Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

बाबुराम भट्टराई रामदेब भेट्न पत्नीसहित पुगे पतन्जली योगपीठ

काठमाडौं, सिंहदरबारमा विपक्षी ३० राजनीतिक दलहरूबीच गम्भीर राजनीतिक एजेन्डाबारे छलफल सकिएलगत्तै पूर्वप्रधानमन्त्री एवम् एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता डा. बाबुराम भट्टराई भारतीय योगीसँग भेटवार्तामा व्यस्त रहे । राजधानीको मण्डिखाटारस्थित पतञ्जली योगपीठमा शुक्रबार दिउँसो सवा १ बजेदेखि करिव अाधा घन्टा भेटघाट गरेहका वरिष्ठ नेता डा. बाबुराम र भारतीय ‘बाबा’ रामदेवबीच अध्यात्म, योगा र राजनीतिबीचको अन्तर्सम्बन्ध तथा एकार्काबीचको परिपूरक सम्बन्धबारे छलफल भएको जानकारी रामदेवकाे कार्यक्रमका आयोजक लवदेवले खबरडबलीलाई दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराई रामदेवलाई भेट्न पतन्जली योगपीठ पुगेपछि पदीय मर्यादाको हेक्का नगरिएको भनेर गम्भीर प्रश्न उठ्ने माअाेवादीकै नेताहरूले बताएका छन् । भेटघाटलगत्तै डा. भट्टराईले खबरडबलीसँग संक्षिप्त कुराकानी गरे । कुराकानीका क्रममा खबरडबलीले ‘तपाईं त भौतिकवाद मान्ने मान्छे, कम्युनिस्ट पार्टीको वरिष्ठ नेता; भौतिकवाद र आध्यात्मिकवादलाई एकापसमा ‘फ्युजन’ गर्ने उद्देश्यले आउनुभएको हो ?’ भनेर प्रश्न गर्दा डा. घट्टराईले भने– ‘म योगाविज्ञानको पुरानो विद्यार्थी हुँ । विज्ञान र योगाविज्ञानको विद्यार्थी हुनुको नाताले योगाविज्ञानलाई आत्मसात् गरेर कसरी अगाडि जान सकिन्छ भनेर छलफल गर्न नै म यहाँ आइपुगेको हुँ ।’ डा. भट्टराईले खबरडबलीसँग अगाडि भने– ‘म विद्यार्थीको रुपमा चण्डीगढमा रहँदा पनि लगातार योगा गरिरहन्थें, त्यो सम्बन्धकै निरन्तरताका लागि अहिले भेटघाट र छलफल भएको हो । पतञ्जली योगपीठले राजधानीको टुँडिखेलमा आयोजना गरेको ५ दिने याेगाशिविरमा सहभागी हुन डा. भट्टराईलाई आमन्त्रित गरिएको तर सार्वजनिक कार्यक्रममा जाँदा अनेकथरी होहल्ला हुने भएकाले भट्टराई छुट्टै भेटघाटमा आउनुभएको आयोजकले खबरडबलीलाई बताए । ‘बाबा’ रामदेवसँग छलफल गर्न वरिष्ठ नेता भट्टराई पत्नी हिसिलासहित पुगेका थिए भने उनका सहयोगी विश्वदीप पाण्डे समेत पत्नी लिएरै मण्डिखाटार गएका थिए । खबरडबलीले ‘डा. सा’ब ! तपाईं त नेपालको पूर्वप्रधानमन्त्रीजस्तो मान्छे, कम्युनिस्ट पार्टीको वरिष्ठ नेता, ‘बाबा’ रामदेव उनकै देश भारतमा समेत बीजेपीको राजनीति गरिरहेको भनेर चर्को रुपमा आलोचित छन्, उनीसँग तपाईंले यसरी भेटघाट गर्नु ‘प्रोटोकल’ अनुरुप हुन्छ र ?’ भनी प्रश्न गर्दा डा. भट्टराईले भने– ‘यसलाई राजनीतिसँग गाँसेर नेहेरौं । यो समाजविज्ञानको एउटा प्रक्रिया भएकाले त्यही रुपमा छलफल गर्न म यहाँ आएको हुँ यसको राजनीतिसँग खासै सम्बन्ध छैन ।’ डा. भट्टराईसँग आधा घन्टा छलफलपछि ‘बाबा’ रामदेवले मारवाडी सेवा समितिको टोलीसँग छलफल सुरु गरेका छन् । दिउँसो १ बजेका लागि निर्धारित मारवाडीहरुसँगको छलफल बीचमा एक्कासि बाबुरामको टोलीसँग भेट्नु परेका कारण २ बजे सर्न पुगेको आयोजकले बताए । त्यसलगत्तै भेटघाटका लागि खुमबहादुर खड्काको टोली पतञ्जली योगपीठमा पुगेर कुरिरहेको छ । खबरडबलीकर्मीले खडकासँग ‘तपाईं एक्लै आउनुभएको कि साथीहरु पनि हुनुहुन्छ त ?’ भनेर जिज्ञासा राख्दा खड्काले भने– ‘म मात्रै होइन, हाम्रो ठूलै टोली आएको छ । आज हामी महत्वपूर्ण विषयमा गम्भीर छलफलका निम्ति यहाँ आएका हौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy