स्ववियु निर्वाचन हुने वर्ष त्रिविका आंगिक क्याम्पसमा धेरै विद्यार्थी भर्ना
भाद्र १८ गते, २०७४ आइतवार 3rd September, 2017 Sun०७:५४:१० मा प्रकाशित
काठमाडौं ।त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा भर्ना हुने विद्यार्थीको संख्यामा निकै उतारचढाव छ । पाँच वर्षको भर्नादर हेर्दा एक लाखभन्दा बढीको समेत फरक पाइन्छ ।
अाजको नयाँ पत्रिकामा खबर छ– त्रिविका अधिकारी स्ववियु निर्वाचन घोषणा भएको वर्ष विद्यार्थीको संख्या बढ्ने गरेको बताउँछन् । पछिल्ला वर्षमा सेमेस्टर प्रणाली लागू भएपछि संख्या घटेको उनीहरूको तर्क छ । ०७३-७४ मा अघिल्लो वर्षभन्दा झन्डै १६ प्रतिशत अर्थात् १९ हजार एक सय २८ विद्यार्थी घटेका छन् ।
आर्थिक वर्ष ०६८-६९ देखि ०७२-७३ सम्मको विद्यार्थी संख्यामा धेरै उतारचढाव देखिएको छ । त्रिवि योजना निर्देशनालयका अनुसार ०६८-६९ मा आंगिक क्याम्पसमा एक लाख ४३ हजार ८ सय ९९ विद्यार्थी भर्ना भएको तथ्यांक छ । तर, ०६९-७० मा एक लाख २९ हजार चार सय ५० विद्यार्थी बढेर दुई लाख ७३ हजार तीन सय ४९ पुगे । ०७०-७१ एक लाखभन्दा बढी विद्यार्थी घटेर एक लाख ४८ हजार एक सय ४० पुगेकोे त्रिविको तथ्यांक छ । ०७१-७२ मा विद्यार्थी संख्या अझै घटेर एक लाख चार हजार एक सय ८८ मा झरेको छ । ०७२-७३ मा विद्यार्थीको संख्या केही बढेर एक लाख ४२ हजार दुई सय ९३ पुगेको छ ।
त्रिवि योजना निर्देशनालयका प्रमुख प्रा.डा. रिदिशकुमार पोखरेलका अनुसार ०७३-७४ मा अघिल्लो वर्षभन्दा विद्यार्थी संख्या घटेर एक लाख २३ हजार एक सय ६५ पुगेको छ । अहिले त्रिविमा ८७ प्रतिशत अन्डरग्य्राजुयट र १३ प्रतिशत ग्य्राजुयट कार्यक्रम अध्ययन गरिरहेका छन् ।
यसकारण विद्यार्थी संख्यामा उतारचढाव
प्रा.डा. रिदिशकुमार पोखरेल, प्रमुख, योजना निर्देशनालय, त्रिवि
-चुनाव हुने भनिएको वर्षमा विद्यार्थी धेरै भर्ना हुने, चुनाव भएपछि वा नभएमा छाड्ने कारणले संख्यामा घटबढ हुन्छ ।
-उपत्यकामा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली हुनु र सीमित कोटा हुँदा संख्या घट्छ ।
-त्रिवि केन्द्रले परीक्षा नियन्त्रण कार्यालय र क्याम्पसहरूबाट तथ्यांक प्राप्त गर्ने, तर क्याम्पसबाट बजेट प्राप्त गर्दा विद्यार्थी संख्यामा तलमाथि हुन सक्छ ।
एउटै संस्थाका फरक–फरक तथ्यांक
-त्रिविको आधिकारिक डकुमेन्टमै एउटै वर्षको तथ्यांकमा विद्यार्थी संख्यामा झन्डै डेढ लाख फरक परेको पाइएको छ । यसले त्रिविको गम्भीर लापरबाही पुष्टि गरेको छ । यस्ता त्रुटिका कारण त्रिविले आफ्नै विद्यार्थीको रेकर्डसमेत सही राख्न नसकेको आरोप लाग्ने गरेको छ ।
-त्रिविका रजिस्ट्रारले अघिल्लो असारमा त्रिवि सभामा पेस गरेको डकुमेन्टमा ०७१-७२ मा कुल विद्यार्थी संख्या दुई लाख ९८ हजार नौ सय ९० रहेको उल्लेख थियो । तर, त्रिविको उपकुलपति र रेक्टरको सन्देशसहित प्रकाशित आधिकारिक प्रकाशन ‘टियु टुडे’मा कुल विद्यार्थी संख्या चार लाख ३६ हजार सात सय ८१ उल्लेख थियो । पछि त्रिविले दुवै तथ्यांकलाई सच्याएर एउटै बनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: