Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ अगाडि बढेका छौँ : गृहमन्त्री शर्मा

\"\"

रुकुम । गृहमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का नेता जनार्दन शर्मा प्रभाकरले ‘नेपालको विकास र प्रगतिका लागि देशमा धेरै पार्टीकाे आवश्यकता नरहेकाले’ वाम एकताको शुरुआत भएको बताएका छन् ।

पूर्वी रुकुम जिल्लाको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले वाम एकताले गर्दा लोकतान्त्रिक एकताको पनि शुरुआत भएकाले देश विकास र प्रगतिको बाटामा अगाडि बढेको बताए । “एमाले र माओवादी हामी दुवैले सशस्त्र क्रान्ति गरेका हौँ । सशस्त्र विद्रोह भनेर झापा आन्दोलन अहिलेका एमाले नेताहरुले गरेका हुन्, हामीले जनयुद्ध ग¥यौँ”, नेता शर्माले भने, “जनयुद्ध, जनआन्दोलन हुँदै नयाँ संविधान बनाएर यहाँसम्म आइपुग्दा दुवै पार्टीका सैद्धान्तिक र वैचारिक आधार एउटै हुन पुगेको छ । वैचारिक सहमति बनेपछि अलग अलग पार्टीमा बस्नुभन्दा पनि एउटै पार्टीको पहल शुरु गरिएको हो ।” उनले थपे, “कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ अघि बढेका छौँ । मुलुकलाई राजनीतिक स्थायित्व दिन, आर्थिक समृद्धि दिन र संविधान कार्यान्वयनलाई अझ सफलतापूर्वक लैजानका लागि माओवादी केन्द्रका अध्यक्ष र नेकपा(एमाले)का अध्यक्षले एकार्काको आवश्यकता महसुस गर्नाका साथै एकार्काको अस्तित्व स्वीकारेको बताउँदै नेता शर्माले भने, “आरोप प्रत्यारोप त्यागेर वाम एकताका साथ उहाँहरु एक ठाउँमा आउनुभएको हो । यो कसैका विरुद्धमा भन्दा पनि देश र नेपाली जनताको समृद्धि र विकासका लागि हो ।” एकता प्रक्रियामा गएर समायोजन समिति बनाउँदै गर्दा एमाले र माओवादी केन्द्रका अध्यक्षहरु प्रमुख नेताका रुपमा रहने उनले बताए । अब ओलीको नेता प्रचण्ड र प्रचण्डको नेता ओली भएको उनको भनाइ थियो । तत्कालीन नेकपा(माओवादी)को २०६४ सालको काभ्रेको फूलबारी बैठकमा एमालेसँग एकता गर्ने प्रस्ताव नै पारित भएको र त्यसपछि दुई पार्टीबीच धेरै छलफल भए पनि अहिले त्यो सफल भएको नेता शर्माले जानकारी दिए । फरक प्रसंगमा उनले रुकुम (पूर्व) पर्यटकीय हिसाबले निकै महत्व बोकेको जिल्ला र देशकै १० उत्कृष्ट प्रस्तावित शहर पनि रहेकाले यसको विकास गर्न सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताए । आजै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान विभागको कार्यालय उद्घाटन पनि गरिएको छ । अन्य सरकारी कार्यालय पनि छिट्टै स्थापना गरिने बताइएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending