Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

स्थानीय तह निर्वाचनका लागि कांग्रेसले टुंग्यायो उम्मेद्वार

\"\"काठमाडाैं । प्रदेश नं. २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनको प्रमुख दल कांग्रेसले उम्मेदवार बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । शनिबारदेखि २ नम्बर प्रदेशका नेतासँग लगातार छलफल गरेको कांग्रेस महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेता विमलेन्द्र निधिसहितका नेताले उम्मेदवार टुंगो लगाएका हुन् । उम्मेदवार छनोट गर्ने छलफलमा दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य रामकृष्ण यादव, आनन्दप्रसाद ढुंगानालगायत सहभागी थिए । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– कृषिमन्त्री एवं केन्द्रीय सदस्य रामकृष्ण यादवले करिब दुई नम्बरका सबै ठाउँको उम्मेदवार टुंग्याएको जानकारी दिए । ‘अन्य पार्टीका उम्मेदवार हेरेपछि बुधबार साँझ वा बिहीबार बिहानसम्म हाम्रा उम्मेदवार सार्वजनिक गर्छैाँ’, उनले भने । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्लाबाट आएको नामबाट उम्मेदवार तय गर्न महामन्त्री कोइराला र विमलेन्द्र निधिलाई दिएका थिए । देउवाको यो निर्णयप्रति २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यले असन्तुष्टि व्यक्त गरेपछि उनीहरूलाई पनि छलफलमा सहभागी गराइएको थियो । यसअघि उम्मेदवार छनोटबारे पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता जनकपुर पुगेर स्थानीय नेता तथा कार्यकर्तासँग छलफल गरेका थिए । उम्मेदवार टुंगो नलगाएको भन्दै आइतबार कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले फेसबुकमा असन्तुष्टि पोख्दै पार्टी नेतृत्वको आलोचना गरेका थिए । पार्टी स्रोतका अनुसार उम्मेदवारी छनोटमा पार्टीभित्रका गुटले प्रभाव पारेपछि नाम टुंग्याउन पार्टीलाई हम्मे-हम्मे परेको थियो । निधिले देउवा खेमाको उम्मेदवारलाई प्राथमिकतामा राखेपछि पौडल समूहका महामन्त्री कोइराला तथा केन्द्रीय सदस्य रामकृष्ण यादव, आनन्दप्रसाद ढुंगाना र कोषाध्यक्ष सीतादेवी यादवले असन्तुष्टि व्यक्त गरेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy