Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

तेस्रो चरण निर्वाचन : कस्तो छ माअोवादीको तयारी ?

\"\"काठमाडाैं । माओवादी केन्द्रले प्रदेश नम्बर २ का स्थानीय तहका उम्मेदवार अर्को हप्तासम्म टुंग्याउने भएको छ । उम्मेदवार चयन गरेर मैदानमा होमिने माओवादी केन्द्र प्रदेश नम्बर २ का इन्चार्ज मात्रिका यादवले बताए । ‘प्रदेश नम्बर २ का १ सय ३६ तहमध्ये करिब ६० प्रतिशत उम्मेदवारको टुंगो लागिसकेको छ,’ यादवले भने, ‘अब ४० प्रतिशत उम्मेदवारको टुंगो लगाउन बाँकी छ, अर्को हप्ताभित्र सबै उम्मेदवारको टुंगो लगाइसक्छौँ ।’ अाजको नयाँ पत्रिकामा खबर छ– १३ भदौमा जनकपुरमा बस्ने बैठकले बाँकी उम्मेदवारको टुंगो लागाउने यादवले बताए । जनकपुरमा बस्ने बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित प्रदेश नम्बर २ का हेडक्वार्टर सदस्यलाई बोलाइएको छ । सोही बैठकले बाँकी उम्मेदवारको टुंगो लगाउने यादवले बताए । ‘पहिला सहमति हुन नसकेका तहमा सीधै माथिबाट उम्मेदवार घोषणा गरिन्थ्यो,’ यादवले भने, ‘तर, अहिले जनमत बुझेर मात्र उम्मेदवार घोषणा गर्ने अभ्यास थालेका छौँ ।’ तालमेल पर्खाइमा तालमेलका कारण पनि उम्मेदवार घोषणामा ढिलाइ भएको प्रदेश नम्बर २ का संयोजक विश्वनाथ साहले बताए । ‘आफूले जित्न सक्ने तहमा एक्लै भिड्ने तयारी गरेका छौँ,’ उनले भने, ‘हामी कमजोर भएको तहमा तालमेल गर्ने योजनामा छौँ ।’ माओवादीले कांग्रेससहित मधेसकेन्द्रित दलसँग तालमेल गर्ने योजना बनाएको छ । कांग्रेस र मधेसकेन्द्रित दलसँग छलफल गरेर छिटै टुंगोमा पुग्ने साहले बताए । मधेसमा पहिलो हुने दाबी माओवादीले मधेसमा पहिलो दल बन्ने दाबी गरेको छ । ‘सकभर पहिलो शक्ति बन्नेछौँ, त्यस्तो हुन नसके दोस्रो शक्तिचाहिँ पक्कै हुन्छौँ,’ यादवले भने । सरकारमा हुँदा मधेस–पहाड जोड्ने काम गरेकाले मधेसी जनताले माओवादीलाई जिताउने यादवले दाबी गरे । तर, पहिलो वा दोस्रो हुन माओवादी केन्द्रले धेरै कसरत गर्नुपर्ने देखिन्छ । यादवलगायत पार्टी प्रवेश गर्दै नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामेश्वर राय यादव माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् । यादवलाई १४ भदौमा सर्लाहीबाट प्रवेश गराउने उनले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending