Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

निधिलाई कार्यबाहक सभापति दिएकोमा पौडेल पक्ष असन्तुष्ट

\"\"काठमाडौं । सल्लाह नै नगरी सभापति शेरबहादुर देउवाले नेता विमलेन्द्र निधिलाई कार्यबाहक सभापति बनाएपछि नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट भएको छ । शनिबार महामन्त्री डा. शशांक कोइरालानिवास महाराजगन्जमा बसेको पौडेल पक्षको भेलाले विधि, प्रक्रिया र पद्धति तोड्दै एक्कासि सभापति देउवाले निधिलाई कार्यवाहक सभापति तोकेको निष्कर्ष निकालेको छ । अाजको नयाँ पत्रिकामा खबर छ– ‘पार्टीमा परामर्श नै नगरी हतारमा कार्यवाहक सभापति तोकिएपछि बैठकमा अधिकांश नेताहरूले असन्तुष्टि व्यक्त गर्नुभएको छ,’ भेलामा सहभागी एक नेताले भने, ‘कार्यवाहक बनाउँदा विधि, परम्परा केहीलाई पनि ध्यान दिइएन । अकस्मात् कार्यवाहक बनाइयो भनेर साथीहरू असन्तुष्ट हुनुहुन्छ ।’ भारतको राजकीय भ्रमण गर्ने दिन ७ भदौमा देउवाले केन्द्रीय समितिमा आठौँ वरीयताका निधिलाई कार्यवाहक सभापतिको जिम्मा दिएका थिए । विधानतः पार्टी उपसभापति कार्यवाहक हुने व्यवस्था छ । तर, उपसभापति मनोनीत नभएको अवस्थामा सभापतिले पार्टीमा छलफल नै नगरी निधिलाई कार्यवाहक सभापति दिएको पौडेल पक्षको दाबी छ । छलफलविनै कार्यवाहक सभापति तोकेपछि देशभरका नेता तथा कार्यकर्ता असन्तुष्ट रहेको पौडेल पक्षको दाबी छ । उपसभापति निधिलाई नै बनाउने तयारी स्वरूप देउवाले कार्यवाहक बनाएका हुन् । तर, बैठकमा शशांक कोइरालाले कार्यवाहक सभापतिका विषयमा खास प्रतिक्रिया दिएनन् । फेरि हार्ने डर साउन मसान्तभित्रै प्रदेश–२ मा उम्मेदवारको टुंगो लगाउने तयारी गरे पनि १० भदौ बित्दासमेत कांग्रेसले उम्मेदवार टुंगो लगाउन सकेको छैन । पहिलो र दोस्रो चरणमा जस्तै तेस्रो चरणमा पनि ढिलो गरी उम्मेदवार चयन हुँदा फेरि पनि हार्ने चिन्ता पौडेल पक्षको छ । ‘प्रदेश–२ मा उम्मेदवार साउन मसान्तभित्रै टुंग्याउने भन्ने थियो । तर, अहिलेसम्म हुन सकेको छैन,’ नेता डा. रामशरण महतले भने, ‘उम्मेदवार चयनमा ढिलाइ गर्दा फेरि पनि हारिन्छ भन्ने चिन्ता बढेको छ । न उतातिर निर्वाचनको तयारी भएको छ न यता उम्मेदवारको टुंगो नै लागेको छ ।’ जिल्लाबाट उम्मेदवारको सिफारिस भएर नआउँदा समस्या देखिएको उनले बताए । भेलामा नेताहरूले महामन्त्री शशांकलाई छिटो उम्मेदवार टुंग्याउने पहल गर्न आग्रह गरेका थिए । छलफलमा नेता पौडेल, महामन्त्री शशांक, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, डा. महतलगायत सहभागी थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending