Ntc summer Offer
Khabar Dabali २८ बैशाख २०८१ शुक्रबार | 10th May, 2024 Fri
NIMB

चीनले उत्तर कोरियालाई दिने इन्धन घटायो

 

\"\"बेइजिङ । चीनले उत्तर कोरियातर्फ गर्ने गरेको पेट्रोलियम पदार्थको निर्यातको मात्रा घटाएको जनाएको छ । चीनले अक्टोबरको सुरुदेखि नै सो आपूर्तिको मात्रा घटाउने वा नियन्त्रण गर्ने यसअघि नै जनाएको थियो । चिनियाँ बाणिज्य मन्त्रालयले सो जानकारी दिएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियाद्वारा निरन्तररूपमा गर्दै आएका आणविक अस्त्र परीक्षणलाई लिएर आर्थिक प्रतिबन्ध लगाएको छ । सोही नाकाबन्दीस्वरुप चीनले उत्तर कोरियामाथि प्रतिबन्ध कडापार्दै उक्त निर्णय गरेको हो । त्यसैगरी सो मुलुकबाट आफूले गर्ने कपडाको आयात पनि बन्द गरिएको घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघले तयार पारेको चीन तथा उत्तर कोरियाबीचको भन्सार तथ्याङ्कअनुसार सन् २०१६ मा चीनबाट प्रतिदिन छ हजार ब्यारेल इन्धन उत्तर कोरिया निर्यात गरिएको थियो । तर चीनले सन् २०१४ पछि उत्तर कोरियालाई दिने गरेको इन्धनको तथ्याङ्क सार्वजनिक नगरेका कारण इन्धन निर्यातको वास्तविक तथ्याङ्क भने सार्वजनिक हुन नसकेको बताइएको छ । शुरुमा वासिङ्टनले उत्तर कोरियामाथि पूर्णप्रतिबन्ध लगाउन आग्रह गरेपनि चीन र रुसको समर्थन लिन पछि उक्त अडानमा अमेरिका केही लचिलो बनेको हो । उत्तर कोरियालाई चीनले सहयोग गर्दै आएको आरोप अमेरिकाको थियो । अमेरिकाले चीन उत्तर कोरियाको प्रमुख ब्यापार सहयोगी रहेको र यी दुई देशबीच ठूलो मात्राको आर्थिक क्रियाकलाप हुने गरेको बताउदै आएको छ । पछिल्लो समयमा उत्तर कोरियाले शक्तिशाली आणविक परीक्षणहरु गर्दै आएको छ । ती परीक्षणबाट विश्वमा हतियारको होडबाजी सुरुहुने त्रास बढ्दै गएको बताउने गरिएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies