भाद्र १२ गते, २०७४ सोमवार 28th August, 2017 Mon०७:१७:१० मा प्रकाशित
[caption id=\"attachment_96685\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption]
काठमाडौं ।माओवादी केन्द्रले ३४ सदस्यीय हेडक्वाटर विघटन गरेको छ । पार्टीको निर्णयलाई व्यवस्थित बनाउन हेडक्वार्टर विघटन गरी केन्द्रीय सचिवालयलाई कार्यकारी अंग बनाइएको प्रवक्ता पम्फा भुसालले बताइन् ।
अाजको नयाँ पत्रिकामा खबर छ– आइतबार बसेको पार्टी हेडक्वार्टरको अन्तिम बैठकले पार्टीको सबै अधिकार सचिवालयलाई दिएको उनले जनाइन । सचिवालय ९९ सदस्यीय हुनेछ । यसअघि हेर्डक्वार्टर सर्वोच्च निकायको रुपमा रहेको थियो । अन्य पार्टीबाट प्रवेश गर्नेलाई पनि ९९ भित्रै समेटिने भुसालले बताइन् । रुपान्तरित सचिवालयको पहिलो बैठक १६ भदौमा बस्ने भएको छ ।
बैठकले प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी र लोकमणि ढकाल नेतृत्वको जनजागरण पार्टीले माओवादी केन्द्रको चुनाव चिन्हमा भाग लिन पाउनुपर्ने प्रस्तावलाई स्वीकृतसमेत गरेको छ ।
महाधिवेसन आयोजक समिति विघटन गर्न स्वीकृति
माओवादी केन्द्रका प्रदेश कमिटिहरुले जम्बो महाधिवेशन आयोजक समिति विघटन गर्न स्विकृत दिएका छन् । गत २ साउनदेखि एक हप्तासम्म बसेको केन्द्रीय सचिवालय बैठकले महाधिवेशन आयोगक समितिलाई विघटन गर्ने निर्णय गरेको थियो । तर, त्यसअघि प्रदेश कमिटीबाट स्वीकृत गराउने निर्णय थियो ।
६ वटा प्रदेशले आयोजक समिति विघटन गर्न स्वीकृत दिइसकेको प्रवक्ता पम्फा भुसालले बताइन् । प्रदेश नं. १ कमिटीले मात्र स्वीकृत दिन बाँकी रहेको छ । कमिटीको बैठक सोमबार बस्दैछ । ‘हामीले औपचारिक रुपमा सबै प्रदेश कमिटि वैठक सक्छौ ।’ भुसाललेले नयाँ पत्रिकासंग भनिन, ‘प्रदेशबाट स्विकृत भईसकेपछि केन्द्रीय सचिवालय वैठकले महाधिवेसन आयोजक समिति विघटन गर्छ ।’ यसअघि नै माओवादी सचिवालयले दुई अङ्कको आयोजक समिति बनाउने निर्णय गरीसकेको छ । चर्को विरोध भएपछि प्रक्रिया पु¥याएर आयोजक समिति विघठन गर्न लागिएको हो ।
पार्टीभित्र महाधिवेसन गर्न दबाब
महाधिवेशन गर्न पार्टीभित्र दबाब बढ्दै गएको माओवादी केन्द्रका एक नेताले बताए । प्रदेश नम्बर २ को स्थानीय निर्वाचन, प्रदेश र संघको निर्वाचनपनि ७ माघभित्रै गर्नुपर्ने भएकाले असन्तुष्टिको आवाज बाहिर नआएको ती नेताले बताए । संगठन भद्रगोल हुँदै गएपछि असन्तुष्टी बढेको हो । तीनै तहको निर्वाचन सकिएपछि महाधिवेनमा जाने तयारी रहेको नेता हेमराज भण्डारीले बताए । ‘तत्काल महाधिवेसन गर्न समय नभएकाले पछाडि धकेलिएको हो ।’ उनले भने, ‘सबै निर्वाचन सकिएपछि यसै वर्षको अन्तिमसम्ममा महाधिवेसनको मिति तोकिने सम्भावना छ ।’ यसअघि माओवादी केन्द्रीय सचिवालय वैठकले तीन वटै निर्वाचन सकिएपछि महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: