुरुवात मात्र भएको\' उल्लेख गरेका छन् । गत शनिबार भर्जिनियामा भएको हिंसाका संलग्न गोरा जातिको सर्वोच्चता चाहने राष्ट्रवादी समूहप्रति गरेको निन्दाका कारण ओझेलमा परेको उक्त प्रावधानलाई धेरैले सुस्त भनेका छन् । युरेसिया समूह सम्बन्धित विश्लेषकहरुले उक्त निर्णयले ट्रम्प प्रशासनले उत्तर कोरियाभन्दा चीनसँग सहकार्य गर्ने विषयलाई प्राथमिकता दिएको इंगित गरेको बताउँछन् । उक्त कदमलाई लिएर चीनको वाणिज्य मन्त्रालयले वक्तव्य जारी गर्दै गम्भीर चासो व्यक्त गरेको छ र यसले पक्कै पनि दुई देशको व्यापारिक सम्बन्धलाई असर गर्ने चेतावनी दिएको छ ।चीनको सरकारी सञ्चारमाध्यमले पनि यो कदमको आलोचना गरेका छन् । चाइना डेली समाचारपत्रमा प्रकाशित एक सम्पादकीयमा ट्रम्प प्रशासनलाई फरक बाटो समात्न आह्वान गरेको छ । केही आलोचकहरुले राष्ट्रपति ट्रम्पको जोड खतरनाक कदम भएको जसले अन्तर्राष्ट्रिय व्यापार प्रणालीलाई अस्तव्यस्त पार्न सक्ने भनेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies