Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

जब ओमानी दूतावासै आएर बिल देखाउँछन्

\"\"काठमाडौं । एक ओमानी नागरिक रिसाउँदै मस्कटस्थित नेपाली दूतावास आइपुगे । उनको घरमा काम गर्ने झापाकी २३ वर्षीया युवती दूतावासको आश्रयमा थिइन् । मस्कटबाट हजार किमि टाढा सललाहबाट भागेर उनी दूतावासको शरणमा आएकी थिइन् । दूतावासले उनलाई नेपाल पठाउन लागेको विषय ओमानीलाई चित्त बुझेको थिएन । ‘मैले किनेर ल्याएको खद्यामालाई किन पठाउने ?’ उनी भन्दै थिए, ‘उनलाई नेपाल होइन, मैले नै घर लैजान पाउनुपर्छ ।’ अाजको कान्तिपुरमा खबर छ– आफूलाई ती ओमानीले कुटपिट र मानसिक यातना दिएको भन्दै दूतावास आएकी ती युवती भने फर्केर उसकै घर जाने पक्षमा थिइनन् । दूतावासले नेपाली युवतीलाई नेपाल पठाउन निकै प्रयास गरे पनि ओमानीले मान्दै मानेनन् । ‘मैले उनलाई ल्याउन निकै दु:ख गरेको छु । १८ सय रियाल (चार लाख ७८ हजार रुपैयाँ) तिरेको छु,’ खल्तीबाट झिकेर बिल देखाउँदै ती ओमानीले भने, ‘यो रकम कसले फिर्ता दिन्छ ?’ ती युवती दलालमार्फत भारत हुँदै संयुक्त अरब इमिरेट्स (यूएई) को अजमान पुगेकी थिइन् । त्यहाँको घरेलु कामदार बिक्री गर्ने एजेन्सीबाट ती ओमानीले उनलाई खरिद गरेर आफ्नो घर लगेका थिए । ‘उनलाई नेपाल पठाउने भए मैले तिरेको रकम दूतावासले दिनुपर्छ,’ ओमानीले जिद्दी गरिरहे । ‘दूतावासमा आइसकेको नेपालीलाई फिर्ता पठाउन मिल्दैन,’ ओमानीलाई सम्झाउँदै राजदूत शर्मिला पराजुलीले भनिन्, ‘नेपालबाट घरेलु कामदार ल्याउन रोकिएको छ । त्यसरी रकम तिरेर ल्याउने काम गैरकानुनी हो ।’ तैपनि ओमानी मान्ने सुरमा देखिएनन् । ‘लान नदिने हो भने यिनलाई म चोरीको मुद्दा हाल्छु, नेपाल फर्कनै दिन्नँ,’ ओमानीले धम्क्याए । र, युवतीको राहदानी फिर्ता नदिई आफ्नो बाटो लागे । बिल देखाउँदै आफ्ना घरेलु कामदार लिन आउनेहरू धेरै भएको दूतावासका कर्मचारी बताउँछन् । ‘यसरी बिल देखाउँदा दूतावासलाई अप्ठ्यारो पर्ने गरेको छ । भागेर दूतावास आइपुगेका हाउसमेडलाई स्पोन्सरको सहयोगबिना पठाउन मुस्किल नै हुन्छ । उनीहरूले चोरीको मुद्दा हालिदिए झन् समस्या आइपर्छ,’ दूतावासका कर्मचारी भन्छन् । दूतावासले त्यसरी आउनेलाई सकभर सम्झाएर फर्काउने प्रयास गरिरहेको छ । सरकारले घरेलु कामदार पठाउन रोक लगाए पनि दलालमार्फत महिलाको तस्करी बढिरहेको छ । सललाहमा त झन् एक घर एक नेपाली कामदारझैं अवस्था छ । ओमानी निकायका अनुसार झन्डै ५ हजारभन्दा बढी नेपाली महिला घरेलु कामदार छन् । ओमान पुग्ने प्राय: सबै घरेलु कामदार यूएईबाट लगिन्छन् । त्यसरी ओमान पुग्ने र पछि नेपाल जाने भन्दै भागेर दूतावास आउने नेपालीको संख्या बढिरहेको दूतावासले जनाएको छ । आश्रयस्थलमा आएका ७५ जनालाई दूतावासले उद्धार गरी नेपाल पठाएको छ । अवैध बाटोबाट नेपाली ल्याउने क्रम झन् बढेपछि दूतावासले नेपाल र ओमानबीच श्रम सम्झौता नभएसम्म नेपाली महिलालाई घरेलु कामदारको भिसा नदिन पनि ओमान सरकारलाई अनुरोध गरेको छ । ‘ओमानसँग श्रम सम्झौताको प्रक्रिया अगाडि बढिसकेको छ । त्यो सम्झौतामा घरेलु कामदारका विषय पनि छन् । श्रम सम्झौता नभएसम्म भिसा जारी नगर्न ओमान सरकारको ध्यानाकर्षण गराइएको छ,’ राजदूत पराजुलीले भनिन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending