Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

थाई पूर्वप्रधानमन्त्रीलाई पाँच वर्षको जेल सजाय

  \"\"बैंकक । थाइल्यान्डकी पूर्वप्रधानमन्त्री यिङ्लक सिनावात्रालाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । चामलमा अनुदान योजनाको दुरुपयोग गरेको अभियोग उनीविरुद्ध लगाइएको छ, जसको लागत आठ अर्ब डलर थियो ।‘आपराधिक लापरवाही’मा उनलाई दोषी ठहर गरिएको हो । सिनावात्राको अनुपस्थितिमै सर्वोच्च अदालतले सजाय सुनाएको हो । उनलाई सन् २०१४ मा सैनिक विद्रोहमार्फत् सत्ताबाट हटाइएको थियो । त्यसलगत्तै उनीविरुद्ध भ्रष्टाचारको आरोप लगाइएको थियो । आफूविरुद्ध लगाइएका सबै आरोप सिनावात्राले अस्वीकार गर्दै आएकी छन् । सिनावात्रा ग्रामीण क्षेत्रका बासिन्दा र गरीब मतदाताबीच लोकप्रिय छिन् । अदालतमा भएको सुनुवाइका क्रममा उनले उक्त योजनाको दैनिन्दिन ‘अपरेसन’मा आफू जिम्मेवार नरहेको तर्क गरेकी थिइन् । र, आफू राजनीतिक उत्पीडनको शिकार बनेको बताएकी थिइन् । उनी सन् २०११ मा प्रधानमन्त्री बनेकी थिइन् । ग्रामीण गरीबी उन्मुलनका लागि सरकारले उनको कार्यकालमा दुई पटक बजारको भुक्तानी फिर्ता दिएको थियो । उक्त योजनाका कारण थाइल्यान्डबाट चामल निर्यात प्रभावित बनेको सैनिक सरकारको दाबी रहँदै आएको छ । र, आठ अर्ब डलरको नोक्सानी भएको बताउँदै आएको छ । भ्रष्टाचार गर्नकै लागि उक्त योजना ल्याइएको दाबी सिनावात्राका विरोधीहरुको छ । उनी कहाँ बसेकी छन् भन्ने स्पष्ट छैन । उनका दाजु तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा दुबईमा रहेकाले उनी पनि त्यहीं हुन सक्ने अनुमान छ । थाक्सिनविरुद्ध पनि सैन्य सरकारले भ्रष्टाचारको आरोप लगाएको छ । दाजुलाई जेल सजाय सुनाइएपछि यिङ्लक राजनीतिमा प्रवेश गरेकी हुन् । विरोधीहरुले दाजुकै प्रतिनिधिका रुपमा उनलाई औंल्याउने गरेका थिए । दुवै दाजु-बहिनी ग्रामीण र गरीब मतदातामाझ लोकप्रिय छन् । तर, सम्भ्रान्त वर्गले उनीहरु राजनीतिमा संलग्न भएको रुचाएको थिएन । सुनुवाईका क्रममा अदालतमा उपस्थित हुन नसकेपछि यिङ्लकविरुद्ध पक्राउ आदेशसमेत जारी गरिएको थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies