Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

नेताले आफ्नो कर्तव्य पूरा गरेनन् : जनान्दोलनका घाइते

झापा, आज लोकतन्त्र दिवस, देशभर विविध कार्यक्रमका साथ मनाइरहेका बेला दोस्रो जनान्दोलनका योद्धा गोपाल श्रेष्ठ निराश छन् । वि. सं. २०६३ वैशाख ६ गते सदरमुकाम चन्द्रगढीमा निषेधाज्ञा तोड्न निस्केको हजारौँको जुलुसमाथि दमन गर्न तत्कालीन शाही सत्ताले अन्धाधुन्ध गोली बर्साउँदा श्रेष्ठको देब्रे तिघ्रामा गोली लागेको थियो । मेचीगनर–५ खुट्टिडाँगीका श्रेष्ठ गोली लागेर ढले पनि उपचारपछि बाँच्न सफल भए । अहिले यी योद्धा अशक्त अवस्थामा छन् । श्रेष्ठ वैशाखी वा लौराको सहायतामा मात्र हिँडडुल गर्न सक्छन् । चारै दिशाबाट तत्कालीन राजा ज्ञानेन्द्रको निरङ्कुश सत्ता र राजतन्त्रको विरोधमा गगनभेदी नारा घन्काउँदै उर्लिएको भेललाई जिल्ला प्रशासन कार्यालयतिर पस्न नदिन ठूलो सङ्ख्यामा सुरक्षा फौजलाई जिल्ला विकास ढोका अगाडि परिचालन गरिएको थियो । लोकतन्त्र प्राप्तिका लागि लडेका सयौँ आन्दोलनकारी गोली लागेर घाइते भएका थिए । तीमध्ये चारपानेका राजन गिरी र भद्रपुरका सुरज विश्वासले सहादत प्राप्त गरेका थिए ।   दुई दुई पटक संविधानसभाको चुनाव गर्दा पनि नयाँ संविधान निर्माण अधूरै छ । परिवर्तनलाई संस्थागत गर्न बाँकी नै छ । नेताहरूले जनान्दोलनका भावना र सहिदका सपना बिर्सन थालेका हुन् कि भन्ने शङ्का बढेर गएको छ । अहिलेको परिस्थितिसँग जनान्दोलनका यी योद्धा पनि बेखुस छन् । \'नेताले हिजोको आन्दोलन जनताले बिर्से भनेका होलान्\', आफ्नो पुरानो घाउ देखाउँदै श्रेष्ठले भने, \'जनताले आन्दोलन गरेर आफ्नो कर्तव्य पूरा गरिसके, अब संविधान बनाएर परिवर्तनलाई संस्थागत गर्ने जिम्मेवारी नेताहरूको हो ।\'   चिकित्सकले उनको खुट्टामा फेरि शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएका छन् । अथिक अभावले थप उपचार भएको छैन । उनले केवल वर्षमा एक पटक सहिदलाई सम्झेर मात्र लोकतन्त्र प्राप्तिको अनुभूति नहुने बताए ।   त्यसबेलाको जनभावना र अहिले नेताको व्यवहार सम्झिँदा जनान्दोलनका अर्का योद्धा तथा तत्कालीन नेपाल पेसागत महासङ्घका जिल्ला अध्यक्ष भीम नेपाल विरक्त लाग्ने बताउँछन् । परिवर्तनलाई संस्थागत गर्न दलका नेताले स्वार्थ त्याग्नुपर्ने उनको सुझाव छ ।   उनले भने, \'अब जनान्दोलन भविष्यमा कहिल्यै नहोला कि जस्तो लागेको छ, संविधान निर्माणमा नेतालाई सचेत गराउने बेला आएको छ ।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE