Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

आकर्षित बन्यो पाल्पा सङ्ग्रहालय

पाल्पा, झापाको चारआलीबाट तानसेन घुम्न आएका सुवास गैरे २०१८ सालमा प्रकाशित पाल्पाको अखबार तानसेनको संग्रहालयमा अध्ययन गर्न पाउँदा निकै खुसी देखिन्थे । त्यस्तै महेन्द्रनगरदेखि तानसेन आएकी वसन्ती थापाले खड्गशमशेरको इतिहास पढेको भए पनि उनले प्रयोग गरेको खाट, पहिलो मुद्रा, माटोको सिक्का अवलोकन गर्न पाउँदा निकै खुसी लागेको बताइन् । सदरमुकाम तानसेनमा सम्पदा प्रतिष्ठानद्वारा सञ्चालित पाल्पा सङ्ग्रालयभित्र यस्ता प्राचीन सामग्रीले इतिहासलाई जान्ने अवसर प्रदान गरेको छ भने पाल्पाको पर्यटन विकासमा सङ्ग्रहालयले थप इँटा थपिदिएको छ । सरकारी तवरबाट हुने सहयोगबिना सञ्चालित सङ्ग्रहालयभित्र ग्रामोफोन, चाँदीका सिक्का, प्राचीन हस्तलिखित धार्मिक ग्रन्थ, जुद्धशमशेरले प्रयोग गरेको कोटसमेत राखिएको छ । प्रतिस्ठानका प्रबन्ध निर्देशक तथा सङ्ग्रहालयका शूत्रधार राजेन्द्रगोपाल सिंह भन्छन्, \'व्यक्तिगत रुपमा गरिएको आग्रहको भरमा पुरानापुराना सामग्रीको सङ्कलन गरिएको हो, यसले नयाँ पुस्तालाई इतिहास जान्ने, बुझ्ने अवसर प्रदान हुने हाम्रो अपेक्षा छ ।\' सङ्ग्रहालयभित्र मानवीय जीवनमा प्रयोग भएका सबै सामग्री राखिएको छ । राज्यले नै गर्नुपर्ने काम तानसेनभित्रका युवाको सोचबाट थालनी गरिएका यस्ता कार्यलाई चौतर्फीरुपमा प्रशंसाका पात्र बनाइए पनि यसको व्यवस्थापनलाई बलियो र दिगो रुपमा सञ्चालनका लागि जिल्लाका राजनीतिक दलहरुले खेल्नुपर्ने भूमिका भने सुस्त गतिमा भएका कारण सङ्ग्रहालय एउटा कोठामा मात्र खुम्चिएको छ । दिगोपनाका लागि पुराना सामग्री व्यक्तिबाट सहयोग भएको खण्डमा तानसेनमा मात्र होइन, यसलाई छिमेकी जिल्ला रुपन्देहीको बुटवलमा समेत विस्तार गरिने प्रबन्ध निर्देशक सिंहले बताए । समग्र पाल्पाको पर्यटन विकासका लागि सङ्ग्रहालयले तानसेन अध्ययन अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि मुख्य आकर्षणको केन्द्रविन्दु बनेको छ । अर्कोतर्फ समाज रुपान्तरण सँगसँगै बढ्दो आधुनिकताले ढाकेका कारण पुराना कला, संस्कृति, रहनसहनका सामग्री पनि हराउँदै गएका छन् । यस्ता लोप भएका र लोप हुने अवस्थामा पुगेका वस्तुको संरक्षण गर्ने, संवद्र्धन गर्ने प्रतिष्ठानको उद्देश्य रहेको प्रतिष्ठानका अध्यक्ष महेश ज्ञवाली बताउछन् । कुनै एक जाति, भाषा, धर्मको मात्र नभई सबैको साझाका रुपमा रहेको सङ्ग्रहालयभित्र विभिन्न जात जातिले प्रयोग गर्ने सामग्रीको सङ्ग्रहित भएकै कारण समावेशी सङ्ग्रहालय भएको सुर्खेतबाट अवलोकन गर्न आएकी विमला गैरेले बताइन् । यस्ता अमूल्य वस्तुको संरक्षण गर्नतर्फ राज्यले प्रोत्साहित गरी पर्यटन तथा सांस्कृतिक विकासमा सहयोग गर्नुपर्ने गैरेको भनाइ थियो । व्यक्तिगत जीवनमा प्रयोग गरिने, गरिएका सामग्रीमध्ये राणाकालीन र त्यसभन्दा पूर्वका सामग्रीहरु आकर्षित बन्दै गएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending