Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

५८ जनाको गोली हानी हत्याकाण्डः यस्तो छ महिला मित्रको बयान

\"\"अमेरिकाको लास भेगसमा ५८ जना मानिसको गोली हानी हत्या गरेका बन्दुकधारीले के योजना बनाइरहेका थिए भन्ने आफूलाई कुनै जानकारी नभएको उनकी महिला मित्रले बताएकी छन् ।

बन्दुकधारी स्टिभन प्याडक एकजना शान्त, दयालु र स्नेही व्यक्ति भएको उनकी महिला मित्र मेरिलु ड्यान्लेले एउटा वक्तव्यमा उल्लेख गरेकी छन् । प्याडकले एउटा साङ्गीतिक कार्यक्रममा गोली चलाएका बेला ड्यान्ले फिलिपिन्समा थिइन् । अमेरिका पुगेपछि उनीसँग संघीय जाँच ब्यूरो एफबीइले सोधपुछ गरेको थियो । अनुसन्धानकर्ताहरुले घटना गराउनुका पछाडि बन्दुकधारीको आशय बुझ्न उनीमार्फत मद्दत पुग्ने आशा लिएका छन् । प्रहरीले प्याडकले \'गोप्य जीवन\' बिताइरहेको धारणा सार्वजनिक गरेको केही घण्टापछि ड्यान्लेको प्रतिक्रिया आएको छ । आधुनिक अमेरिकाको इतिहासकै एउटा भयावह गोलीकाण्ड उनले किन गराए भन्ने अझै खुलेको छैन । एफबीआइले अहिलेसम्म घटनाको सम्बन्ध आतंकवादसँगको रहेको तथ्य फेला नपरेको बताएको छ । अधिकारीहरुले प्याडकले आफैमाथि गोली चलाउनुको साटो भाग्ने योजना बनाइरहेको हुनसक्ने बताए पनि त्यसबारे विस्तृत विवरण दिएका छैनन् । बिदा मनाउन फिलिपिन्स गएकी ड्यान्लेले त्यहाँबाट आफै फर्किएपछि बुधबार एफबीआइसँग कुरा गरेपश्चात प्याडकले गरेको \'वर्णन गर्न नसकिने भयानक हिंसा\' बाट स्तब्ध भएको उल्लेख गरेकी छन् । अमेरिकी अधिकारीहरुले आफ्नो अनुसन्धानमा उनलाई सन्दिग्ध व्यक्तिको रुपमा लिएको र घटना लगत्तै उनीसंग सम्पर्क गरेको जनाएका छन् । प्याडकले ड्यान्ले फिलिपिन्समा रहेका बेला घर किन्न भन्दै उनलाई १ लाख अमेरिकी डलर पठाएका थिए । ड्यान्लेले भनिन्, \"म आभारी थिए, तर इमान्दारीपूर्वक भन्दा त्यो मबाट छुट्टिने उपाय हो भन्ने मेरो चिन्ता थियो ।\" प्याडकले कसैकाविरुद्ध हिंसाको योजना बनाइरहेको कुरा आफूले कहिल्यै नचिताएको उनको भनाइ छ । आक्रमणमा ५ सयभन्दा बढी मानिस घाइते भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies