Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

कलिला हातले कुटेको गिट्टीले ठूला-ठूला भवन र सडक कालोपत्रे बन्दै

[caption id=\"attachment_150846\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] डडेल्धुरा । डडेल्धुरा र डोटी राजमार्ग छेउमा कलिला हातले कुटेको गिट्टी र जम्मा गरेको बालुवाले जिल्ला सदरमुकामका ठूल्ठूला निर्माण कार्य भइरहेका छन् । सडक छेउका विपन्न र गरीब परिवारका बालबालिका विद्यालय समय अघिपछि प्रायः गरी हातमा हम्मर, कुटो र बालुवा जमा गर्ने बोरा समातेको अवस्थामा सडक छेउमा भेटिने गर्दछन् । गिट्टी कुट्ने रहर नभएर बाध्यता रहेको आयआर्जन कम भएका दलित र गरीब परिवारका मानिसको भनाइ रहेको छ । राजमार्ग आसपासका गाउँका पुरुष प्रायः रोजगारका लागि भारततिर जाने भएकाले र सो पैसाले घरखर्च चलाउन पनि मुस्किल पर्ने भएकाले महिला तथा बालबालिका दैनिक कामकाज चलाउनका लागि भए पनि सडक किनारामा गिट्टी कुट्ने कार्य गर्दै आएका छन् । गिट्टी कुटेर नै उनीहरूले आफूलाई आवश्यक पर्ने कापी कलमका साथै लुगाफाटोका लागि समेत पैसा जम्मा गर्ने गरेको उनीहरूका आफन्तको भनाइ छ । आफ्ना आवश्यकता परिपूर्ति गर्नका लागि आफन्तसँग बालबालिकाले कुटेको गिट्टी र बालुवाले जिल्ला सदरमुकामका ठूल्ठूला भवन र सडक कालोपत्रेदेखि लिएर अन्य ठूलाठूला निर्माणका कार्य भइरहेका छन् । आफ्ना आवश्यकता पूरा गर्न बालबालिका आफ्ना आफन्तसँगैै राजमार्गको किनारामा पुग्ने गरेको गणेशपुरका रतना कामीले बताए । राजमार्ग छेउछाउमा गिट्टी कुट्नका लागि नै बालबालिका बिहान बेलुका राजमार्ग छेउमा धाउँदै आएका छन् । जनज्योति प्रावि कक्षा ३ मा अध्ययनरत सविता विक विद्यालय समयपछि आफ्नी हजुर आमासँगै गिट्टी कुट्न सडक छेउ जाने गर्दछिन् । आफूले कुटेको गिट्टीबाट आफ्नो कापी किताबको खर्च जटाउने गरेको उनकी हजुरआमा कलावती विकले बताईन् । कापी किताब मात्र नभएर घरको आवश्यक खर्च पनि त्यसबाट नै जुटाउँदै आएको हजुरआमाको भनाइ रहेको छ । बालबालिकाले समय मिलाएर कुटेको गिट्टीबाट दैनिक चार/पाँच सय रुपैयाँसम्म पनि कमाई गर्ने गरेको कलावतीको भनाइ रहेको छ । कापी किताब मात्र नभएर घरको आवश्यक खर्च पनि त्यसबाट नै जुटाउँदै आएको हजुरआमाको भनाइ छ । बालबालिकाले समय मिलाएर कुटेको गिट्टीबाट दैनिक चार पाँचं सयसम्म पनि कमाइ गर्ने गरेको कलावतीको भनाइ छ । डडेल्धुराका राजमार्ग सडक छेउछाउका बालबालिकाले गिट्टी कुटेर पढाइखर्च जुटाउने गरेका छन् । विद्यालय समय बाहेक उनीहरू राजमार्ग छेउछाउमा ढुंगा जम्मा गरेर गिट्टी कुटिरहेको अवस्थामा भेटिने गर्दछन् । सडकको सुविधा र बजारको मागअनुसार विशेषगरी डडेल्धुरादेखि डोटी राजमार्गमा आफ्ना अभिभावकसँगै विद्यालय पोसाकमा बालबालिका पनि गिट्टी र बालुवा जम्मा गर्ने कार्य गरेका भेटिने गर्दछन् । केआइसिंह राजमार्गको रडुवा खोला, गजरउला, सकायल, बाण्डुरीशैन, सल्लाघारी, कोरालखोला, गोपीघाट, तिलताली जस्तै विभिन्न ठाउँमा बालबालिका आफ्ना आफन्तसँग गिट्टा बालुवा जम्मा गरी बेच्ने गर्दछन् । बालबालिकाले जम्मा गरेको गिट्टी बालुवा डडेल्धुरा सदरमुकाम र डोटी जिल्लाका विभिन्न स्थानमा भवन निर्माणका साथै सडक कालोपत्रे र अन्य निर्माणको प्रयोजनका लागि लैजाने गरेको निर्माण कम्पनी बताउँछन् । भिमदत्तराज मार्ग र केआइसिंह राजमार्ग छेउका गाउँका बालबालिका विद्यायलमा पढाइ सकिनेवित्तिकै ४ बजेपछि र बिदाका दिनमा प्रायः गिट्टी कुट्ने र बालुवा झिक्ने र जम्मा गर्ने काममा व्यस्त रहेका देखिन्छन् । आफ्ना आवश्यकता आफैँ जुटाउन र खाली समयको सदुपयोग गर्ने गरेको बालबालिका बताउँछन् । गणेशपुरका कक्षा ७ मा अध्ययनरत दीपक कार्की भन्छन्, ‘बुबा भारततिर हुनुहुन्छ आमा घरको काममा व्यस्त हुनुहुन्छ त्यसैले मैले पनि केही काम गरेर आफ्नो खर्च जुटाउन पर्छ’ सोचेर खाली समय गिट्टी कुटेर विक्री गर्ने गर्दछु ।’ साँझ ४ बजेदेखि ७ बजेसम्म कम्तीमा पनि चारदेखि पाँच कट्टा गिट्टी फोडेर बेच्ने गर्दछु । दिनमा २ सय रुपैयाँदेखि २ सय ५० रुपैयाँ कमाउने गर्दछु । यसले मेरो कापी कलम मात्र नभएर घरको आवश्यकता समेत परिपूर्ति हुने गरेको कार्की बताउँछन् । घरमा आवश्यक साबुन, तेल, चिनी, चियापत्तिको समेत छोराको कमाइबाट जोहो गर्ने दीपककी आमा जानकी कार्कीले बताईन् । जानकीका अनुसार आफ्नो छोरा अरु जस्तो नभएको बताउँछिन् । दीपकका साथीहरू बिहान र बेलुकाको समय खेलेर बिताउँछन् तर उनी हातमा हतौँडा र कट्टा लिएर सडक छेउमा गिट्टी कुट्न जाने गर्दछन् । गणेशपुर मावि विद्यालय कक्षा ७ मा नै अध्ययरत बालिका अमृता कार्की पनि दीपक जस्तै दिनहुँ फुर्सदको समयमा गिट्टी कुटेर पढाइ खर्च जुटाउने गर्दछिन् । अमृता आफ्नो साथीसँग खेल्न जानुभन्दा पनि गिट्टी कुटेर समयको सदपयोग गरी आमाबाबुलाई सहयोग गर्ने गरेको बताउँछिन् । बालबालिका आफैँ भए पनि आम्दानीका पाटा खोजी गरेर आफूलाई सघाउँदै आइरहेको उनीहरूका अभिभावकको भनाइ छ । उनीहरूले आफूले सक्दो काम गर्ने गरेको अभिभावक बताउँछन् । बालबालिकाले हामीलाई पनि आर्थिक रूपमा घरखर्चमा सहयोग गरिरहेका र सामाजिक हिसाबले देश निर्माणका ठूल्ठूला कार्यमा सहयोग गरिरहेका उनीहरूका आफन्त बताउँछन् । कानूनी रूपमा उनीहरूलाई काम गर्न नमिल्ने भए पनि पारिवारिक आर्थिक अवस्थाका कारणले उनीहरू बाध्य भएर सो कार्य गर्न विवश छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending