Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

कांग्रेसमा आकांक्षी धेरै भएपछि उम्मेदवार छनोटमा किचलो, के–केमा छ विवाद ?

\"\"काठमाडौं । आकांक्षी धेरै भएपछि कांग्रेसलाई उम्मेदवारको टुंगो लगाउन सकस परेको छ । एक साताभन्दा बढी समय उम्मेदवार छान्न केन्द्रीय कार्यालय रोजेको कांग्रेसले नेता–कार्यकर्ताको भिड र दबाबपछि ठाउँ सार्दै छलफल गरिहरेको छ । तर, शनिबार रातिसम्म पनि उम्मेदवार चयन गर्न सकेको छैन । अाजको नयाँ पत्रिकामा खबर छ– बुधबार र बिहीबार महामन्त्री डा. शशांक कोइरालाको टोखास्थित निवासमा उनीसहित नेता विमलेन्द्र निधि, केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल र सचिव प्रेम केसी उम्मेदवार चयनबारे छलफलमा जुटेका थिए । जसमध्ये आठ जिल्लाबाट कम विवाद भएर आएका केही उम्मेदवारी टुंगो लागेको थियो । तर, क्षेत्रीय समिति र जिल्ला कार्यसमितिबाट छुट्टाछुट्टै सूची आएपछि ती ठाउँको उम्मेदवारी मिलाउन समस्या परेको छ । प्रदेश नं. २ का १२ केन्द्रीय सदस्यलाई छलफलमा सहभागी नगराइएपछि उनीहरू असन्तुष्ट बने ।‘उम्मेदवारी समयमा नटुंगिँदा नेता–कार्यकर्ताको दबाब चर्को रूपमा परिरहेको छ । मान्छेको भिड धेरै लाग्ने, विवाद मतान्तर हुँदा, नेताको दबाब आउने हुँदा ठाउँ सर्दै बैठक गर्दै आउने काम भएको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘दिउँसो बसेको ठाउँमा पनि नेता–कार्यकर्ताले सुइँको पाएपछि शुक्रबार राति फेरि केन्द्रीय कार्यालयमा छलफल ग¥यौँ ।’ केन्द्रीय सदस्यहरूले आफूहरूलाई छलफलमै नराखी उम्मेदवार टुंग्याउन खोजेको भन्दै शुक्रबारको छलफलमा असन्तुष्टि राखेपछि उनीहरूलाई समेत सहभागी गराएर छलफल गराइएको स्रोत बताउँछ । झम्सीखेलस्थित रेस्टुरेन्टमा बिहानको खानापछि दिनभर छलफल गरी बेलुका अर्कै ठाउँमा बस्नेगरी नेताहरूलाई खाना खाएर आउन भनिएको थियो । ‘बिहानको खाना रेस्टुरेन्टमै खायौँ । बेलुकाको खाना सबैले आफैँले खाएर आएपछि पुनः छलफलमा जुट्यौँ,’ कांग्रेसका एक नेताले भने । केन्द्रीय कार्यालयमा सुरुमा उम्मेदवार टुंग्याउँदा प्रदेश नं. २ का १४ केन्द्रीय सदस्य र महामन्त्री डा. शशांक कोइराला, आठ जिल्लाका कांग्रेस सभापति, सो क्षेत्रका सांसद, क्षेत्रीय सभापतिसहितको बैठक बसेको थियो । तर, सो बैठकले उम्मेदवार टुंग्याउन नसकेपछि कोइराला र निधिबीच छुट्टै छलफल भएको थियो । उम्मेदवार छनोटमा सहभागी नगराएपछि पौडेल युएईतिर पहिलो र दोस्रो चरणको निर्वाचनमा कांग्रेस शीर्ष नेतृत्वले उम्मेदवारी टुंग्याएको थियो । तर, प्रदेश नं. २ मा शीर्ष नेताहरू रामचन्द्र पौडेल, कृष्ण सिटौला, खुमबहादुर खड्कासहितका नेतालाई सहभागी गराइएको छैन । उम्मेदवार छान्न सहभागी नगराइएपछि नेता पौडेल बिहीबार राति युएई पुगेका थिए । नेपाल प्रेस युनियनको कार्यक्रममा भाग लिन युएई गएका पौडेल शनिबार फर्किएका छन् । के–केमा विवाद ? उम्मेदवार चयन गर्दा कसलाई प्राथमिकता दिने भन्नेमै नेताहरू अड्किएका छन् । ‘उम्मेदवार बन्नेहरू १९–२० को हुनुहुन्छ,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘कसलाई उम्मेदवार बनाउने भन्नेमा नेताहरूबीच राय बाझिएका छन् । त्यसैले ढिलाइ भइरहेको छ ।’ जिल्ला सभापति, क्षेत्रीय सभापतिहरूबाट केही तहमा छुट्टाछुट्टै उम्मेदवारको सूची आउने, केहीमा गुटगत रूपमा उम्मेदवार बनाउन नेताहरूबीच राय बाझिएपछि कांग्रेसलाई उम्मेदवार टुंग्याउन सकस परेको हो । यसअघि कांग्रेसले साउनभित्रै उम्मेदवार टुंग्याएर चुनाव प्रचारमा निस्कने बताएको थियो । तर, मनोनयन दर्ताको चार दिन बाँकी हुँदासम्म पनि कांग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन । नेताहरू आफैँले उम्मेदवार टुंगो लागिसक्यो भने पनि त्यहाँ अझै विवाद देखिएको छ । यी ठाउँमा लगभग टुंगिए महोत्तरीका १५, सर्लाहीका २०, सप्तरीका १८ र सिरहाका १८ गरी ७१ मध्ये अब ११ स्थानीय तहमा मात्र समस्या रहेको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए । रौतहट, पर्सा, बारा, धनुषाको अन्तिम टुंगो शनिबार रातभर लगाउने गरी नेताहरू छलफलमा जुटेका छन् । वीरगन्ज महानगरपालिका, जनकपुर उपमहानगरपालिकासहितका केही नगरपालिका र गाउँपालिकामा भने कांग्रेसले उम्मेदवारको टुंगो लगाइसकेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy