Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

माअोवादी हेडक्वार्टर विघटन

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको केन्द्रीय कार्यालय अर्थात हेडक्वार्टर विघटन गरेको छ । २०७३ जेठमा विभिन्न पार्टीसँग एकता गर्दै माओवादी केन्द्रले ३३ सदस्यीय हेडक्वार्टर गठन गरेको थियो । जसलाई पार्टीको सबैभन्दा माथिल्लो अंग बनाइएको थियो । अाजको राजधानी दैनिकमा खबर छ– माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कार्यालय बैठकले हेडक्वार्टरलाई भंग गरेको हो । पार्टी प्रवक्ता पम्फा भुसालले पार्टीको केन्द्रीय कार्यालय विघटन भएको र केन्द्रीय सचिवालयलाई पार्टीको सबैभन्दा माथिल्लो अंगका रुपमा लिने निर्णय भएको जानकारी दिइन् । विभिन्न माओवादी घटकको एकतापछि ३३ सदस्यीय सबैभन्दा माथिल्लो पार्टीको निकायको रुपमा केन्द्रीय कार्यालय बनेको थियो । त्यस्तै, ९९ सदस्यीय सचिवालय तथा २ सय ९९ सय सदस्यीय पोलिटब्यूरो गठन भएको थियो । माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य समेत क्रमशः विस्तार हुँदै अन्तिम समयसम्म चार हजार ९ सय ९९ सदस्यीय गठन भएको थियो । माओवादीले दुई अंकको आयोजक समिति गठन गर्ने अन्तिम तयारी गरिरहेको अवस्थामा केन्द्रीय कार्यालय भंग गरेको हो । विघटित केन्द्रीय कार्यालय सदस्य मणि थापाले ३३ सदस्यीय केन्द्रीय कार्यालयलाई ९९ रुपान्तरण गरिएको बताए । विभिन्न पार्टीहरुसँग एकताका क्रममा नेतृत्वमा समानता ल्याउन केन्द्रीय कार्यालयलाई सचिवालयमा रुपान्तरण गरिएको उनको भनाइ छ । ‘माथिल्लो अंगको रुपमा सचिवालयका सबै नेता कार्यकर्तालाई समेटेर फङसनल बढी बनाउन कार्यालयलाई सचिवालयमा रुपान्तरण गरिएको हो,’ उनले भने, ‘ पार्टी एकतामा आउने नेताहरुबिच समानता ल्याउनका लागि पनि यो गरिएको हो ।’ यसअघि हालै बसेको सचिवालय बैठकले करिब चार हजार सदस्यीय आयोजक समिति भंग गर्ने र दुई अंकको बनाउने निर्णय गरेको थियो । बैठकले सात प्रदेशबाट दुई अंकको आयोजक समिति बनाउने एजेण्डालाई अनुमोदन गराएर कार्यान्वयन गर्ने निर्णय गरेकोमा १ नम्बर प्रदेश बाहेकका प्रदेशबाट अनुमोदन समेत भईसकेको छ । भोलि बस्ने प्रदेश एकको बैठकले दुई अंकको आयोजक समिति बनाउने सचिवालयको निर्णय अनुमोदन गरेसँगै दुई अंकको आयोजक समिति गठनका लागि माथिल्लो निकायलाई बाटो खुल्नेछ । केही दिनमै उम्मेदवारको टुंगो माओवादी केन्द्रले प्रदेश दुईमा अबको केही दिनमा नै उम्मेदवारी टुंगा लाग्ने जनाएको छ । प्रवक्ता भुसालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतको टिम भोलि १ नम्बर जाने र अब केही दिनमा नै उम्मेदवारी टुंगो लाग्ने बताइन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending