Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

अवैध सुनको पैसा कसरी जम्मा हुन्छ सरकारी ढुकुटीमा ?

\"\"काठमाडाैं । भन्सार छलेका जुनसुकै परिमाणका सुन सरकारी ढुकुटीमा कसरी दाखिला हुन्छ अहिले सबैलार्इ चासोको विषय बनेको छ । अाइतवार राति चीनबाट ल्याएको ८८ किलो अबैध सुन प्रहरीले बरामद गरेपछि सरकारी ढुकुटीमा कसरी दाखिला हुन्छ भन्ने चासो बढेको हो । बरामद सुन विभिन्न चरण पुरा गर्दै अदालतबाट मुद्दाको अन्तिम किनारा लागेपछि राज्यको ढुकुटीमा दाखिला हुन्छन् । अवैध सुनको मूल्य बराबरको रकमबाट सुराकी लगायतलाई पुरस्कार दिएर बाँकी बचेको रकमसँगै अभियुक्तको धरौटी वा जरिवाना समेत राज्यकोषमा जम्मा हुने अधिकारीहरुले जनाएका छन् । यसरी जफत गरिएको सुनको बिक्रीबाट मात्रै हरेक वर्ष करोडौं रकम राज्यको कोषमा जम्मा हुने गर्छ । आईतबार राती काठमाडाैंमा तस्करी गरेर ल्याइएको अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणमा बरामद गरिएको झण्डै ८८ किलो सुनको हालको बजार मूल्य ४३ करोड रुपैया भन्दा बढी पर्न आउँछ । यसरी अबैध रुपमा हुने चोरी पैठारीमा प्रहरी, राजश्व अनुसन्धान विभाग वा भन्सार कार्यालयले अनुसन्धान गर्छन् । उक्त बरामद सुनको मूल्य सरकारको संचित कोषमा दाखिला हुने प्रकृयावारे राजश्व अनुसन्धान विभागका महानिर्देशक भूपाल बरालले भने \'\'वास्तविक सुन हो कि नक्कली सुन हो भनेर पहिला जाँच गर्छौं । वास्तविक सुन हो भन्ने पत्ता लागेपछि सोही दिनको बजारमूल्यको हिसाबले हामीले नेपाल राष्ट्र ब्याङ्कलाई बेच्छौं ।\'\' महानिर्देशक बरालका अनुसार त्यसरी प्राप्त भएको रकम सरकारी खातामा राखिन्छ र अदालतवाट तस्करी भएको ठहर भएपछि उक्त रकम स्वत: सरकारको संचित कोषमा दाखिला हुन्छ । विगतमा प्रहरीले अवैध सुन भन्सार कार्यालय वा राजश्व अनुसन्धानमा बुझाउने गर्दथ्यो । पछिल्ला वर्ष यस्ता अपराधमा तीन भन्दाबढी व्यक्तिको संलग्नता हुनसक्ने भएकोले प्रहरी आफैले संगठित अपराध अन्तर्गत मुद्दा चलाउन थालेको छ । भन्सार वा राजश्व विभागमा बुझाएर अनुसन्धान गर्दा अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्ने २५ दिनको समयसीमा कम हुने भएकाले त्यसो गरिएको प्रहरीको भनाइ छ । ९० दिनसम्मको म्याद पाइने भएकाले संगठित अपराध अन्तर्गत अनुसन्धान गर्ने क्रम बढेको बताउँदै प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज नेउपानेले भने, \'\'सरकारी मुद्दा सम्बन्धिको नियम अनुसार कानुनी प्रकृया पूरा गरेर अदालतमा बुझाईन्छ ।\'\' भन्सार ऐनअनुसार एक करोड भन्दा कम विगोको मुद्दा अदालत नपठाएर राजश्व विभाग वा भन्सार कार्यालय आफैले अनुसन्धान गरेर दण्ड सजाय किटान गर्छन् । अदालतमा पठाइने एक करोड विगोभन्दा माथिका मुद्दा किनारा लागेपछि रकम राज्यकोषमा दाखिला हुने राजश्व अनुसन्धान विभागका उपसचिव रामप्रसाद रेग्मीले बताए । उनले भने, \'\'सुनचाँदी बाहेकका सामान मात्रै पक्राउ गरियो भने बरामद विगो मूल्यको १० प्रतिशत दिने प्रावधान छ तर सुनचाँदीको हकमा चाँही १० प्रतिशत र १० लाखमा जुन रकम कम हुन आउँछ त्यो सुराकी वा प्रतिवेदकलाई दिने भन्ने छ ।\'\' विगतमा बरामद भएको अवैध सुनको मूल्यको २० प्रतिशत बराबर रकम सुराकी र प्रतिवेदकलाई पुरस्कार स्वरुप दिईने कानुनी व्यवस्था थियो । तर अनुसन्धान गर्ने उच्च अधिकारीले नै नक्कली सुराकी राख्ने गरेको गुनासो बढेपछि त्यो रकम घटाइएको बताइएको छ । सोही कारण राज्यको ढुकुटीमा त्यसरी संचित हुने रकममा समेत कमी आएको अधिकारीहरु नै बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending