Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

दिल्लीमा आज उच्चस्तरीय राजनीतिक भेटघाट गर्दै प्रधानमन्त्री देउवा

\"\"काठमाडौं । पाँच दिने राजकिय भ्रमणका लागि बुधबार भारत पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । बिहीबार बिहान ९ बजे राष्ट्रपतिभवनमा प्रधानमन्त्री देउवाले भारतीय सेनाको सम्मान गार्ड अफ अनर ग्रहण गर्नेछन् । लगत्तैमहात्मा गान्धीको समाधिस्थलमा गएर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि राष्ट्रपतिभवन फर्किने उनीसँग बिहान १०ः३० देखि आधा घन्टा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । स्वराजले देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन् । बुधबार आकस्मिक भेट गरेका प्रधानमन्त्री देउवा र नरेन्द्र मोदीबीच ११ः३० बजे हैदराबाद हाउसमा सीमित अधिकारीसहितको आधा घन्टा औपचारिक भेटवार्ता हुनेछ । त्यसलगत्तै दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता १२ बजेदेखि १ घन्टा हुनेछ । १ः१० मा देउवा र मोदीले पत्रकारहरूलाई संयुक्त रूपमा सम्बोधन गर्नेछन् । दुई देशबीच आजै विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ । २ः४० मा राष्ट्रपतिभवन फर्केपछि ३ बजे गृहमन्त्री राजनाथ सिंह, ३ः३५ मा अर्थमन्त्री अरुण जेट्लीले प्रधानमन्त्रीलाई भेट्नेछन् । त्यसलगत्तै देउवाले राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बैंकहाय नायडुसँग भेट गर्नेछन् । साँझ देउवासँग भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धी तथा पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले भेट्ने कार्यक्रम छ । त्यसपछि इन्डिया फाउन्डेसनले आयोजना गरेको अन्तर्क्रिया तथा नेपाली राजदूत दीपकुमार उपाध्यायले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री देउवा सरिक हुनेछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy