Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

विमानस्थल अध्यामगन कर्मचारीलाई घुस खुवाएर विदेश पुगेका २२ नेपाली अलपत्र

\"\"त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यामगन कर्मचारीलाई घुस खुवाएर दलालले भिजिट भिषामा लिएका २२ जना नेपाली अजमानमा अलपत्र परेका छन्। दलाललाई प्रतिव्यक्ति २ लाख देखी ५ लाख रुपैयाँ बुझाएर गएका उनीहरु दुई महिना देखी युएईको अजमानमा अलपत्र परेका हुन ।

काठमाडौंको धुम बाराही स्थित पानडोरा ईनकर्पोरेसन प्रालिका एक्जुकेटिभ डाईरेक्टर केशव थापा, रमेश कुँवर र दिनेश लामा मोक्ताङले प्रलोभनमा पारी युएई लिएको पीडितहरुको आरोप छ। युएईमा सेक्युरिटी गार्ड, फिस प्याकिंग, सेल्स म्यान, क्लिनर, लगाएत अन्य काम लगाइदिन्छु, न्युनतम २-३ हजार  युएई दिराम हुन्छ भनेर विश्वास दिलाएपछि गएकाे उनीहरुको भनाइ छ।

दशैको बेला खल्तीको पैसा सकिएर भोकै साँघुरो कोठामा दलालले २२ जना नेपालीहरु सुत्न बाध्य परेका छन् भन्ने थाहा पाए पछि शुक्रबार नेपाली दूतावास युएईको श्रमसहचारी हिरा यादवसंगै आदीवासी जनजाति महासंघ युएईका अध्यक्ष पासांङ्ग सेर्पा, नेपाल पत्रकार महासंघका अध्यक्ष भुपराज बस्याल, एनआरएन युएईका केन्द्रिय सदस्य दिनेश पराजुली र समाजसेवी सालिक सुवेदी सहितको टोली पीडिततहरुको उद्दारका लागि अजमान पुगेको थियो ।

अलपत्र पर्नेहरु सिन्धुपाल्चोकका फन्जो तमाङ, काभ्रेका नरेश तामाङ, बाग्लुङका राजु थापा, इन्द्र थापा, गोर्खाका उज्वल घले, विपिन कुवर, चन्द्र बहादुर गुरुङ, तनहुका ज्ञान बहादुर तामाङ, हेटौडाका भिम बहादुर बोमजन, सिमोन बोमजन, सुन्दर तामाङ,सुनिल राउत, दिपेन्द्र सम्देन, प्रकाश मोक्ताङ, सुकुराम थिन, नवराज लो, सल्यानका कमल बुढाथोकी, बाकेका तुलसी प्रसाद शर्मा, नवलपरासीका कृष्ण भुजेल, मोरङका विष्णु कुमार खवास, धादिङका उत्तम तामाङ, राजु तामाङ र रुकुमका बाल कृष्ण ओली रहेका छन।

‘राम्रो काम पाइन्छ महिनाको २-३ हजार दिराम कमाइ हुन्छ भनेर ल्याएका थिए’, गोर्खाका विपिन कुँवरले भने, ‘काम गरेर राम्रो आम्दानी गर्ने सपना सपनै रह्यो । ३९ डिग्री तापक्रमको गर्मीमा भोकै साघुरो बन्द कोठा भित्र सुत्नु परेको छ।\'

रमेश कुँवर युएईका लागि मुख्य दलाल हुन। उनले फोनबाटै अध्यागमनमा सेटिङ समेत मिलाउने गर्छन।  विपिनले रमेश कुँवरलाई  ४ लाख ७५ हजार रुपैयाँ दिएको बताए। विपिनको भिषा सकिएको ४० दिन भन्दा धेरै भैसकेको छ । युएईको कानुनमा भिजिटमा आएर ओभर स्टे  बस्न पाईदैन । कानुनी प्रकृयामा नेपाल फर्कंदा उनले कि त त्यही अनुसार मोटो रकम फाईन तिर्नु पर्छ यदी फाईन तिर्न नसके लाईफ टाईम युएई आउन नपाउने गरी बेन्ड भएर नेपाल फर्कनु पर्छ।

भिजिट भिषामा जानेहरुले विमानस्थल अध्यामनगलाई १ हजार डलर अनिवार्य देखाउनु पर्छ। त्यो डलर सटहीको वैधानिक स्रोत समेत देखाउनुपर्छ। अलपत्र परेकाहरुले अध्यामगन कर्मचारी र प्रहरीसंग दलालले सेटिङ मिलाएकाले आफूहरु १ हजार डलर नबोकी आएको बताए।

‘हामीसँग १ हजार डलर थिएन। अध्यागमनबाटै फोन गरेर सबै कुरा मिल्दो रहेछ, चन्द्र बहादुर गुरुङले नागरिकन्युजसँग भने, ‘साथमा पैसा नहुँदा महान चाड दशैको बेला कहिले एक छाक खाएर त कहिले भोकै बसेर दिन काट्नु परेको छ।’ दुबईलाई ट्रान्जिट बनाएर दलालहरुले नेपाल सरकारले प्रतिबन्ध लगाएका अफगानिस्तान, इराक, सिरिया, लिबिया समेत पठाउने गरेका छन्। अवैध रुपमा युरोपका मुलुकहरुमा समेत पठाउने गरेका छन्। ती मुलुकमा पठाउँदा दलालहरुले प्रतिव्यक्ति ५ देखि १० लाख रुपैयाँभन्दा बढी लिने गर्छन्।

सरकारले प्रतिबन्ध लगाएको देश इराक जान भनि हेटौंडाका प्रकाश मोक्ताङले आफ्नै दाई पर्ने एजेन्ट दिनेश लामा मोक्ताङलाई ४ लाख बुझाएका हुन। \'आफ्नै दाई पर्ने चिनेको मान्छे, इराक पठाउँछु राम्रो कमाई हुन्छ भन्ने विश्वास दिलायो त्यसैले ऋण खोजेर ४ लाख दिए\', प्रकाशले भने \'तर आफन्त बाटै घात हुँदो रहेछ।\'

सरकारी नियकाका जिम्मेवार व्यक्ति नै मानव तस्करका मुख्य संरक्षक भएको पीतिको बुझाइ छ। ‘दलालहरुले अध्यागमन र प्रहरीलाई पैसा दिएर मिलाइसकेका हुन्छन्। औपचारिकताका लागि मात्र सोधीखोजी गर्ने हुन्छ’, उनीहरु भन्छन्, ‘त्यहाँका कर्मचारीलाई हामी भिजिटमा काम खोज्न जान लागेको हो भन्ने थाहा छ तर फोन गरे पछि राम्रोसंग जानु भन्दै पासपोर्ट दिने गर्छन। दलालमार्फत् भिजिट भिषामा आउने र अलपत्र भएका घटना पछिल्लो समय युएईमा बाक्लै हुन थालेका छन्। दूतावाससंग गएको टोलीले पीडितहरुलाई घर फिर्ता गर्न एक हप्ताको भद्र सहमति गरेको छ।

एक हप्ता भित्र पठाउने गरी दलालहरुको सबै विवरण लिएर टोलीले छोडेको छ । अहिले अध्यागमनबाट सेटिङ्ग गरी दलालले ल्याएका २२ जनाका पीडितहरुले दलाललाई कारवाही गरी क्षतिपूर्ति तथा घर फिर्तीका लागि पहल गरिदिन नेपाली दुताबासलाई निवेदन मार्फत अनुरोध गरेका छन्।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies