Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

जडीबुटी प्रशोधन प्लान्ट प्रयोगविहीन अवस्थामा

कञ्चनपुर, कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–६ जुडा कसरौलका कृषकले जडीबुटी खेती गर्न छोडेपछि जडीबुटी प्रशोधन गर्न प्रयोग हुने प्लान्ट प्रयोगविहीन अवस्थामा पुगेको छ । यहाँका दुई सयभन्दा बढी बासिन्दाले लगाउँदै आएको क्यामामाइल, मेन्था र सिट्रलालगायत जडीबुटी खेती बजार अभावमा लगाउन छाड्दै जान थालेपछि जडीबुटी प्रशोधन प्लान्ट प्रयोगविहीन अवस्थामा पुगेका हुन् । खेतमा लगाइएको जडीबुटी प्रशोधन गरी तेल निकाल्नका लागि प्लान्टको प्रयोग हुँदै आएको थियो । भारतको लखनउबाट ल्याइएका करिब १८ लाख मूल्य पर्ने तीनवटा प्लान्ट जडीबुटीको अभावमा प्रयोगविहीन अवस्थामा रहेको सुनदेवी उपभोक्ता समितिका पूर्व अध्यक्ष प्रतापसिं धामीले बताए । उनका अनुसार तीन वर्षदेखि क्यामामाइलको प्रशोधित तेलको बजार मूल्य प्रतिकिलो ३० हजार रहेकोमा लगानी नै नउठ्ने गरी व्यापारीहरूले दुई वर्षदेखि १० हजार कायम गरेपछि जडीबुटी उत्पादनमा लागेका स्थानीय मर्कामा परेका छन् । जडीबुटी प्रशोधन गर्नमात्रै १२ हजार बढी लागत मूल्य पर्ने गरेको उल्लेख गर्दै उनले भने, \'लागत मूल्यनै नउठ्ने भएपछि यहाँका जडीबुटी उत्पादकहरूले जडीबुटी खेती गर्न छाडेका हुन् ।\' यहाँका दुई सय परिवारले २१ बिघा बढी क्षेत्रफलमा जडीबुटी खेती गर्दै आएका थिए । शुक्लाफाँटा वन्यजन्तु आरक्ष नजिकैका यहाँका बासिन्दाले खेतवारीमा लगाएको अन्नबाली आरक्षमा संरक्षित जनावरले खाएर हैरानी पार्न थालेपछि विकल्पका रुपमा नौ वर्ष अघिदेखि जनावरले नखाने जडीबुटी खेती गर्न थालेका थिए । अन्नभन्दा बढी आम्दानी जडीबुटी खेतीले दिने भएकाले मौसमी रुपमा भारतमा मजदुरी गर्ने परिवारहरू जडीबुटी खेतीमा संलग्न भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending