Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

विपन्न विद्यार्थी कोषमा अमेरिकाबाट एक लाख सहयोग

\"\"चितवन । पूर्वी चितवनको खैरहनी माविमा स्थापित जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोषमा अमेरिकाबाट १ लाख सहयोग प्राप्त भएको छ। गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न स्थापित उक्त कोषमा अमेरिकामा रहेको ग्लोबल एक्सन कोलिसनमार्फत १ लाख ३ हजार २ सय ५० सहयोग प्राप्त भएको कोषका संयोजक मुरलीप्रसाद गजुरेलले जानकारी दिए। उक्त संस्थाका सदस्य चितवन निवासी हेमु अधिकारी र रुपेन बज्राचार्यको पहलमा रकम सहयोग भएको गजुरेलको भनाइ छ। आगामी दिनमा पनि सहयो जारी राख्ने अधिकारीले बताए। यसअघि उक्त संस्थामार्फत चेपाङ बालबालिका अध्ययनरत पूर्वी चितवनको अन्त्योदय स्कुलमा ३ लाख बढी सहयोग गरिएको जनाइएको छ। ०६७ मा गजुरेलले साढे ६ हजार जम्मा गरेर चितवनको खैरहनी उच्चमाविमा जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना गरेका थिए। परिवारका सदस्यले प्रत्येक बार्षिकोत्सवका अवसरमा पैसा थप्दै जाने कार्यक्रम सुरु गरेर थालिएको अभियानमा अहिलेसम्म ६५ लाख जम्मा भइसकेको उनले बताए। कोषमा १ करोड बनाउने लक्ष्य रहेको छ। उक्त कोष सञ्चालनका लागि खैरहनी माविसँग सहकार्य भएको छ। ‘म एसएलसी नगरेको मान्छे, चाहना भए पनि पढ्न नपाउँदा कस्तो पीडा हुन्छ भन्ने मलाई थाहा छ, त्यसैले उच्च शिक्षा पढ्न नसक्ने विद्यार्थीलाई केन्द्रित भएर लागेको छु,’ गजुरेलले भावुक हुँदै भने। गाउँ तथा अन्य क्षेत्रका लागि पनि बार्षिकोत्सवमा अनावश्यक खर्च गर्नुभन्दा कोषमा राखेर विद्यार्थीलाई सहयोग गर्न उनले आह्वानसमेत गर्दै आएका छन्। कोषको ब्याजबाट उच्च शिक्षा पढ्ने जेहेन्दार र गरिब विद्यार्थीलाई छात्रवृत्ति दिइँदै आइएको छ। गएको वर्ष ९९ जनाले ३ लाख २६ हजार छात्रवृत्ति पाए। कसैको जन्मदिन या स्मृतिको दिनमा सहयोग गर्ने दाताहरुको गजुरेल आफ्नै खर्चमा गाउँगाउँ पुग्छन्।  जति सहयोग आउँछ सबै कोषमा जम्मा गर्दै आएका छन्।  कोषबाट अहिलेसम्म ४०० विद्यार्थीले सहयोग पाएको उनको तथ्यांक छ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies